सुनसरीको शान्तिवनमा जब मन्त्रीलाई बिद्यार्थीले स्मार्टसिटी हेरिदिनु पर्यो भनेर बोलाए…, (फोटो फिचर सहित)

सुनसरीको  शान्तिवनमा जब मन्त्रीलाई बिद्यार्थीले स्मार्टसिटी हेरिदिनु पर्यो भनेर बोलाए…, (फोटो फिचर सहित)

विराटनगर, ३१ जेठ ।
सुनसरीको बर्जु गाउँपालिका २ मा रहेको श्री रामसीता माध्यामिक बिद्यालयको कक्षा ९ मा अध्ययनरत अनु पासी बिहिवार निक्कै ब्यस्त थिईन् ।

उनीसँगै बिद्यालयमा अध्ययनरत अरु ४ जना जति उनका साथिहरुपनि ब्यस्त नै थिए । सुनसरीको शान्तिवनमा रहेको एभरेष्ट साईन्स सेन्टरमा आयोजना भएको बिज्ञान तथा प्रबिधि मेलामा उनीहरुले बनाएको स्मार्टसिटी मन्त्रीलाई देखाउनु थियो । त्यही भएर उनीहरु मन्त्रीको प्रतिक्षामा थिए ।

आफ्नै जिल्लाको मन्त्री भएको नाताले पनि उनीहरु आफुहरुले बनाएको स्मार्टसिटीको बारेमा बुझाउन चाहन्थे । आफुहरुले बनाएको जस्तै स्मार्ट सिटी बर्जुमा निर्माण गर्न आग्रह गर्ने सोचमा थिए बिद्यार्थीहरु । बिभिन्न बिद्यालयले निर्माण गरेका बिज्ञान तथा प्रबिधिका सामाग्री हेर्दै हिँडेका मन्त्री जगदीश कुसियेत जब बालबालिकाको स्टलमा पुगे अनी बालबालिकाले आफ्ना कुरा भन्न शुरु गरिहाले । बिद्यार्थी अनु पासीले भनिन्, ‘सर, सर,,, यो हामीले बनाएको बर्जुको स्मार्टसिटी हो, हामीले बर्जुमा यस्तै स्मार्ट सिटी हेर्न चाहेका छौ ।’
अनुको कुरा सन्नेबितिकै मन्त्रीले भने हामीले यो बर्ष पनि बजेट छुट्याएका थियौँ र आगामी बर्ष पनि त्यहाँ बजेट छुट्याउने छौ । त्यहाँको विकासको लागि कामहरु भईरहेको प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियेतको जवाफ थियो ।
बालबालिकाले बनाएको स्मार्टसिटीमा घरको छतबाट हेलिकोप्टर उड्नेदेखि गाउँमै बिमानस्थल, चिल्ला सडक अनी सडकका किनारमा झिलिमिली बिजुलीका बत्तीहरु । अनी त्यसको नजिकै रहेको हाईड्रेलिक पुलले थप आकर्षक देखिन्थ्यो । सुनसरीको बर्जुलाई केन्द्रीत गरेर बनाईएको स्मार्टसिटीले मात्र मन्त्रीलाई लोभ्याएन उनीहरुले नै बनाएको स्मार्ट घरपनि निक्कै नै आकर्षक थियो ।
स्मारिका स्कुल झापा तथा बुद्ध चिल्ड्रेन हेभेन बोर्डिङ स्कुलले बनाएको स्मार्ट सिटी, सत्यनारायण माध्यामिक बिद्यालयले बनाएको निकुञ्ज क्षेत्र, पोखरिया माध्यामिक बिद्यालयले बनाएको स्वाईल मोईस, आरएफआईडी सेन्सर, ग्याँस सेन्ससर र स्मार्ट स्टेट लाईट प्रर्दशनीले पनि मन्त्रीलाई हौस्यायो ।
