होलीमा के गर्ने के नगर्ने ?चिकित्सक भन्छन यसरी होली खेल्दा स्वास्थ्यमा असर गर्दैन (पढ्नुहोस)

होलीमा के गर्ने के नगर्ने ?चिकित्सक भन्छन यसरी होली खेल्दा स्वास्थ्यमा असर गर्दैन (पढ्नुहोस)

रङहरुको पर्व होली । घरपरिवार, भाईसाथी, इष्टमित्रबीच रङ घस्ने तथा छ्यापेर रमाइलो गर्ने चलन छ । तर यसरी एक अर्काबीच रङ छ्याप्ने तथा घस्ने तथा प्रयोग गर्नाले कहिलेकाँही मानव स्वास्थ्यमा गम्भीर समस्या समेत निम्त्याउन सक्छ ।

चिकित्सकका कतिपय रङहरुमा रसायन मिसिएको हुन्छ । ती रसायनयुक्त (केमिकल मिसिएको) रङको प्रयोगले छालालाई प्रत्यक्ष असर त पार्छ पार्छ शरीरका अन्य भागमा पनि त्यसले गम्भीर समस्या निम्त्याउन सक्छ । जस्तै रङ आँखामा प¥यो भने दृष्टिमा, मुख तथा नाकमा प¥यो भने स्वास नलि र बढी नै प्रयोग भयो भने यसले मिर्गौलामा समेत असर गर्न सक्छ । किन त ? किनभने होलीमा प्रयोग हुने रङ रसायन मुक्त छैनन् ।

भारतमा केही बर्ष अघि गरिएको एक अनुसन्धानले होलीमा प्रयोग हुने रङ (पाउडर)मा कपडा उत्पादन गर्ने कारखानामा कपडा रङग्याउन प्रयोग हुने रसायनहरु नै भएको पुष्टि भएको थियो । र
नेपालमा आउने रङहरु पनि त्यहि किसिमका हुन् ।

छालारोग विशेषज्ञ डा अनिलकुमार झा भन्छन्, ‘प्राय बजारमा पाइने होलीका विभिन्न रङ तथा पाउडरहरुमा लेड अक्साइट, प्रस्योन व्लु, कपर सल्फेट, मर्रक्युरी सल्फाइड, मालाकाइट, सिलिका जस्ता रसायनहरुको प्रयोग हुन्छ ।

अझ अचेल टल्काउन माइका टाट्राजीन जस्ता ग्लास पाउडरहरुको पनि प्रयोग गरिन्छ । यी हाम्रो शरीरका छालाका लागि निकै हानीकारक पदार्थ हुन ।’ उनले होलीमै प्रयोग हुने रङहरु लामो समय प्रयोग भयो भने त्यसले छालाको क्यान्सर समेत निम्त्याउन सक्ने दावी गर्छन ।

तपाईँहरु रङ खेल्दा सचेत हुनुहोस नत्र रङखेल्दा आँखामा प¥यो भने ती रसायनयुक्त पाउडरले घाउ बनाई कोर्नियामा घाउबनी दृष्टिनै जान पनि सक्छ ।’ उनी होलीमा रङ प्रयोग गर्दा आफ्नो स्वास्थ्यका साथै आँखा नाक मुख जस्ता अंगलाई जोगाएर खेल्न सुझाव दिन्छन ।

 

के गर्ने त ?

होलीको विशेषता भनेकै रङ घसेर मनाइने पर्व हो । त्यसैले रङ घस्दै नघसौँ भन्ने कुरा पनि ब्यवहारिक हुँदैन । त्यसो भए अब के ? उनै डाक्टर झा भन्छन्,‘ स्वास्थ्य भन्दा ठूलो पनि त केही होइन, फेरी जथाभावि खेल्दा मात्रै बढी असर हुन्छ भन्ने हो ।

राम्ररी शुद्ध अझ हर्वल पाउडरको प्रयोग गर्दै हल्कासंग खेल्ने हो भने त त्यति बढी असर पनि गर्दैन ।’ तर त्यो खालको पाउडर सबैले भेटाउन सक्दैनन् भेटाए पनि महंगो हुन्छ यसको उपाय छ त ? उनी भन्छन उपाय छ । ‘जस्तै बेसारबाट बनेको पहेलो रङ, गुरासको फुलबाट बनाइएको रातो रङ, मैदाको सेतो रङ, मेन्दीको हरियो रङ जस्ता विभिन्न रङहरुको पनि प्रयोग गर्न सकिन्छ । यी रङहरुले केमीकल युक्तरङले जस्तो छालालाई असर गर्दैन ।’

डाक्टरको कुरा यस्तो भएपनि पनि व्यवहारिक रुपमा भने यस्तो हुँदैन । धेरै भाइसाथी बीच खेलिने होलीमा कसैले यस्ता प्राकृतिक रङ खोज्न थाल्दैन । बजारबाट ल्याइएका रङ तथा अविरहरु नै जवरजस्ती ल्याई शरीर भरी खन्याउने प्रचलन जो छ हामी कँहा ।

उसो भए के गर्ने त ?

डा. झा भन्छन, ‘यदि प्राकृतिक रङहरु उपलव्ध हुन सक्दैनन भने कम असर पार्ने उपाय सोच्नु पर्छ । केमिकलयुक्त रङहरुको लगातार प्रयोगले छालाको क्यान्सर र मृगौलामा नै पनि असर पार्न सक्छ ।

तर एक दुई दिन अर्थात होलीको बेलामा अर्थात केही समयका लागि प्रयोग हुने रङले छालामा एलर्जी उत्पन्न गराउछ । एलर्जीले छाला चिलाउने फोका उठने र घाउ हुने गर्छ । यस्तो असरबाट बच्नका लागि केही निम्न सचेतता अपनाउन सकिन्छ ।’ उनले केही टिप्सहरु पनि दिएका छन, जस्तै :

–होली खेल्नु अघि कपालमा तेल तथा लोसनहरु लगाउने , त्यसो गर्दा रङहरु सिधै छालामा पुग्न पाउदैन । 
– अनुहारमा सनव्लक , सनस्क्रिन ,मोस्चराइजर लोसन लगाउनु राम्रो हुन्छ । 
– आँखामा चस्माको प्रयोग गरेको राम्रो । चस्माले सिधै रङ तथा केमिकल कणहरु आँखा भित्र पस्नसक्ने अवस्थाबाट बचाउछ । 
– भरसक शरीरका धेरै भाग छोप्ने अर्थात लामबाहुले कपडाहरु लगाउने । लामो कपडाले शरीरका छालामा सिधै केमिकल छिर्नबाट बचाउछ ।
– टल्कने रङहरुको प्रयोग सकेसम्म नगर्ने यसले अरु रङले भन्दा छिटो छालामा असर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्