कोरोनाबारे यस्ता गलत हल्ला ,थाहा पाउन जरुरी यी गलत स्वास्थ सुझाव

कोरोनाबारे यस्ता गलत हल्ला ,थाहा पाउन जरुरी यी गलत स्वास्थ सुझाव

विश्वभरका विभिन्‍न मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै छ । अहिलेसम्म कोरोना भाइरसविरुद्धको उपचारको विधि भने पत्ता लागिसकेको छैन । तर, लक्षणअनुसारको उपचार गरेर केही व्यक्तिहरुलाई भने सञ्‍चो भएको बताइएको छ । दुर्भाग्यवश कोरोना निको हुन्छ भन्‍ने विभिन्‍न स्वास्थ्य सुझावहरु आउने क्रम भने रोकिएको छैन ।

यहाँ अनलाइनका माध्यमबाट विश्वभर फैलाइएका कोरोना निको पार्ने दाबी गरिएका स्वास्थ्य सुझावहरुका बारेमा उल्लेख गरिएको छ ।

१-  अदुवा :  धेरै मानिसहरुले अदुवा खायो भने निको हुने सुझाव दिइरहेका छन् । सामाजिक सञ्‍जाल फेसबुकमा कोरोनाको संक्रमणबाट बच्‍न अदुवाको सेवन गर्नुपर्ने सुझावहरु दिइएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भनेको छ, "अदुवामा केही एन्टीमाइक्रोबियल तत्वहरु हुन्छन् र स्वस्थकर हुन्छ । तर, अदुवाको सेवनले कोरोना निको हुन्छ भन्‍ने प्रमाण छैन ।"

अधिकांश संक्रमणमा यस्ता किसिमका उपायहरुले हानी भने गर्दैनन् । तर, मेडिकल सुझावबाहेक यस्ता उपायहरुले रोग निको पार्न सक्दैनन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एक महिलाले कोरोना निको पार्ने नाममा साढे एक केजी अदुवाको सेवनका कारण घाँटीमा गम्भीर समस्या भएको र अस्पतालमा उपचार जारी भएको छ ।

सामान्यतया, फलफूल र सागसब्‍जीको खाने र शरीरलाई आवश्यक मात्रामा पानी पिउनाले शरीर स्वस्थकर हुन्छ । यद्पि कुनै विशेष खानाले कुनै विशेष प्रकारको खानाले भाइरसको संक्रमण निको भने हुँदैन ।

२.  'खनिजको आश्‍चार्य' : हजारौं मानिसहरुले फलो गरेका युट्‍युबर जोर्डन साथेरले विभिन्‍न 'मिराकल खनिज पदार्थले कोरोना भाइरस निको हुने दाबी गरेका छन् ।

यसमा क्‍लोरिन डाइअक्साइड हुने भएकोले कोरोना निको हुने उनको दाबी छ ।

साथेर र अन्यले यस्ता सामग्रीलाई प्रबर्धन गर्दै जनवरीमा ट्विट गरेका थिए, "क्लोरिन डाइअक्साइड अर्थात (मिराकल मिनरल्स सब्सटेन्स - एमएमएस) क्यानसरका जिवाणुलाई मार्नेमात्र नभएर कोरोना भाइरसलाई पनि निको पार्छ ।"

गत वर्ष अमेरिकी फुड एन्ड ड्रग एड्‍‌मिनिस्ट्रेसन (एफडीए) ले एमएमएस सेवन नगर्न चेतावनी दिएको थियो । स्वास्थ्य अधिकारीहरुले अन्य मुलुकमा समेत सचेतना अपनाइएको छ । एफडीएले 'कुनै पनि अनुसन्धानले एमएमएस सेवन कुनै पनि रोगविरुद्धको उपचारमा सुरक्षित र प्रभावकारी हुने बताएको छैन ।"

यसको सेवनका कारण भोमिट हुने, झाडापखाला गर्ने र डिहाइड्रेसनको लक्षणहरु देखिने हुन्छ ।

३. घरमै बनाइएको सेनिटाइजरको प्रयोग :  हात धुने सेनिटाइजर जेलको अभाव भएका समाचारहरु आइरहेका छन् । राम्रोसँग हात धुँदा धेरै किसिमका संक्रमणबाट जोगिन सकिने एक उत्तम उपाय हो । सेनिटाइजरको अभाव भएका समाचारहरु आइरहँदा सामाजिक सञ्‍जालमा विभिन्‍न किसिमका घरमै बनाइएका सेनिटाइजर प्रयोग गर्न सकिने सुझावहरु भाइरल भइरहेका छन् ।

तर, यस्ता किसिमका रेसिपीहरुले मुलुकमा यस्ता ब्रान्डहरु चर्चित भइरहेका आरोपहरु लागिरहेका छन् । यसले भुइँ सफा गर्न सकिने भए पनि छालाका लागि भने उपयुक्त नहुने वैज्ञानिहरुले सुझाव दिएका छन् ।

अल्कोहल-मिश्रित ह्यान्ड जेलमा इमोलियन्ट्स हुन्छ, जसले छालालाई नरम बनाउँछ ।  त्यसमा ६०-७० प्रतिशत अल्कोहलको मात्रा हुन्छ ।

लन्डन स्कुल अफ हाइजिन र ट्रोपिकल मेडिसिनका  प्रोफेसर स्‍याली ब्लुमफिल्डले भनिन्, "घरमा बनाइने स्यानिटाइजर प्रभावारी हुनेमा मलाई विश्वास छैन ।"  भोड्का पनि ४० प्रतिशत अल्कोहलको मात्रा हुन्छ ।

