गरिखानेको कथा : बाख्रापालनमा वडा अध्यक्ष, बार्षिक ५० लाख आम्दानी !

गरिखानेको कथा : बाख्रापालनमा वडा अध्यक्ष, बार्षिक ५० लाख आम्दानी !

प्रकाशचन्द्र भट्टराई,

दमौली (भानु), साउन १ गते ।

तनहुँको भानु नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश मल्लले बाख्रा पालनबाट बार्षिक ५० लाख आम्दानी लिनु भएको छ । । २०६९ सालमा सोही वडाको नावरुङमा प्रकाश एग्रीकल्चर प्रालि फार्म दर्ता गरी २० वटा बाख्राबाट व्यवसाय सुरु गर्नु भएका उहाँले अहिले बाख्राबाट मनग्य आम्दानी लिन थाल्नु भएको हो ।

उहाँको फर्ममा अहिले विभिन्न जातका एक सय वटा बाख्रा र ५० वटा भन्दा बढि पाठा पाठी छन् । उहाँको फार्ममा अमेरिकन सानन जातका अष्ट्रेलीयन बोयर जातका बाख्रा छन् । ति बाख्रालाई खुवाउन एक सय ५० रोपनी क्षेत्रफलमा घाँस खेती समेत लगाउनु भएको छ ।

 

घर नजीकैको जग्गामा बडहरे, डालेघास, बकाइनो, पाखुरी, निवारो, राईखनियो, नेपिएर, किम्बु लगायतका विभिन्न घाँसहरु लगाइएको छ । बाख्राको लागि चार वटा छुट्टाछुट्टै खोरको व्यवस्था मिलाइएको छ । फार्ममा हालसम्म तिन करोड रुपैयाँ लगानी भईसकेको उहाँले बताउनुभयो ।

बैदेशिक रोजगारीको राम्रो जागिर छाडेर आफ्नै देशमा केहि गनुपर्छ भन्ने सोच राखेर बाख्रा पालन सुरु गरेको उहाँले बताउनु भयो । सुरुका दिनमा बाख्रा पालनमा केही दुखः र जोखिम भएपनि क्रमशः जोखिम कम हुँदै गएको उहाँदे बताउनु भयो । अहिले त उहाँलाई बाख्राले नै पुर्ण बनाएको छ । सबै खर्च कटाएर बाख्राबाट बार्षिक ५० लाख जती आम्दानी लिन सफल भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले घाँस काट्नको लागि फर्ममा पाँच जनालाई रोजगारी समेत दिनु भएको छ । ति कर्मचारीकोलागि मासिक ७२ हजार पारिश्रामिक दिईएको उहाँले बताउनु भयो । उहाँको फार्ममा बाख्रासँगै मौरी, कुखुरा र दुई वटा अस्ट्र्चि समेत छन् । साथै फार्म अवलोकन गर्न आउनेहरुलाई बस्नको लागि होमस्टेको व्यवस्था समेत गर्नु भएको छ ।

बाख्रा पालनबाट पहिचान बनाउनु भएका उहाँले विभिन्न पुरस्कार समेत पाउनु भएको छ । युवा स्वरोजगार पुरस्कार, गट मिसन पुरस्कार र २०७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार समेत उहाँले पाउनु भएको थियो । बाख्रा पालनसँगै वडा अध्यक्षको रुपमा वडाबासीको समेत दैनिक सेवा गर्दै आएको उहाँले बताउनु भयो । वडाको काम बाहेक अन्य समयमा बाख्रा फार्ममै समय बिनाउने उहाँले बताउनु भयो । बाख्रा पालक कृषकको रुपमा पनि आफ्नो पहिलो परिचय भएको भन्दै उहाँले जनताको सेवासँगै बाख्रा पालनलाई पनि सँगसँगै लगेको बताउनुभयो ।

त्यसबाहेक सदरमुकाम दमौलीमा तनहँु सेक्युरिटी सर्भिस कम्पनीको स्थापना गरि उहाँले सुरक्षा गार्डहरु समेत उत्पादन गरिरहनु भएको छ । उहाँको कम्पनीबाट उत्पादित सुरक्षागार्डहरु तनहुुँका विभिन्न उद्योग, बैंक तथा वित्तिय संस्थामा कार्यरत छन् ।
उहाँलाई श्रीमती लक्ष्मी मल्लले फार्ममा सहयोग पु¥याउनु हुन्छ । श्रीमान वडा कार्यालय गएपछि बाख्रा फार्मको सम्पुर्ण रेखदेख आफुले गर्न श्रीमती मल्लले बताउनु भयो । श्रीमानले विहान बेलुका बाख्रा, मौरी, कुखुरा लगायतको काम आँफै गर्नुहुन्छ’, मल्लले भन्नु भयो ‘श्रीमान वडा कार्यालय गएपछि मैले नै बाख्राको स्याहारसुसार गर्छु । फार्ममा सहयोगको लागि छोरालाई भेटेनरी विषयको अध्ययन समेत उहाँहरुले गराउनु भएको छ ।

देशमा रोजगारको अभाव भएको भन्दै युवाहरु खेतबारी बाँझो राखेर बिदेश जानुलाई वडा अध्यक्ष मल्लले राम्रो मान्नु भएको छैन । गाउँमै प्रसस्त सम्भावना हुँदा हुँदै युवाहरु बिदेश जाने गर्नाले यहाँको जमिन त्यसै खेर गएको भन्दै उहाँले गाउँमै बाख्रा, कुखुरा पालन या अन्य व्यवसाय गर्ने हो भने बिदेशमा भन्दा राम्रो आम्दानी लिन सकिने बताउनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्