विराटनगरको कोशी अञ्चल अस्पतालमा विद्यार्थीको उदाहरणीय काम, यसरी फेरियो

<span class='c1'>विराटनगरको कोशी अञ्चल अस्पतालमा विद्यार्थीको</span> <span class='c2'>उदाहरणीय काम, यसरी फेरियो</span>

प्रेम देवान ।
विराटनगर, २६ चैत । विराटनगरको कोशी अञ्चल अस्पतालमा केही दिनदेखि केही युवा सक्रिय थिए । उनीहरुको काम रङ लगाउने अनी सरसफाई गरेको देखिन्थ्यो । विरामी पनि उपचार गराउन आउने क्रम उस्तै नै छ । काम गर्नेले काम गरेका गरेकै छन् ।

विगत केही दिन देखि मदन भण्डारी स्मृति प्रतिष्ठानको हेल्थ असिस्टेन्ट लिएर पढ्दै गरेका तेस्रो वर्षका विद्यार्थी हातमा झाडु र भित्तामा रङ लिएर गर्दै थिए । आकस्मिक कक्षमा भने केही विद्यार्थी लामो समयदेखिको फोहोरै फोहोर भएको झ्याल, ढोका, विरामीका वेड , टेवुल कुर्सी अनि भुई पानीले सफा गर्दै गरेका थिए । यसरी यी सबै काममा साथ दिने भनेका सबै विद्यार्थीहरु नै थिए ।
मोरङको पथरी शनिश्चरे घर भई मदन भण्डारी स्मृति प्रस्तिष्ठानमा सामान्य चिकित्सा शास्त्र अध्ययन गर्दै आएका साहारा माझीको हातमा पनि रङ लगाउने सामाग्री थियो । उनी पनि अस्पतालका भित्तामा रङ लगाउदै गरेकी थिईन् । उनी मात्र हैन उनका साथी रतुवामाई नगरपालिका ४ का रञ्जन धिताल पनि अस्पताल भित्र रहेको फोहोर जन्य सामाग्रीलाई सफा गर्ने र सरसफाई गर्दै थिए । उनीहरु दुवैलाई सहयोग गर्न उनका साथीहरु पनि एक अर्कामा सहयोग गरिरहेका हुन्थे ।
विद्यार्थीहरु कोशी अञ्चल अस्पतालमा ३ महिनाका लागि प्रयोगात्मक सिकाईका लागि आएका हुन् ।

उनीहरुले अध्ययनसँग सँगै अस्पताल भित्रको सरसफाईको महसुस गरेपछि सबै मिलेर सरसफाईमा लागेको साहाराले बताईन् ।
कोशी अञ्चल अस्पतालको आकस्मिक सेवा स्थलको सरसफाईको अबस्था अत्यन्त फोहोर देखिएपछि विद्यार्थीहरु सरसफाईमा लागेका हुन् । विरामी भएर गएका सामान्य विरामी थप विराम िभएर फर्कनु पर्ने अवस्थालाई कम गरी सफा बनाउने काममा उनीहरु लागेका हुन् ।
आकस्मिक सेवा कक्ष दुर्गन्धित र फोहोरले भरिएको ठाँउलाई आम विद्यार्थीहरुले यसलाई परिवर्तन गर्नुपर्छ भनेर नयाँ सोच बनाएर यो अभियान थालेको भुपेन्द्र अधिकारीले जानकारी दिए ।
उनका अनुसार, प्राक्टिकलका लागि आएका सबैको प्राक्टिकल आकस्मिक सेवा कक्षमा थियो । ‘आकस्मिक सेवा कक्षको अवस्था देखेर आफैलाई लज्जास्पद बोध भयो, अधिकारीले भने, ‘चारै तिर पान खाएर थुकेको अनि रगतका छिट्टाहरुले भित्ताहरु हेर्नै नहुने अबस्था देखेपछि काम थालेका हौँ ।’
सबै मिलेर बनाएको योजना अनुसार पहिलो चरणको छसफलाईमा लागेको उनीहरुको भनाई छ । शुरुमा त कसरी काम गर्ने भन्ने नै थियो । सबै साथिहरुको कुरा नमिल्न हुँदा हुँदैपनि सबै साथिहरुसँग एक आपसमा कुरा भएपछि सबै एक मत भए अनी अस्पताल प्रशासनसँग अनुमति लिएर काम शुरु गरिएको अधिकारीले बताए ।
अस्पातलले आकस्मिक सेवा कक्षको सरसफाई तथा रङरोगन गर्न दिएसँगै शुक्रबारदेखि सरसफाईको थालनी गरेको विद्यार्थी सोना राईले बताईन् । उनले भनिन्, विरामी बस्ने ठाउँ सँधै सफा राख्नु पर्छ ।
अस्पतालको काम विद्यार्थीले गरे
कोशी अञ्चल अस्पताल आकस्मिक सेवा कक्षका ईन्चार्ज रधुनन्दन अधिकारीले अस्पताल प्रशासन र कर्मचारीले गर्नु पर्ने काम विद्यार्थीहरुले गरेकोमा खसी ब्यक्त गरे । हामीले पनि सरफाई त गर्दै आएको हो तर ईमेन्जेन्सी कक्षमा अलिक धेरै मान्छेको भीडभाड हुने भएकाले चाडै फोहोर हुने गरेको छ, अधिकारीले भने, फोहोर ब्यवस्थापनको काममा विद्यार्थीले राम्रो काम गरेका छन् ।’ जुन विद्यार्थीहरुले प्राक्टीकल सँगसँगै आकस्मिक सेवा कक्षको सरफाई र रङरोगन गरेका छन् यो उदहणिय भएको बताए । अब हामीलाई निरन्तरता दिनेछौ आगामी दिनहरुमा यसरी नै सफा राख्ने प्रतिवद्धता जनाउनेछौँ ।
यसरी जुट्यो सहयोग
विद्यार्थीहरुले आकस्मिक कक्षको लागि रङ्गरोगन गर्न पैसाको अभाव थियो । उनीहरुलाई अस्पतालले कुनै सहयोग गरेन । मोरङको सुन्दर हरैचाका सन्दिप प्रसाईले रङ्ग र रङ्ग लगाउने सामाग्री दिएर सहयोग गरे । अस्पतालले सरसफाई गर्नु पर्ने सामान्य सहयोग समेत गरेन । एक दिनका लागि हातमा लगाउने पञ्जा र माक्स बाहेक अन्य सामाग्री तथा सरसफाईको लागि कर्मचारी पनि उपलब्ध नगराएको विद्यार्थीको गुनासो छ ।
आकस्मिक कक्षको रुप नै फेरियाे
विद्यार्थीको प्रयासबाट भएको सरसफईको कामले आकस्मिक कक्षको रुप नै फेरिएको छ। दुगन्र्धित रहेको आकस्मिक कक्षको अबस्था त सुधार भएको छ तर अस्पतालको तर्फबाट सहयोग नपाएको बिद्यार्थीको भनाई छ । अहिले जो कोही कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा पुग्दा सुन्दर देखिन्छ । विद्यार्थीहरुले आफ्नै पैसामा आकस्मिक कक्ष भित्र रहेको प्रत्येक वेडमा डस्विन समेत राखेका छन् । प्रत्येक वेड सफा गरेर चटक्क पारेका छन् । अब आगामी दिनमा पनि अस्पतालले यसलाई सुधार गर्दै लैजान जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्