दशैमा मदिरा : अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ ? मदिराबारेका तथ्य

दशैमा मदिरा : अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ ? मदिराबारेका तथ्य

दशैँमा  माछा, मासु र मदिरा अत्यधिक खपत हुने गर्छ। मासु र रक्सी अत्यधिक सेवन गर्नाले कतिपय दीर्घरोगीहरु झनै बिरामी पर्ने गर्छन्।

मुटु, सुगर, मृगौला, कोलस्ट्रोलका तथा अन्य दीर्घरोगीहरुलाई माछा मासु, मादक पदार्थ, तेल तथा बोसोजन्य चिल्लो पदार्थहरु भएका खानेकुराहरु खानु हुँदैन। तर, दशैंमा यस्तै परिकार ज्यादा खपत हुन्छ। यतिबेला धेरै मानिसको चासो हुन्छ रक्सी कति र कसरी पिउने ?

मदिरा नपिउने मान्छे अहिले कमै मात्र भेटिएला । किनकि अहिलेको समयमा धरैजसो मानिसले मदिरा पिउने गर्दछन । खुसि हुदा होस् वा दुख पर्दा मानिसहरु मदिरानै पिउने गर्दछन । बिभिन्न पार्टी तथा जन्मदिनको अवसरमा पनि यसको प्रयोग गरिन्छ ।

मदिरा संसारभर धेरै जसोले खाने गर्छन् । हाम्रो समाजमा पनि यसको प्रयोग आधुनिकताको नाममा होस् या अन्य बाहनाहरु नै किन नहोस्, बिस्तारै बढ्दै गएको कुरामा कुनै दुईमत छैन । के हामीले सुरक्षित तवर ले ठिक मात्रामा मदिरा खाएका छौ ?

विभिन्न अध्ययनले देखाए अनुसार मदिराको ठिक मात्राले मुटुको धमनीको रोगबाट मुक्त हुन सकिन्छ । त्यस्तै जीवनको आयु लम्ब्याउँन, रुघाखोकीबाट बच्न, मृगौलाको पथ्थरीबाट बच्न पनि सहयोगी हुने कुरा देखाएका छन् । तर मदिरा अन्य रोगका लागि भने घातक हुन सक्छ ।

अमेरिकन क्यान्सर सोसाइटीका अनुसार कस्तो रक्सी पियो भन्दा पनि कसरि र कति मात्रामा रक्सी पियो त्यसका आधारमा जोखिम हुने बताएको छ । हरेक खाध्य तथा पेय पदार्थहरु खान जान्यौ भने अमृत समान हुन्छन् भने तिनै कुरा खानु नजान्दा बिष भैदिन्छन् ।

 

त्यसो भए मदिरा कसरी र कति मात्रामा खाने ?

मदिरा अर्थात अल्कोहल सेवनगर्नु भन्दा एक घण्टा अगाडि केहि न केहि कुरा खानु पर्दछ । जसले गर्दा तपाईको पेट तयारी अवस्थामा बस्न सक्नेछ र क्षति हुनबाट बच्नेछ । मदिरासँग धेरै कार्बोहाईड्रेड युक्त खाना खानु उपयुक्त हुदैन । प्रोटिन र चिल्लो जन्य तथा फलफूल खानु पर्दछ । जसको कारणले तपाईले खाएको अल्कोहल बिस्तारै शरीरले लिन्छ र यसको असर पनि बिस्तारै तपाईमा देखा पर्दछ ।

अल्कोहल एउटा अम्लिय पिय पदार्थ हो । त्यसैले योसँग प्रोटिनजन्य र केहि फलफुल लिन सकिन्छ । त्यस्तै अल्कोहल सेवन गर्दा प्रसस्त मात्रामा पानी खानु पर्दछ, जसले ह्याङओभर हुनबाट जोगाउन मद्दत गर्छ ।

बरफका केहि टुक्रा अल्कोहलमा राखेर खादा अझ बढी राम्रो हुन्छ । चकलेट, धेरै मसला राखिएको, नुनको प्रयोग अत्याधिक गरिएको तथा क्याफिन युक्त खानालाई अल्कोहलसँग खानु राम्रो मानिदैन । त्यस्तै चिसो पेय पदार्थ र सोडासँग मदिरा सेवन गर्नु पनि राम्रो मानिदैन ।

अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ ?

