काँकरभिट्टा, २ असार । भारत पश्चिम बंगाल नक्सालबाडीका समिर अली र सल्मा खातुनको दैनिकी मेची नदीको बगरमा बितेको एक वर्ष भयो । उनीहरु हरेक दिन विहानै घर छोडर आउँछन र बेलुका ५ बजे फर्किन्छन् । मेचीनगरको ठुलो बजार काँकरभिट्टामा संकलन भएको फोहोर नगरपालिकाको गाडीले बगरमा फालेपछि मात्र उनीहरुको दैनिकी शुरु हुन्छ ।
सोमवार दिउँसो फोहोर फालिएको ठाउँमा भेटिएका समिर अली र उनको श्रीमति सल्मा फोहोरमा मोहर खोजिरहेका थिए । श्रीमान समिर एकातिरको फोहोर पन्साउँदै थिए भने श्रीमति अर्कातिर पन्साउँदै थिइन् । बजारबाट उठाइएको फोहोरबाट विक्रि गर्न सकिने सामग्री संकलन गरेर त्यसैबाट उनीहरुले परिवार चलिरहेको छ ।
एकवर्ष देखि त्यहि फोहारको भरमा जीवन धान्ने स्रोत बनाइरहेका दम्पत्तिले दैनिक एक हजार भारतीय रुपैयाँ आम्दानी गरिहरेको सुनाए । समिरले भने, विहानै आउँछौ बेलुकासम्म एक हजार भइहाल्छ । दुवै जनाले संकलन गरेको विक्रि गर्न सकिने सामग्री बजारसम्म पु¥याउँछन् ।
सिसाका बोतल नेपाली बजार मै विक्रि गर्ने र अन्य सामग्री भारतीय बजार पु¥याएर विक्रि गर्ने गरेको अलीले जानकारी दिए । त्यहाँबाट उनीहरु कार्टुन, पानीको बोतल, प्लाष्टिकजन्य सामग्री र टिन संकलन गर्दै आएका छन् ।
६ सन्तान सहित ८ जनाको परिवार १ वर्षदेखि त्यहि फोहोरबाट संकलन गरिएको सामग्रीको विक्रिबाट चलिरहेको सल्माले बताइन् । त्यो भन्दा पहिले श्रीमान कवाडी सामग्री संकलन गर्दै परिवार धानिरहेका थिए । दुर्घटनाका कारण साइकल चलाउन नसकेपछि दम्पत्ति नै अहिले मेची बगरमा फालिएको फोहोरबाट जिविका चलाइरहेका छन् ।
ठुलो खर्च आवश्यक भएमा किस्ताबाट रकम जुटाउने गरेको उनीहरुको भनाई छ । हरेक हप्ता २८ सय किस्ता हुन्छ, सल्माले भनिन्– यहिबाट आर्जन भएको रमकले किस्ता तिर्दै परिवार चलाइरहेका छौं ।