विराटनगरमा तिहार र छठमा फोहोर गर्ने केरा, फोहोर उठाउन ठेकेदारको मनपरी असुली

विराटनगरमा तिहार र छठमा फोहोर गर्ने केरा,  फोहोर उठाउन ठेकेदारको मनपरी असुली

विराटनगर । तिहार र छठको बेलामा केराको थम्वाको निक्कै प्रयोग हुन्छ । तिहारमा दिपावली गर्नको लागि घरका अगाडि केराको थम्बा नै ल्याएर गाडिन्छ अनी त्यही थम्बामा दिपो बाल्ने चलन छ । त्यसैले पनि तिहारमा पनि केराको थम्बा चाहिन्छ भने छठ पर्बमा पनि घाट सजाउनको लागि केराको थम्बा प्रयोग भएका छन् । तर केराको थम्बा प्रयोग गरेपनि ब्यवस्थापनमा भने समस्या नै हुँदै आएको छ । थम्बा किनेर ल्याएर दिपावली वा छैठमा घाट सजाउनको लागि नै ल्याईएका थम्बा किन नहुन् ति ब्यवस्थापनमा समस्या देखिन्छ । किनेर ल्याउने त्यसको ब्यवस्थापन नै नगरी सडकमा छाड्ने प्रबृति बिराटनगरको लामो समयदेखिको समस्या हो । ल्याउँदा जसरी ल्याईएको थियो सरसफाईमा पनि उसै गरी ध्या दिने हो भने सबैलाई सहज हुन्छ तर त्यस्तो हुँदैन । दिपावली गरेपछि सडकमा फल्दा त्यसको ब्यवस्थापनमा महानगरको टाउको दुखाई हुँदै आएको छ । अनी त्यसको अर्को तर्फ त्यसको फाईदा सरसफाईको ठेक्का पारेको ठेकेदार कम्पनीले लिँदै आएकोछ ।
सरसफाईको ठेक्का लिएको ठेकेदार सम्पनीले उपभोक्ताबाट केराको थम्बा फालेकोमा मनपरी रकम असुलेको आरोप लागेको छ । उपभोक्ताबाट प्राप्त जानकारी अनुसार ५ वटा केराको बोट उठाएको एक सय रुपैया लिएको पाईएको हो ।
विराटनगरका जयराम बोहराको घरबाट फोहोर उठाउने क्रममा ५ वटा केराको बोटबाट एक सय लिईएको उनले जानकारी दिए । मासिक पैसा तिर्दै आएको तर फोहोर बढी हुँदा अलिकती बढी तिर्नु पर्ने भएपनि ५वटा बोटको एक सय निक्कै महँगो भएको उनले गुनासो गरे ।
वेष्ट म्यानेजमेन्ट गु्रप नेपाल प्रा.लि. र जे.भीको नामबाट मनपरी रकम उठाएको पाईएको छ । ५ बोट केराको एक सयको रसिद दिईएको समेत फेला परेको छ । रसिदमा ५ रुपैयाँ लेखिएको भएपनि बिवरण नखुलाई एक सय रुपैया लेखेर दिईएको हो ।
सरसफाई सुपरभाईजर सिकन्दर मरिकले घरको मासिक २ सय र पसलको ३ सय लिँदै आएको बताए । पसलहरुमा हप्तामा २ पटक सरसफाई गर्दा ३ सय र दैनिक सरसफाईको ५ सय मासिक पसलहरुबाट लिने गरेको उनले जानकारी दिए । तर तिहार र छठको बेला बढी फोहोर हुने गरेको उने बताए । जसकसा कारण सरसफाईमा लेवर र गाडीको खर्च बढी हुने भएकोले केही रकम लिने गरिएको स्वीकार गरे। केराको २० रुपैयाँको दरले लिने गरेको वेष्ट म्यानेजमेन्टका सुपरभाईजर मसिकले बताए । विराटनगरमा बढी फोहोर गर्नेहरु मध्ये २ प्रतिशतले पनि केराको पैसा नदिने गरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्