अल्कोहल कति मात्रामा सेवन गर्न सकिन्छ भन्नेमा सबैको एक मत भने छैन ।

युकेको अल्कोहल अध्ययन संस्थाका अनुसार एकदिनमा एक वयस्क पुरुषले ३ युनिट र महिलाले १ देखि २ युनिट खादा फाईदा गर्ने जनाएको छ । अल्कोहल हप्ताको पाँच दिन खाने र दुई दिन नखादा राम्रो हुन्छ । एक हप्तामा वयस्क पुरुषले १५ देखि १८ युनिट र महिलाले ८ देखि १२ युनिट सेवन गर्नु राम्रो मानिन्छ ।

एक युनिट अल्कोहल भनेको १० एमएल वा ८ ग्राम शुद्द ईथानोल हो । एक सय एमएल वाइनमा १ युनिट हुन्छ । ३० एमएल हाड्र ड्रिक्समा एक युनिट हुन्छ । त्यस्तै २०० एमएल बियरमा एक युनिट हुन्छ । अल्कोहल प्रतिशतलाई जम्मा अल्कोहलले गुणान गरि हजारले भाग गर्दा जम्मा युनिट निस्कन्छ ।

जस्तै – ५.२% एभिपि भएको कुनै अल्कोहल को बोतलमा ५६८ एमएल अल्कोहल छ भने यी दुईलाई गुणान गरी हजारले भाग गर्दा निस्कने अंक २.९५ उक्त बोतलमा भएको जम्मा युनिट हो ।

हामीले पिउने रक्सीको सिसीमा जति प्रतिशत प्रुफ भनेर लेखिएको हुन्छ, त्यसको ठीक आधा अल्कोहल र बाँकी पानी छ भन्ने बुझ्नुपर्छ । जस्तै भोड्कामा ७० प्रतिशत प्रुफ लेख्नुको अर्थ त्यसमा ३५ प्रतिशत अल्कोहल छ भन्ने हो ।

लोएला युनिभर्सिटि का प्राध्यापक डाक्टर एडवार्ड नेअस्फ़ेका अनुसार “अल्कोहल सेवन कहिल्यै नगरेका व्यक्तिलाई सेवन गर्नुस् भनेर सुझाब दिन सकिदैन तर मध्यम अल्कोहल – साच्चिकै मध्यम मात्रामा सेवन गर्नु फाईदाजनक छ” ।

मदिरा खाँदा शरीरमा कुनैपनि किसिमको रोग नभएको हुनुपर्छ । मुटुको धड्कन बढ्ने, मुटु सुन्निएको अबस्था, कलेजोको समस्या भएको, दीर्घरोग लागेको र डाक्टरले बन्देज गरेको व्यक्तिले मदिरा सेवन गर्नु हुदैन । अल्कोहल धेरै खादाँ मुटुको धड्कन बढ्ने, उच्च रग्ताचाप हुने, मस्तिस्कघात हुने र बेहोस तथा मृत्यु हुने सम्भावना हुन्छ ।

हालसालै रटगर्स युनिभर्सिटि अमेरिकाले गरेको अनुसन्धानले अल्कोहल धेरै मात्रामा सेवन गर्दा डिएनएमा क्षति पुग्ने र त्यसले तपाइको ब्रेनले काम गर्ने तरिकामा परिवर्तन गरिदिने निष्कर्ष निकालेको छ । जसले गर्दा जति धेरै रक्सि सेवन गर्यो उति धेरै नै सेवन गर्न मन लाग्छ, जुन खराब कुरा हो ।

माथिको लेख हामीले मदिराजन्य पदार्थको वडावाका लागि लेखिएका होइन । तथ्यांक हेर्ने हो भने मदिराले ल्याएको भयावह अवस्था देख्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार प्रत्येक १० सेकेन्डमा एक जना र प्रत्येक वर्ष ३३ लाख (३.३ मिलियन) मानिसले अत्यधिक मदिरा सेवनको कारण अकालमा ज्यान गुमाउने गर्छन् । यो विश्वको वार्षिक मृत्युको ५ दशमलब ९ प्रतिशत हो ।