त्रियुगा नमुना माध्यामिक बिद्यालयले समेत हाईड्रोलिक ईन्जीन सहितका डोजर तथा प्रबिधिमा भित्रिएको नयाँ ईन्टरनेट प्रबिधिको बारेमा जानकारी दिने सामाग्रीहरु प्रयोग मार्फत प्रस्तुत गरे । एभरेष्ट वल्र्ड स्कुल काठमाडौँ, गोदाबरी बिद्यामन्दीर सुन्दर हरैँचा, बिश्वप्रेमी माबि अरुण भोजपुर, सितापाईला माबि नागाजुर्न, रेडि अन्ट स्कुल स्युचाटार काठमाडौँ त्यस्तै संकटमोचन स्कुल जनकपुरले समेत हाईड्रोलिक मेसिन, नमुना बस्ती, बटमबाट चल्ने डोजरहरु निर्माण गरेर प्रदर्शनीमा राखे । कोशी बिद्यामन्दीर बोर्डिङ स्कुलले विकसित र अविकसित सहरहरु बनाएर देखाएको थियो ।
४५० रुपैयाँको डोजर
उमेरले करिब ११–१२ बर्ष जस्तो देखिने एक बालक आफुले बनाएको हाईड्रोलिक डोजर लिएर प्रदर्शनी स्थलमा एक्लै भेटिए । उनी बिराटनगर महानगरपालिकामा रहेको मिल्स माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी दिपक अधिकारी हुन् । उनलाई कसैले बिज्ञान तथा प्रबिधिको प्रदर्शनी हुँदैछ भन्ने जानकारी पाए । अनी उनले त्यो बारेमा बिद्यालयमा गएर सुनाए । तर उनको कुरालाई बिद्यालयले वास्तै गरेन । तर पनि उनलाई आफुले केही गरेर देखाउनु पर्छ भन्ने थियोे । उनले आफुलाई बनाउन आउने त्यो पनि चल्नसक्ने डोजर बनाउने अभियानमा लागे ।
उनलाई डोजर निर्माणको लागि आबस्यक पर्ने सामाग्रीको जोहो कसरी गर्ने भन्ने थियो । उनले त्यसको ब्यवस्थापन गर्नका लागि बिगत २ महिनादेखि खुत्रुकेमा हालेर जम्मा गरेर राखेको रकमलाई प्रयोग गर्ने सोचे । उनले त्यो भएको खुत्रुके फुटाए जम्मा ४ सय ५० रुपैयाँ रहेछ । त्यही रकमबाट आफुले सकेको डोजर बनाएर ल्याएको उनले सुनाए । उनलाई यो रकम जम्मागर्नको लागि खाजा खर्च जोगाएर संकलन गर्दा करिब २ महिना लागेको थियो । उनले ल्याएको सामाग्री प्रदर्शन स्थलमा राखिएको ठाउँमा पुगेका मन्त्री कुसियतको उनको समस्या सुन्ने बितिकै उनलाई ५ सय रुपैयाँ दिएपछि उनको मुहारमा खुसी झल्किएको देखिन्थ्यो । सबैलाई बिद्यालयले नै पत्र बनाएर पठाएको छ, तर उनलाई बिद्यालयले असहयोग गर्दापनि उनी स्वयम आफै गएर नाम दर्ता गराएर आफुले बनाएको प्रबिधिको बारेमा जानकारी दिन ब्यस्त छन् ।
साईन्स सेन्टरमा ९ जिल्ला
सुनसरीको एभरेष्ट साईन्स सेन्टरमा बिज्ञान प्रदर्शनी शुरु भएको हो । प्रदर्शनीपछि उत्कृष्ठ बिद्यालयहरु मध्येबाट एउटा बिद्यालयलाई १लाख नगद सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सहभागी बिद्यालयहरुले समेत ५ हजारको दरहले प्रोत्साहन पुरस्कार पाउने छन् । बिहिवारदेखि शुरु भएको बिज्ञान प्रबिधि प्रदर्शनी शनिवारसम्म संचालन हुने छ । प्रदर्शनीमा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुर, धनुषा, ललितपुर, काठमाडौँ र भक्तपुरका बिद्यालयहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्