बिराटनगरका युवा खगेन्द्रको अगुवाइमा पाँचौ ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्प थाईल्याण्डमा सम्पन्न

बिराटनगरका युवा खगेन्द्रको अगुवाइमा पाँचौ ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्प थाईल्याण्डमा सम्पन्न

बिराटनगर असार २२ ,

बिराटनगरका युवा खगेन्द्र आचार्यको अगुवाइमा ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्प सम्पन्न भएको छ ।

चारवटा संस्करण पार गरिसकेको  जुन २७ देखि ३० सम्म थाईल्याण्डको व्यंगककमा भएको पाँचौ संस्करण सम्म पुग्दा फरक हुन पुग्यो। उद्यमशीलता र अविस्कारको संस्कृतिको विकासका लागि चिनिएको बूटक्याम्पले यसपाली 'सामाजिक उद्यम' नामक नयाँ आयामलाई विशेष महत्व दियो। 'सामाजिक उद्यम' र त्यसको महत्वका बारेमा संसारभरि नै चेतनाको कमि भैराखेको अवस्थामा बूटक्याम्पले त्यस आयामका थालनीकर्ता प्रोफेशर मुहम्मद युनुसलाई कार्यक्रममा निम्त्यायो ।

'सामाजिक उद्यम'को अवधारणा ल्याएकोमा २००६ को नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका युनुस मुख्य वक्ताका रुपमा ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्पमा गएका थिए। ४० देशबाट आएका १६० भन्दा बढी सहभागीलाई सामाजिक समस्या समाधान गर्न सामाजिक उद्यमको भूमिका के कस्तो हुन्छ भनेर युनुसले बुझाए।  त्यस्ता उद्यमले युवाहरुलाई सामाजिक रूपमा सशक्त बनाउने कुरालाई पनि उनले जोड दिए।

युनुस बाहेक एशिया स्कूल अफ बिजनेसको अविस्कार र उद्यमशीलता केन्द्रका निर्देशक राजेश नायर लगायत विभिन्न देशका लगानीकर्ता, सफल उद्यमी र उद्यमशीलताका विज्ञ वक्ताका रूपमा उक्त बूटक्याम्पमा उपस्थित थिए। उनीहरूका सामु सहभागीहरुले आफ्नो व्यापार नमुना प्रस्तुत गरेका थिए जसमध्ये बाट एक-एक वटा विजेता मोडेल र उत्कृष्ट टिम छानी पुरस्कृत गरिएको थियो। आइमेड नामक औषधि खान सम्झाउने र व्यक्तिगत स्वास्थ्यको रेकर्ड राख्ने मोबाइल एप्लिकेशन विजेता मोडेलको रूपमा पुरस्कृत भयो भने के-ट्वेन्टी नामक साना वित्तिय संस्थाका कामकाजलाइ सहयोग गर्ने खालको प्लेटफर्म बनाउने टिमलाई उत्कृष्ट टिमका रूपमा छानियो।

सुरुवातदेखि नै ग्लोबल आन्टरप्रनरशिप बूटक्याम्पले आफुलाई एउटा प्रतिस्पर्धामात्रै भन्दा पनि विज्ञसंगको अनतर्क्रिया एबम युवा पुस्ता, उद्यमी र लगानीकर्ताको सञ्जाल विकास गर्ने थलोका रुपमा उभ्याएको छ। विगतमा झैँ यसपटक पनि बूटक्याम्पले संस्कृतिक कार्यक्रम राखेको थियो जसमा सबै सहभागी र वक्ताहरुले आफ्नो संस्कृति, व्यक्तिगत धारणा र विचार आदानप्रदान गरे।

वक्ताहरु संगको अन्तरक्रिया र सहभागीहरुको समूह कार्य पालै पालो गरि कार्यक्रम अघि बढाइएको थियो। बूटक्याम्पका सहभागीहरूले २९ जूनमा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको युनुस सेन्टरले आयोजना गरेको सामाजिक उद्यम दिवसको पनि अवलोकन गरे।

उद्यमशीलतामा सफलता एउटा चुनौती हो। फर्च्युन  म्यागजिनका अनुसार दशमध्ये एक मात्र स्टार्टअप सफल हुन पुग्छ। सहभागीहरुलाइ उद्यमशीलताको यात्रामा प्रोत्साहित गर्न 'जिईबि एक्स' नामक नयाँ कार्यक्रम पनि यसपालिको बूटक्याम्पमा राखिएको थियो जसमा सात जाना सफल उद्यमीहरुले आफ्नो उद्यमशीलताको यात्रा र त्यसमा भएका उतारचढावका बारेमा बोले।

बूटक्याम्पको सह-आयोजकका रूपमा सल्भ बिजनेस स्कूल रहेको थियो भने एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको युनुस सेन्टर स्ट्राटेजीक पार्टनर रहेको थियो।  त्यसैगरि एशिया स्कूल अफ बिजनेस र पोरस सिटि नेटवर्क नलेज पार्टनर थिए भने लिड्सास चाहिँ बूटक्याम्पको लजिसटिक्स पार्टनर रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्