६ लेन सडक परियोजनाको लापर्वाही पुर्ण काम, सडक बिचको पोलमै कालोपत्रे

६ लेन सडक परियोजनाको लापर्वाही पुर्ण काम, सडक बिचको पोलमै कालोपत्रे

विराटनगर, ५ जेठ ।
६ लेन परियोजनामा चरम लापरवाही रुपमा काम भएको पाईएको छ । बिराटनगरको रानी देखि धरासम्मको ६ लेन सडक परियोजनाले गरेको भएपनि धेरै कामहरु लापरवाही पुर्ण भएको स्थानीलयले बताएका छन् । निर्माण भएका संरचनाहरु पनि ईन्जिनियरिङ भन्दापनि ठेकेदारको आफुखुसी बनाएको पाईन्छ । २०७०सालदेखि निर्माण शुरु भएको ६ लेन सडक परियोजनाको काममा ढिलाईका कारण लामो समय बितिसकेको छ भने निर्माणका संरचना पनि गुणस्तरिय नभएको पाईएको हो ।

बनेका सडकमा मात्र लापर्वाही भएको छैन, निर्माणाधिन सडकमा समेत लापर्वाही देखिएको छ । प्रदेश १ को राजधानी विराटनगरको मुख्यद्धार प्रबेश स्थलमा नै सडकको बिचबाटो मै पोलहरुलाई बिचमै छाडेर कालोपत्रे गरिएको छ । झण्डै एक दर्जन बिजुलीका पोलहरुलाई सडकको बिच भागमा नै छाडेर ठेकेदार कम्पनीले कालोपत्रे गरेको हो ।
दुग्ध विकास संस्थान देखि नेमुवा नहरसम्मको ठेकेदारको जिम्मा पाएको शर्मा कान्छाराम जेबीले काम गर्दैगर्दा पोल बिच भागमा नै छाडेर सडक कालोपत्रे गरेपछि थप लापर्वाही पुर्ण काम भएको स्थानीय बताउँछन् ।
सडकको ठेक्का सम्झौता अनुसार दसग्ध विकास संस्थान देखि नेमुवासम्म ३ प्याकेजमा ठेक्का लगाइएको छ । ४ किलोमिटर २ प्याकेज र बाँकी एक प्याकेजमा सक्ने गरी ठेक्का सम्झौता भएको हो । यो सम्झौता अन्तर्गत डीडीसी–टंकी, टंकी–बाँसवारी र बाँसवारी–नेमुवा गरी ३ प्याकेजमा काम सुरु भएको छ । शर्मा कान्छाराम जेभीले २०७१ साल माघदेखि २०७५ असार मसान्तमा सक्ने गरी सम्झौता गरेको भएपनि २०७६ असार मसान्तमा पनि काम सक्न मुस्कील परेपछि सडकको बिचमै बिजुलीको पोललाई छाडेर कालोपत्रे गरेको हो । करिब ७ अर्बको लागतमा निर्माण भएको रानी–बिराटनगर–ईटहहरी–धरान ६ लेन सडक परियोजनाको काममा दुध फारमदेखि नेमुवासम्म ९० करोड ८२ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको सडक निर्माणको काममा बिच बाटोमै पोल छाडेर बिच गर्ने काम भएको हो ।६ लेन परियोजनाका ईन्जिनियर उपेन्द्र दासले साईड पुरै क्लीयर गर्नुपर्ने भएपनि केही प्राबिधिक समस्याका कारण यस्तो भएको बताए । परियोजना अन्तरगत बिद्युत प्राधिकरण र परियोजना बिच कुरा नमिल्दा समस्या भएको हो ।
सडक क्रसिङ गराउनका लागि ओभरहेडबाट क्रसिङ गर्नु पर्ने सम्झौता भएपनि त्यसो नगर्न परिपत्र आएपछि अण्डरग्राउण्डबाट क्रसिङ गर्न बजेट अभावका कारण समस्या भएको दासले जानकारी दिए । ‘अहिले तत्काललाई समस्या देखिएकोले त्यसै छाडेर अरु काम अगाडी बढाईएको हो, ईन्जिनियर दासले भने, ‘पछिल्लो परिपत्रका अनुसार अण्डरग्राउण्डबाट क्रसिङ गर्ने हो भने रानी देखि ईटहरीसम्म २० देखि २२ करोड स्टीमेट बजेट बढी देखिएपछि समस्या भयो ।’
विद्युत प्राधिकरण बिराटनगर बितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले त्यहाँको समस्या प्राधिकरण या परियोजनाको मात्र नभई सबैको समस्या भएकोले त्यो बारेमा छलफल भईरहेको बताए । ‘अहिले पनि सडकको डिभिजन प्रमुख सँग छलफल भईरहेको छ, प्रमुख सिंहले भने, त्यसरी पोल बिच बाटोमै छाड्नु पर्छ भन्ने हैन, त्यो केही दिन भित्रै उखेल्ने काम हुन्छ ।’ अन्यत्रको समेत तार फेर्नको लागि टेण्डर लगाईसकेकोले पोल सार्न तथा तारहरु फेर्नको लागि चाँडै काम शुरु हुने सिंहको भनाई छ । सुमन सुस्केरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्