नेपालका सामुदायिक विद्यालयमा भारतीय विद्यार्थी खचाखच,भारतीय पनि नेपालमै पढाउँछन्

नेपालका सामुदायिक विद्यालयमा भारतीय विद्यार्थी खचाखच,भारतीय पनि नेपालमै पढाउँछन्

भद्रपुर, २६ जेठ । दुई देशबीचको सीमास्तम्भ, आसपास नेपाल र भारतीय बस्ती । सीमा छेउमा रहेका नेपाली विद्यालय भने भारतीय विद्यार्थीले भरिएका छन् । संस्कार, संस्कृति, भाषा र देशको इतिहास फरकफरक छ । तर सीमावर्ती विहारका बालबालिका नेपालकै इतिहास पढ्छन्, संस्कार, संस्कृति, भाषा पनि नेपाली सिक्छन् ।

झापाको कचनकवल गाउँपालिकाका चार सरकारी विद्यालयमा भारतीय विद्यार्थी खचाखच हुन्छन् । भारत सरकारले छोराछोरी विद्यालय पठाएबापत रासन कार्ड, विद्यालयमा खाजा र विद्यार्थीलाई साइकल दिन्छ । दुरीका हिसाबले भारतीय विद्यालय टाढा भए पनि रासन कार्डकै लागि उनीहरू आफ्ना छोराछोरी भारतमा भर्ना गर्छन् तर नेपालमै पढाउँछन् ।

पाठामारी क्षेत्रका श्री आधारभूत प्रावि, जानकी आधारभूत विद्यालय, बुद्ध प्रावि र केचनास्थित शारदा प्राविमा २५ प्रतिशत भारतीय विद्यार्थी अध्ययनरत छन् । ‘उनीहरूलाई नआओ भन्न मिल्दैन । नेपालीसँगै छिमेकी भएर बसेका छन्’, बुद्ध प्राविका प्रधानाध्यापक गोपाल राजवंशीले भने, ‘नेपालकै राष्ट्रिय गान गाउँछन्, अनि इतिहास र भाषा नेपालकै सिक्छन् ।’

यी विद्यालय सीमापारि भारतीय बस्तीबाट करिब पाँचदेखि सात किलोमिटर दुरीमा छन् । भारतीय अभिभावकले उताका स्कुलमा भर्ना गर्छन् । अनि पढाउन नेपालतिरै ल्याउँछन् । हिँड्न सक्ने अलिक ठूलो कक्षामा पुगेपछि मात्र भारततर्पm पढ्न पठाउने चलन छ । विहारतर्पmको दलेगाउँ पञ्चायत–३ का अभिभावक रुक्सना गणेश भन्छिन्, ‘भारतमा भर्ना नगरे रासन कार्ड पाइँदैन । नेपालमा भर्ना गरेन भने बच्चाले अक्षर चिन्न पाउँदैन ।’

भारततर्पmका विद्यार्थीले पनि नेपालका सरकारी विद्यालयबाट नेपालीसरह नै सुविधा पाइरहेका छन् । नेपालको दक्षिण सीमाका अधिकांश भारतीय बस्ती आर्थिक रूपमा कमजोर छन् । बच्चालाई दुवै देशका स्कुलमा भर्ना गर्नु आफूहरूको बाध्यता रहेको स्थानीय अजिम आलमले बताए । बर्खाको समयमा मेचीखोला बढेपछि पाठामारी क्षेत्रका बालबालिका भारततर्पm पढ्न जान सक्दैनन् । त्यसैले धेरैजसो अभिभावकले नेपालतिरकै स्कुलमा पढाउने गरेका छन् ।

‘एक दशकअघिसम्म ८० प्रतिशत भारतीय विद्यार्थीले नेपाली सीमाका सरकारी विद्यालय खचाखच भरिन्थे’, केचनास्थित शारदा प्राविका प्रधानाध्यापक शेषराज गणेशले भने, ‘अधिकांश भारतीय विद्यार्थीलाई उताको राष्ट्रियगान पनि आउँदैन ।’ पाठामारी–४ खुमु्रभिट्टास्थित बुद्ध प्राविमा हाल एक सय १६ जना विद्यार्थी छन् । तीमध्ये ३५ जना भारतीय छन् । अन्नपुर्ण पोष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्