गरिखानेको कुरा : विराटनगरका प्रदिप दौरासुरुवाल सिलाएर जीविका चलाउदै

गरिखानेको कुरा : विराटनगरका प्रदिप दौरासुरुवाल सिलाएर जीविका चलाउदै

विराटनगर । साँगुरो अनि लुगाले भरिएको कोठा । कोठामा सेतै कपाल फुलेका व्यक्ति कपडा सिलाउने मेसिन अगाडी बसेर लुगा सिलाउन व्यस्त देखिन्छन् सधै । यी सेतै कपाल फुलेका व्यक्ति हुन प्रदिप नौवाग । उनी विराटनगर तिनपैनि २ मा नेपाली डिजाइनर ट्रेलरमा कपडा सिलाउदै आएका छन् । बाबुबाजेले ४० बर्ष अगाडी यस टेलर खोलेका थिए । ५५ बर्षिय नौवाग ३० बर्ष देखि यस टेलरमा कपडा सिलाउदै आइरहेका छन् । सुरुमा आधुनिक डिजाइनका कपडाहरु सिलाउदै आएपनि राष्ट्रिय पोशाक जोगाउनु पर्छ भन्ने मनसायले केही समय यता उनी राष्ट्रिय पोशाकलाई प्राथमिकतामा राखेर कपडा सिलाउदै आइरहेका छन् ।

उनी भन्छन् –‘ सुरुमा मैले आधुनीक कपडा सिलाउदै आएको थिए । तर हाल म प्राय दौरासुरुवाल सिलाउदै आएको छु । पोशाकलाई प्राथमिकतामा राखेर राष्ट्रिय पोशाक बचाउने यो मेरो सानो प्रयास मात्र हो । मेरो प्रयासले युवा समुदायलाई राष्ट्र र राष्ट्रियता प्रति सोच्न प्रेरित गरोस् भन्ने चाहाना छ ।’

मधेश आन्दोलन भन्दा पहिला १० दिनमा एक जोर दौरासुरुवाल सिलाउदै आएका उनी हाल दिनमै आधा दर्जन भन्दा बढी दौरासुरुवाल सिलाउछन् । १ जोर दौरा सुरुवाल सिलाएको उनी १५ सय लिने गर्छन् । दौरा सुरुवाल सिलाएरै महिनाको २ लाख भन्दा बढी कमाउछन् नौवाग । बाबु बाजेले सिकाएको पेशालाई निरन्तरता दिदै आएका उनी दौरा सुरुवाल सिलाएर निकै खुसी छन् ।राष्ट्रियता बचाउनको लागी राष्ट्रिय पोशाक सबै भन्दा पहिला बचाउनु महत्वपूर्ण कुरा रहेको उनी बताउछन् ।

उनी भन्छन् –‘ केही समय यता दौरा सुरुवालको प्रचलन बढेको छ । मान्छेले विवाह, ब्रतवन्ध, छेवर, सभा समारोहमा दौरा सुरुवाल लगाउन थालेका छन् ।’ दौरा सुरुवाललाई फेसनको रुपमा लगाउन थालेका युवा पुस्ताले राष्ट्रिय स्वाभिमानलाई जोगाउनका लागि राष्ट्रिय पोशाकलाई निरन्तरता दिन आग्रह गर्छन् ।दौरासुरुवाल सिलाउने प्रायजसो कपडा भारतबाट आउने गर्छ । राष्ट्रिय पहिचान कायम गर्ने दौरासुरुवाल सिलाउने कपडा नै भारतबाट आउदा दुःख लाग्ने गरेको नौवाग बताउछन् । उनीले दौरासुरुवाल सिलाउन सिक्न चाहनेहरुलाई तालिम पनि दिदै आइरहेका छन् । विराटनगरमा ६ वटा टेलरहरुले दौरासुरुवाल सिलाउने तालिम दिदै आइरहेको उनी बताउछन् । उनी भन्छन् –‘राष्ट्रियता जोगाउनको लागी राष्ट्रिय पोशाकको प्रयोग हप्तामा एक पटक अनिवाय हुने गरीको व्यवस्था सरकारले मिलाइदिए कति राम्रो हुन्थ्यो ।’

उनको टेलरमा आधुनिक कपडा सिलाउन आउने मान्छेहरुलाई पनि उनीले दौरासुरुबाल लगाएर राष्ट्रिय पोशाकको संरक्षण गर्न प्रेरित गर्ने गरेका छन् ।

प्रस्तुति : एन्जु शिवाकोटी/ओबी मिडिया 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्