उदयपुरको दुई दर्जन बढी गाउँमा पाइने अल्लोलाई किसानले भने मल बनाउन मलखाडीमा कुहाउँदै

<span class='c1'>उदयपुरको  दुई दर्जन बढी गाउँमा पाइने</span> <span class='c2'>अल्लोलाई किसानले भने मल बनाउन मलखाडीमा कुहाउँदै</span>

उदयपुर, ३१ जेठ । उदयपुरको पहाडी क्षेत्रमा प्रसस्त मात्रामा पाइने अल्लो वर्षौंदेखि गाईवस्तुको सोत्तर र मलको रूपमा प्रयोग हुँदै आएको छ । स्थानीयलाई अल्लोको महत्व र प्रशोधन गर्ने तरिका थाहा नहुँदा वर्षौंदेखि किसानको गाई–भैंसी गोठमा अल्लो कुहिँदै आएको हो ।

जिल्लाको दुई दर्जन बढी गाउँमा पाइने अल्लोलाई कतिपय किसानले भने मल बनाउन मलखाडीमा कुहाउँदै आएका छन् । जंगल, पाखा, पखेरा र करेसाबारीमा प्रशस्त पाइने अल्लोलाई स्थानीयवासीले गाईवस्तुको खोले र खेतीका लागि मल बनाउन प्रयोग गर्दै आएको स्थानीय बताउँछन् ।
नेपालमा उत्पादित अल्लोको कपडा विदेशमा समेत निर्यात हँुदै आएको छ । तर, महँगो मूल्यमा बिक्री हुने अल्लोको कपडा बुन्न आवश्यक धागो उत्पादन गर्नेतर्फ समेत जिल्लामा कसैको ध्यान पुग्न सकेको छैन । अल्लो प्रवद्र्धनका लागि सम्बन्धित निकायको ध्यान जान नसक्दा लाखौं रुपैयाँबराबरको अल्लो बर्सेनि किसानको मल खाडीमा कुहिरहेको छ ।

जिल्लाको लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे, ताम्लिछा, बाराहा, जाते, बलम्ता र रौतामाई गाउँपालिकाको पोखरी, रौता, आ“पटारलागायतका दुई दर्जन बढी गाउँमा अल्लो प्रसस्त पाइन्छ । तर, अल्लोको बारेमा चेतना नहुँदा सर्वसाधारणले काटेर मलखाडीमा पुर्ने र कतिपयले खोलेको रूपमा प्रयोग गर्ने गरेको स्थानीयले बताए । खेतबारीको छेउमा आफैं उम्रिने अल्लोले अन्न्नबालीलाई नोक्सानी गर्ने गरेकाले किसानले काटेर मल बनाउने गरेको रौताका श्याम तामाङले बताए ।
“सिस्नुलाई त केही सर्वसाधारणले तरकारीका रूपमा खान्छन्,” उनले भने, “तर अल्लो भने काटेर मलखाडीमा कुहाउने गरिएको छ ।” लाखौं रुपैयाँ बराबरको अल्लो बर्सेनि किसानको मलखाडीमा कुहिने गरेको तामाङले वताए ।
संखुवासभा, भोजपुर, इलामलगायतका पूर्वका अन्य जिल्लामा अल्लोको खेती नै सुरु गरिएको छ । व्यावसायिक रूपमै खेती गर्ने त्यहा“का किसानले अल्लोलाई प्रशोधन गरेर कपडा तयार गरी प्रसस्त लाभ लिइरहेका छन् । तर, उदयपुरको पहाडी क्षेत्रमा खेती नै नगरी प्रसस्त मात्रामा उत्पादन भइरहेको अल्लो प्रयोगमा आउन सकेको छैन ।
“उदयपुर जिल्लाको पहाडि क्षेत्रमा १०/१५ वर्षसम्म पुग्ने अल्लो त्यतिकै खेर गइरहेको छ ।” ताम्लिछाका श्याम भट्टराईले भने, “केही गैरसकारी संस्थाले सिस्नु प्रशोधनका लागि प्रयास गरे पनि अल्लोको बारेमा स्थानीयमा चेतनै आउन सकेको छैन ।” अल्लोको महत्व बुझाउँदै गाउँलेलाई प्रशोधन गर्ने तरिका सिकाइदिने हो भने यसबाट धेरै किसानले लाभ लिने उनको भनाइ छ ।
नेपालमै महँगोमा बिक्री हुने अल्लोको कपडा पछिल्लो समय विदेशसमेत निर्यात हुन थालेको छ । तर, आवश्यक ज्ञान र प्रसोधनको अभावमा बर्सेनि लाखौं रुपैयाँ आम्दानी लिन सकिने अल्लो उदयपुरको पहाडी क्षेत्रमा भने वर्षौंदेखि किसानका मलखाडीमा कुहिरहेको छ ।
“अल्लोको महत्व र यसको प्रसोधनका बारेमा किसानलाई ज्ञान दिनु आवश्यक छ,” बलम्ताका चूडामणि राईले भने, “ज्ञान र महत्वको अभावमा किसानले प्रसस्त मात्रामा आर्थिक लाभ लिनसक्ने अल्लो त्यसै खेर गइरहेको छ ।” अल्लोको प्रसोधनका लागि किसानलाई आवश्यक सीप सिकाउने काममा गाउँपालिका नै लाग्नुपर्ने उनले बताए ।कारोबार दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्