विश्वमा लाग्ने रोगमध्ये ५ दशमलब १ प्रतिशत रोग मदिराको कारण लाग्ने गर्छ । २० देखि ३९ वर्ष उमेर समुहका २५ प्रतिशत व्यक्तिको मृत्यु अत्यधिक मदिरा सेवनको कारण हुने गरेेको अनुसन्धान बताउँछ । एक बर्षमा नियमित रक्सी सेवन गर्ने पुरुषले औसत २१.२ लिटर र महिलाले औषत ८.९ लिटर शुद्ध रक्सी प्रयोग गर्छन् ।

रुसका पुरुषहरुले औषत ३२ लिटर शुद्ध रक्सी प्रयोग गर्ने गरेको सन २०१० को विश्व स्वास्थ्य संगठनको वार्षिक अध्ययनले देखाएको छ ।

मदिराको असर

मदिराको बढी सेवनले स्वंय व्यक्तिलाई त असर पार्छ नै परिवारका सदस्य, साथी, सहकर्मी र अपरिचितमा समेत नकरात्मक प्रभाव पर्न जान्छ । यद्यपी वातावरण, आर्थिक अवस्था, साँस्कृतिक पक्षलगायतका कुराले मानिसलाई मदिरा सेवनको लागि प्रेरित गर्छ ।

मानिसले जति अव्यवस्थित र नियमित मदिराको सेवन गर्दै जान्छ, त्यति नै मस्तिष्कमा पनि नकरात्मक असर पर्दै जान्छ । रगतमा रहेको मदिराको मात्राअनुसार मस्तिष्कमा असर पर्ने गर्छ ।

अत्याधिक मदिरा सेवनले मानिसमा मानसिक विचलन, चोटपटक र विचार आदान प्रदान गर्न नसक्ने जस्ता समस्या ल्याउने गर्छ ।

गलत तरिकाले मदिराको सेवन गर्दा २०० भन्दा वढि रोग लाग्ने गर्छ । मदिराको अत्याधिक सेवनले जन्डिस, अल्सर, टीबी, उदासीनता, चिन्ता, डर, बेहोसी, हातखुट्टा काप्नेदेखि कडाखालको मानसिक समस्या समेत हुन सक्छ ।

अल्कोहलिकको व्यवहार

मदिराको लत भएका मानिसले झट्ट अस्वीकार गर्ने बानी हुन्छ । यस्ता व्यक्तिहरुले अलि बढि आफ्नो प्रशंसा गर्ने र प्रतिवाद गर्छन् ।

मदिरा सेवन गर्ने मानिसले सजिलैसँग झुटो बोल्छन् भने अरुमा अनावश्यक दोष थुपार्ने गर्छन् ।

मदिरा बढी पिउने मानिसले सकभर मदिराको बारेमा कुरा गर्न रुचाउँदैनन् । बरु व्यवहारिक कुराकानीबाट गफ गर्न शुरु गर्छन् । कोहीसँगै एक्लै वा नजिकको साथीसँग मात्र मदिरा सेवनको बारेका कुरा गर्छन् ।

मदिराको लत भएकाहरुलेे मदिरालाई नैतिकतासँग जोडेर कुरा गर्छन् ।

रक्सी र अन्य लागूपदार्थको उपचार लिए पछि छिटै पुनरावृति हुने सम्भावना धेरै हुन्छ ।

उपचार विधि

मदिरा प्रयोगकर्ताको अवस्था र कारणअनुसार विभिन्न तरिकाले उपचार गरिन्छ । बिशेष गरी विषमुक्तिकरण, औषधी उपचार, मनोचिकित्सा, मनोविमर्श, व्यवहार परिवर्तन, बहुआयामिक पद्धति, पुर्नस्थापना केन्द्र आदिको माध्ययमबाट मदिराको लत छुटाउन सकिन्छ ।

लत भएको व्यक्तिलाई छुटाउदा शुरुमा आत्तिने, तनाव महसुस गर्ने, छटपटिने गर्छन् । यस्तो अवस्थामा शारीरिक तथा मानसिक प्रतिक्रिया देखिने गर्छ । अत्याधिक पसिनो आउने पनि गर्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्