एन्जु शिवाकोटी
विराटनगर–इटहरी लाइनको ६ लेन सडक । जसमा धेरै भिड हुने गर्दछ बसपार्क देखि बरगाछी चोकसम्म । आवतजावत गर्ने मानिस तथा सवारी साधनले सधै नै अस्तव्यस्त देखिन्छ सडक । त्यसमा पनि बिहान र बेलुकाको कार्यलय समयमा सडकमा मानिसहरुको चाप झनै हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मोरङ्गका प्रहरी निरीक्षक राकेश पोदारको नेतृत्वमा बसपार्क देखि बरगाछीसम्मको सडकमा ‘नो पार्किङ जोन’ क्षेत्रको घोषणा गरेको छ । बसपार्क देखि बरगाछीसम्ममा ५ ठाँउमा पार्किङ गर्न मिल्छ अन्य ठाउँमा ‘नो पार्किङ जोन’को बोड राखिएको छ । केही हदसम्म ‘नो पार्किङ जोन’ ले गरेर ट्राफिक जाममा नियन्त्रण भएता पनि सवारी चालक तथा सडक यात्रुहरु आफैमा जिम्मेवारी नभएका कारण पनि दुर्घटना नियन्त्रण हुन सकिरहेको छैन ।
सडकलाई ट्राफिक जाम कम गर्नको लागि ‘नो पार्किङ जोन’ हुनु राम्रो हो । त्यसका साथसाथै सडकमा जेब्रा क्रसिङ ह्ुनु पनि अति आवश्यक छ । विराटनगर देखि बरगाछीसम्म भिड हुने एक स्थानमा पनि जेब्रा क्रसिङ छैन । जसले गर्दा यात्रुहरु लापर्वाही रुपमा जहाँ त्यहिँबाट सडक पार गर्ने गरेको पाइन्छ । यसरी जताततै सडक पार गर्दा दुर्घटना बढी हुने सम्भावना बढी हुर्ने गर्दछ । बुधबार महेन्द्र चोकमा सडक पार गर्दै गरेका विराटनगर पोखरीया १ का ७६ बषिर्य मानबहादुर गौतम भन्छन् –‘ मलाई सडक काट्नु भनेको एउटा युद्ध जित्नु जस्तै हो, जवानहरुका जसरी छिटो हिन्न सकिदैन । ’ बाटो काट्दा गाडीले किच्ने हो की भन्ने डरले हिन्न पनि मन नलाग्ने गरेको गौतमले बताए । त्यसै गरि सत्यनारायण मा.वि.मा कक्षा नौ मा अध्ययन गर्दै आइरहेकी विराटनगर महेन्द्र चोककी आयुसी शाह भन्छिन् –‘ हामीहरुलाई सधै विद्यालय जानु पर्छ, तर जेब्रा क्रसिङ नहुदा बाटो काट्न डर लाग्ने गर्छ ।’ ‘नो पार्किङ जोन’, जेब्रा क्रसिङ, र सर्वसाधारण मात्र आजको समस्या हैन । समस्या हरेक ठाउँमा छ । उदाहरणको लागि बसपार्कमा सडक बनी सकेको २ महिना विती सक्दा पनि सडक विचमा रहेको एउटा खाल्डो बन्न सकेको छैन । खाल्डोलाई मर्मत गर्नुको सट्टा ड्रमले खाल्डो छोप्ने काम भएको छ । सडकको विचमा रहेको ड्रममा प्रत्येक दिन २ देखि ३ दिन वटा सवारी साधनहरु ठोकिने गरेको ट्राफिक प्रहरी चन्द्रस्वर शाहले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालुक आ.व २०७६÷०७७ को मासिक सवारी दुर्घटना विवरण अनुसार माघसम्ममा २ सय ९४ सडक दुर्घटना भएका छन् ।