धरानमा डेंगुको प्रकोप–जोखिममा बिराटनगर, डेंगुबाट बच्न विराटनगरमा पुर्ब तयारी खै ?

<span class='c1'>धरानमा डेंगुको प्रकोप–जोखिममा बिराटनगर, डेंगुबाट बच्न</span> <span class='c2'>विराटनगरमा पुर्ब तयारी खै ?</span>

विराटनगर, २६ जेठ ।
डेंगुको कारण धरान यतिबेला प्रकोपमा रुमल्लीएको छ । डेंगुकाको प्रकोपका कारण अहिले पनि दैनिक बिरामी अस्पतालमा आउने क्रम रोकिएको छैन । बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा अहिले पनि २ सय भन्दा बढी बिरामी उपचार गरि रहेका छन् भने अन्य अस्पतालहरुमा ३६ जना बिरामीले उपचार गराईरहेका छन् ।

ईटहरीमा २ जना डेंगुका बिरामी फेला परेपछि ईटहरी उपमहानगरपालिकाले लामखुट्टे हटाउने तथा लार्भा नष्ट गर्ने अभियान शुरु गरिसकेको जनाएको छ । सुनसरीकै बराह नगरपालिका, रामधुनी नगरपालिकामा डेंगुका संक्रमित भेटिएका छन् । त्यस्तै केरावारी र सुन्दर हरैँचामा समेत डेंगुका बिरामी उपचारका लागि बिभिन्न अस्पतालहरुमा पुगेका छन् । धरान उपमहानगरपालिकालाई डेंगुको प्रकोप नियन्त्रणमा लिनको लागि निक्कै सकस देखिएको छ ।

बिराटनगर उच्च जोखिममा
धरान उपमहानगरपालिकामा डेंगुको प्रकोप देखिएको छ, ईटहरी लगायत आसपासका ठाउँमा पनि डेंगु संक्रमणका बिरामीहरु भेटिएको अबस्थामा बिराटनगर पनि उच्च जोखिमको ठाउँ हो । अहिले बिराटनगर महानगरपालिका भित्रका धेरै ठाउँहरु विकास निर्माणको क्रममा छ । लामो समयदेखिको विकास निर्माणको क्रमले बिराटनगरका धेरै ठाउँमा खाल्डाखुल्डी छन् । अनी बेला बेला पर्ने पानीका कारण ति खाल्डाखुल्डीमा पानी जम्ने गर्छ ।
नाली थुनिएका, निकाश नभएका र नालीको सही रुपमा ब्यवस्थापन भई नसकेको अबस्थामा तत्काललाई बिराटनगरमा लामखुट्टे भगाउने तथा हटाउने बारेमा कुनै काम भएको छैन । केही महिना अघि बिराटनगरका मुख्य सडकहरुमा मेसिनबाट स्प्रे गरिएको भएपनि अहिलको काम लामो समयदेखि हुन नसकेको संयुक्त टोल नगर समन्वय समितिका संयोजक राजेश मास्केले आरोप लगाए । अन्यत्र ठुलो संख्यामा डेंगुका बिरामीहरु फेला परेको समाचार आईरहँदा बिराटनगर महानगरपालिकाले अहिलेसम्म सचेतना जगाउने खालको कुनै काम नगरेको बताए । ंमास्केले भने, छिमेकी सहरहरुमा डेंगुको प्रकोप छ, तर स्थानीय सरकार बिराटनगर महानगरपालिकाले किन चासो नदिएको हो हाम्रो गम्भीर चिन्ता छ ।
लामखुट्टे नियन्त्रणको कामलाई कुनै कसर बाँकी नराखी काम गरिने बिराटनगर महानगरपालिकाकी उपमेयर ईन्दीरा कार्कीले जानकारी दिईन् । हरेक वडाहरुलाई आषधी छर्ने बारेमा तयारी भईरहेको र आजै स्वास्थ्य महाशाखा प्रमुखलाई बोलाएर निर्देशन दिईसकेको जानकारी दिईन् ।

डेंगुका लक्षण
डेंगुको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।
–असाध्यै टाउको दुख्ने
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने
–शरीरमा विमिरा आउने
–वाकवाकी लाग्ने
–पेट दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

डेंगुबाट बच्ने उपाय

–डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नु पर्छ ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै बालबालिकालाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्