यस्ता किसिमका अल्कोहल मिश्रित पदार्थहरुले भुँइ सफा गर्न सकिने अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ ।

४.  पिउन योग्य चाँदी :  एक अमेरिकी टेलिभानजेलिस्ट (क्रिश्चियानिटीको प्रचार गर्ने र पैसा जम्मा गर्ने) जिमा बाकरले आफ्नो टेलिभिजन शोमा कोलोइडल (धातुलाई तरल बनाइएको) सिल्भरको प्रबर्द्धन गरेका थिए । उक्त शोका अतिथिले चाँदीको झोल पिउँदा १२ घण्टामा कोरोना भाइरस मार्ने र संक्रमितलाई निको हुने दाबी गरेका थिए ।

यो विषय सामाजिक सञ्‍जालमा व्यापक शेयर गरिएको थियो । विशेष गरी 'मेडिकल फ्रिडम' समूहले उक्त कुरा शेयर गरेको थियो । जसलाई मेडिकलसम्बन्धीका सुझावहरुको गलत प्रचार गरको आशंका गरिन्छ ।

कोलोइडल सिल्भरले सबै किसिमका स्वास्थ्य समस्याको समाधान गर्ने दाबी गरिएको छ । यसले मानिसको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने दाबी गरिएको छ । तर, अमेरिकी स्वास्थ्य अधिकारीहरुले भने यससम्बन्धी कुनै तथ्य फेला नपरेको बताएका छन् । तर, यसले मृगौलामा समस्या उत्पन्‍न गराउने, छालालाई निलो पार्नेजस्ता गम्भीर असर गर्ने उनीहरुको सुझाव छ ।

आइरन र जिंकजस्तो सिल्भरमा मानव शरीरका लागि कुनै काम लाग्‍न तत्व नहुने उनीहरुको दाबी छ । यस्ता किसिमका प्रबर्द्धनात्मक कुराहरुलाई फेसबुक फ्याक्ट-चेकिङ सर्भिसले कुनै सकारात्मक फाइदा नगर्ने चेतावनी दिइरहेको छ ।

५. हरेक १५ मिनेटमा पानी पिउने :  सामाजिक सञ्‍जालमा देखिएको जापानी चिकित्सकलाई उदृत गर्दै एउटा पोस्टलाई कपि गरेर धेरैले आफ्नो फेसबुकमा शेयर गरेका छन् । जसमा हरेक १५ मिनेटमा पानी पिउँदा मुखबाट छिरेको भाइरसलाई शरीरबाट बाहिर निकाल्न सहयोग पुर्‍याउने बताइएको छ । अरेबिक भाषामा लेखिएको उक्त पोस्ट दुई लाख ५० हजारभन्दा बढी पटक शेयर गरिएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर ट्रुडाइ लाङले यस्तो किसिमको आइडिया भएको कुनै 'बाइलोजिकल मेकानिज्म' नभएको उनले बताएका छन् । उनले भने, "श्वासप्रश्वासबाट शरीरमा झिरेको भाइरसलाई  भुँडीबाट निकाल्‍ने र मार्न सकिने कुनै मेकानिज्म छैन ।"

कोरोना भाइरसको संक्रमण श्वासप्रश्वासको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छन् । केही मुखबाट पनि छिर्न सक्छन् । तर, पानी अधिक पिउनाले यस्ता भाइरसको संक्रमण निको नहुने उनको सुझाव छ ।

पानी पिउनु स्वास्थयका लागि फाइदाजनक भए पनि कोरोना भाइरस निको हुन्छ भन्‍नु गलत हो ।

६. गर्मीमा बस्‍ने तथा आइस्क्रिम नखाने :  सामाजिक सञ्‍जालगायतका विभिन्‍न प्लेटफर्ममार्फत गर्मीमा कोरोनाको संक्रमण नहुने दाबी गरिएका छन् । तातो पानी पिउँदा, नुहाउँदा, आइस्क्रिम नखाँदा कोरोनाको संक्रमण नहुने किसिमका दाबीहरु गरिएका छन् ।

विभिन्‍न मुलुकमा एउटाले गरेको पोस्टलाई कपी गरेर आ-आफ्नो सामाजिक सञ्‍जालमार्फत शेयर गरिएका छन् । जसमा युनिसेफको सुझाव भने उदृत गरिएको छ । उक्त पोस्टमा भनिएको छ, "तातो पानी पिउँदा र घाममा बस्दा कोरोनाको संक्रमण नहुने र भएकाहरुलाई निको हुन्छ । आइस्क्रिम खानु हुँदैन ।"

युनिसेफमा कार्यरत चारलोट गोर्नज्काले भनिन्, "युनिसेफलाई उदृत गर्दै सामाजिक सञ्‍जालमा गर्मीमा बस्दा र चिसो खानेकुराहरुबाट टाढा रहँदा कोरोना नहुने भन्‍ने सन्देश शेयर गरिएको छ । उक्त सन्देश शतप्रतिशत गलत हो । युनिसेफले त्यस्तो कुनै सन्देश शेयर गरेको छैन ।"

फ्लुका भाइरस शरीरबाहिरको तापक्रममा बस्‍न सक्दैनन् भन्‍ने सबैलाई थाहा छ । तर, तापक्रमले कोरोनामा के असर गर्छ भन्‍ने कुरा अहिलेसम्म पुष्टि हुन सकेको छैन ।

प्रोफेस ब्लुमफिल्डले घाममा बस्दा र तातो पानीले नुहाउँदा कोरोनाका बिरामी निको हुन्छ भन्‍ने गलत भएको दाबी गरेका छन् । - बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्