बाल हेल्पलाईनको १०९८ मा बालिका दुब्र्यबहारका घटना बढी,न्युनिकरणकालागि विराटनगरमा छलफल शुरु

<span class='c1'>बाल हेल्पलाईनको १०९८ मा बालिका दुब्र्यबहारका</span> <span class='c2'>घटना बढी,न्युनिकरणकालागि विराटनगरमा छलफल शुरु</span>

विराटनगर, २० जेठ ।
सन् २०१८ मा बाल हेल्पलाईनमा १५५ जना बालिकाहरु बाल विवाहमा परेको उजुरी आएको छ । महिला तथा बालिका बिरुद्धका हिंसा र पुरुष सहभागिताको रणनीति बिषयक छलफलका क्रममा बालिकाहरु हरेक क्षेत्रमा समस्यामा पर्ने गरेको जानकारी दिईएको हो । त्यस्तै ११२ जना बालिका यौन दुब्र्यवहारमा परेको उजुरी आएकोमा १६ जना बालिका आफ्नै बाबुबाट दुब्र्यवहारमा परेको जानकारी दिईएको हो ।

सिविनका कार्यक्रम संयोजक धु्रब गौतमले बालहेल्पलाईनमा आएको उजुरीको बारेमा जाकारी दिँदै १५६ जना बालिका बिभिन्न शारिरिक र मानसिक दुब्र्यवहारमा परेको जानकारी दिए । यसरी दुब्र्यवहारमा पर्नेमा २६ जना आफ्नै बुबाबाट दुब्र्यवहारमा परेको समेत उनले बताए । बाल हेल्पलाईनको तथ्यांकका आधारमा १ जना बालिका साईबर अपराधमा परेको समेत उनले जानकारी दिए ।
महिला तथा बालिका बिरुद्धका हिंसा र पुरुष सहभागिताको बिषयमा आयोजित अन्तरक्रियाका सहभागिले महिला र बालिका माथि हुने हिंसामा कमी नआएको बताए । हरेक कार्यक्रमहरुमा महिलासँगै पुरुषलाई पनि सहभागिता गराउने हो भने पनि धेरै समस्या दुबैले बुझ्ने र समस्यामा कमी आउनेमा जोड दिए ।
कार्यक्रmमा सिता पौडेल, बिष्णु शर्मा, विराटनगर महानगरपालिकाका बालबालिका महाशाखा प्रमुख डिल्ली धिमाल लगायतले सोच र ब्यवहार परिवर्तनका कुरालाई अगाडी लिएर जानुको बिकल्प नरहेको बताए ।
मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले श्रोतमा महिलाको जुन दिनसम्म समान रुपमा अगाडी ल्याईँदैन त्यो दिनसम्म समान रुपमा महिला आउन नसक्ने बताए । मोङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले महिला हिंसा र बालिका हिंसा, अशिक्षा गरिबी र बञ्चितीकरण भएका परिवारमा बढी देखिन्छ । तर कहिलेकाँही शिक्षित परिवारमा पनि त्यस्ता समस्या देखिने गरेको बताए । उनले कानुनलाई कडाईका साथ पालना गर्ने र कार्यान्वयनमा जोड दिनु पर्ने अबस्था आएको बताए ।
‘अहिले समाज कुन मार्गमा अगाडी बढी रहेको छ, त्यसलाई आँकलन गर्नु पर्ने अबस्था रहेको छ, उनले भने, सरकारको प्रतिनिधिको रुपमा भुमीका खेल्नका लागि हामी तयार छौ ।’ बुढीगंगा गाउँपलिकाका प्रमुख बालचन्द माझी, विराटनगर महानगरपालिकाका उपमेयर ईन्दीरा कार्कीले महिला र बालबालिका माथिको हिंसामा कमी नआउनुको पछाडिको कारण केहो अब खोज्न ढिलाई भईसकेको बताए । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले पहिलो कुरा मानिसको सोचमा परिवर्तन हुनु पर्ने बताए । खानपान, चालचलन र रहनसहनका कारण पछिल्लो घटना भएका हुन् की भन्ने सामाजिक अअबस्थाले गराएको हुनसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्