नेपालको पुँजी बजारले फड्को मार्यो, तर मन्त्री भन्छन्, ‘पुँजी बजार अझै अपरिपक्व’

नेपालको पुँजी बजारले फड्को मार्यो, तर मन्त्री भन्छन्, ‘पुँजी बजार अझै अपरिपक्व’

विराटनगर, २७ जेठ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादु आङ्बोले नेपालको पुँजी बजार परिपक्व भईनसकेको बताएका छन् । उनले आम नागरिक अहिले पनि शेयर बजानमार लगानी गर्न डराईरहेको अबस्थामा पुँजी बजार कमजोर रहेको बताएका हुन् ।

नेपाल धितोपत्र बोर्डले सोमबार बिराटनगरमा आयोजना गरेको आर्थिक तथा धितोपत्र बजार सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले जनतालाई प्रत्यक्ष लाभ पुग्नेगरी लगानीको वतावरण बनाईनु पर्ने बताए । सर्बसाधारण नागरिक अझै पनि शेयर बजारमा जोखिम मोल्ने अबस्थामा नरहेकोले शेयर बजारलाई चुनौतीपुर्ण रुपमा लिने गरिएको बताए ।
उनले आम सर्बसाधारणलाई लगानीको वातावरण बनाउनका लागि सचेतना जगाउनु पर्ने अबस्था रहेको औल्याए ।

नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बिगत ३ बर्षको अबधिमा पुँजी बजारले ठुलो फड्को मारेको दाबी गरे । आस्बा संचालनमा ल्याईएपछि शेयर बजारको कारोवारमा सजिलो हुनु, डिम्याट खाता अनिवार्य भएपछि मेची देखि महाकालीसम्म कारोवार एकद्धार प्रणालीबाट कारोवार गर्न पाउनुले पनि शेयर बजारलाई सजिलो पारेको गिरीले बताए । उनले दोश्रो बजार पनि अब अनलाईनबाट नै गर्न सकिने भएपछि सर्बसाधारणमा लगानी गर्ने वातावरण सजिलो भएको जानकारी दिए ।
दोश्रो बजारमा कारोवारलाई हेर्दा काठमाडौँ पछि प्रदेश १ बाट बढी कारोवार हुने गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक गिरी भन्छन् , ‘लगानीकर्ताहरुको लागि सहज वातावरण बनाउनको लागि लगानी कर्ता सचेतना र उत्साहका लागि कार्यक्रमहरु ७ वटै प्रदेशमा आयोजना गरिनेछ ।’
प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका आर्थिक सल्लाहकार प्रा.डा. प्रमोद कुमार झाले शेयर बजार अहिलेपनि बलियो अबस्थामा नरहेको बताए । १० वटा ठुला लगानी कर्ताले शेयर बजारबाट आफ्नो लगानी झिक्ने बितिकै निक्कै नै समस्या आउने सुनाए ।

मोरङका प्रमुख जिल्ला अधिकारी, रमेश केसीले शेयर लगानीको बारेमा धेरै जानकारी नभएको अबस्थामा यो बारेको जानकारी नागरिकसम्म पुर्याउन धेरै महत्वपुर्ण अर्थ राख्ने बताए ।
धितोपत्र बोर्डले समय सापेक्षा परिमार्जन र परिवर्तन गर्दै आगाडी बढीरहेकोले आम नागरिकलाई लगानी गर्न प्रोत्साहनको खाँचो रहेको बताए ।
नेपाल धितोपत्र बोर्डले ४३१ संस्थाको नियमन गर्दै आएको छ । १९९४ मा बिराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले नेपालमा पहिलो पटक सर्बसाधारणको लागि सेयर खुल्ला गरेका थिए । नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीले शेयर बजारको बारेमा बुझाउनको लागि धितोपत्र बोर्डले अभियानहरु संचालन गर्दै आएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्