प्रदेश १ पर्यटनको संभावना : विराटनगरले फाईदा लिनै सकेन, अलमलमा प्रदेश सरकार

प्रदेश १ पर्यटनको संभावना : विराटनगरले फाईदा लिनै सकेन, अलमलमा प्रदेश सरकार

विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर्बोच्च शिखर सगरमाथादेखि सबैभन्दा होचो स्थान केचनकवलसम्म भएको प्रदेशमा पर्यटन प्रवद्धन गर्ने खालका त्यस्ता गतिबधिहरु देख्न सकिन्न । गण्डकी प्रदेशले भ्रमण बर्षलाई लक्षित गरि प्रदेश १ लाई निम्ता दिनको लागि प्रदेश प्रदेशमा दोडधुप चलिरहेको अबस्थामा प्रदेश १ सुनसान छ ।
विराटनगरका ब्यापारी अभिनाश बोहरा प्रदेशमा प्रसस्तै पर्यटनको संभावना भएपनि पुर्बाधारको अभावका कारण पर्यटक आउन नसकेको बताउँनुहुन्छ । तत्काल बाह्य पर्यटकको संभावना कम भएपनि पहिलो चरणमा भारतीय पर्यटकलाई मात्र सही ब्यवस्थापन गर्न सक्ने हो भने प्रदेश १ ले राम्रो फाईदा लिन सक्ने छ । तर त्यसको लागि पर्यटन मैत्री वातारवण भने छैन । यहाँ भएका पर्यटन ब्यवसायीहरुले भने भनेको जस्तो प्याकेज टुरहरु ल्याउन नसक्दा समस्या भएको स्वीकार गर्नुहुन्छ, पर्यटन ब्यवसायी पुण्य भट्टराई ।
उच्च सगरमाथादेखि देशकै होचो भूभाग झापाको केचनासम्म रहेको यो प्रदेशमा पर्यटनको प्रचुर सम्भावना बोकेका धेरै स्थान छन् । मोरङका मिक्लाजुङ, जेफाले र बेतेना सिमसार, झापाको केचना, जामुनखाडी र अर्जुनधारा, इलामका अन्तुडाँडा र कन्याम, पाँचथरको जोरपोखरी, ताप्लेजुङको पाथीभरा र कञ्चनजंघा हिमश्रृङ्खला, सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र, धनकुटाका भेडेटार र नाम्जे, भोजपुरका ट्याम्के मैयुङ, तेह्रथुमको गुराँसको राजधानी तीनजुरे, मिल्के र जलजले क्षेत्र, संखुवासभाका सभापोखरी, मत्स्यपोखरी र महादेव गुफा, सोलुखुम्बुका सगरमाथा, ल्होत्से र चोयु हिमाल प्रदेशका पर्यटनको प्रसस्तै संभावना बोकेका ठाउँहरु हुन् । तर यसको लागि राज्यको पर्यटन मैत्री नीति नहुँदा समस्या भएको होटल ब्यवसायीहरु होटल तथा ब्यवसायी भबिश श्रेष्ठको भनाई छ ।
प्रदेशको हिमश्रृङ्खलाहरु सगरमाथा, मकालु, कञ्चनजंघा लगायतका हिमालले हरेक दिन पर्यटकलाई आकर्षित गरिरहेका हुन्छन् । भेंडेटारमा त आन्तरिक र भारतीय पर्यटकका कारण विशेष महत्व राख्ने ठाउँको रुपमा विकास भएको छ । प्रदेश सरकारले प्रदेशको पर्यटन सम्बन्धि कानुन बनाएको भएपनि पर्यटकलाई आकर्षित गर्ने खालको नभएको पर्यटन ब्यवसायीले आरोप लगाउँदै आएका छन् । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैत पर्यटनको लागि बिभिन्न कामहरु भईरहेको दाबी गर्न भने छुटाउनुहुन्न ।
प्रदेशमा ८ हजार मिटर भन्दा उच्च ५ वटा हिमालयहरु छन् भने पाँचहजार मिटर भन्दा उच्च ३५ वटा हिमालयहरु यस प्रदेशमा छन् । यी हिमालयहरुमध्ये कतिपय हिमालयहरु पर्वतारोहीको मुख्य आकर्षण हुन् । हिमाली क्षेत्रको पदमार्ग पर्यटन क्षेत्रको अर्को आकर्षण हो । काठमाण्डौबाट भइरहेको माउण्टेन फ्लाइटलाई विराटनगरबाट शुरु गर्ने र हवाई यात्रा गर्न नसक्नेका लागि पदमार्ग मार्फत हिमाली भूभागसम्म लान सक्ने हो भने पनि यसले पर्यटकलाई आकर्षिक गर्न सक्छ । तर अहिलेसम्म विराटनगरबाट पर्वतीय उडानले निरन्तरता पाउन सकेको छैन । प्रदेशका प्राकृतिक स्थलहरुलाई दृश्यावलोकन, साहसिक पर्यटन, पर्वतारोहण, जलमार्ग जस्ता पर्यटकीय आकर्षणका केन्द्र भएपनि प्रदेशले पर्यटनमा चासै दिएको छैन । यस्तै अबस्था रहे संभावना भएर पनि प्रदेश १ सँधै ओझेलमा पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्