गरिखानेको कथा : विराटनगरका जवहार, बैैल गाडा चलाएर दुई दशक पार

<span class='c1'>गरिखानेको कथा : विराटनगरका जवहार, बैैल</span> <span class='c2'>गाडा चलाएर दुई दशक पार</span>

एन्जु शिवाकोटी

विराटनगर । ट्राफिक चोकको छेउमा रहेको रहेको एक किराना पसल अगाडी एउटा बैलगाडा रोकेर राखिएको थियो । एक जोर गोरुले त्यो गाडालाई थामि रहेका थिए । गाडा आयोडिन नुनको बोराले भरिएको थियो । त्यस बैल गाडाबाट एक व्यक्ति नुनको बोरालाई टाउकामा बोकेर आसपासका किराना दोकानमा लैजादै थिए । ती व्यक्ति हुन जवहार चौधरी । विराटनगर भट्टिमोड रानी घर भएका ५६ बर्षका चौधरीको दैनिकी बैल गाडाबाट चामल र नून बोकेरै बित्ने गर्छ । विहानको ६ बजे घरबाट निस्किएका उनी साझँ मात्र घर पुग्छन् ।

विराटनगर बजार क्षेत्रका अधिकांश किराना पसलहरुमा नुन र चामल पसलको माग अनुरास पु¥याउने गर्छन् । २० बर्ष अगाडी सुनसरी जिल्लाको इनरुवा हरीपुर भन्ने ठाउँबाट चौधरीले २ हजार रुपैँयामा गोरु किनेर ल्याएका थिए । उनले बैल गाडाको पाङग्रा बजारमा कुदाएको दुई दशक भयो । सुरुका दिनमा बैलगाडा चलाएर राम्रो आम्दानी गर्दै आएका चौधरी ट्याक्टर र सिटी सफारीको आगमन संगै घट्दै गएको उनीले सुनाए । उनीले भने,‘ बैलगाडी चलाउदाका मेरा संगै काम गर्ने दौतरीहरु कहाँ पुगे कहाँ, मलाई त गोरु मेरा बा जस्तै लाग्छ त्यसैले बेच्न मनलाग्दैन ।’ परिवारलाई सजिलो तरिकाले पालेका कारण एक बाबु हुनुको कर्तव्य गोरुले निभाएको उनीले सुनाए । २ छोरा, २ छोरी, श्रीमति र उनी गरी ६ जनाको परिवारलाई राम्रो संग कमाएर खुवाउने माध्यम गोरु नै भएको उनले खुसी हुदै सुनाए । उनीले भने, ‘मेरो लागि यी गोरु भनेका बाबु समान हुन, छोराले गोरु बेचेर बरु सफारी कुदाउनु बुबा भन्छ, दुःखका घडीमा साथ दिएका गोरु मेरै हातमा मरुन बेच्न म सक्दिन ।’ बैलगाडा चलाउनु भन्दा पहिला खेती गर्दै आएको र खेतीबाट पेटपाल्नै मुस्किल रहेको उनीले सुनाए । २ हजार क्रिण लिएर गोरु किनरे चलाउन थालेको बौलगाडाले भाग्य नै बदलिदिएको चौधरीले सुनाए । उनले भने, ‘उमेर ढल्दै जाँदा अहिले पनि ५० किलोको भारी उठाउन मलाई गाह्रो हुने गर्छ तर मलाई दुःख भने कदापि लाग्दैन, मेरो र यस काम प्रति मेरा को सम्बन्ध यती गहिरो छ जसले मलाई उर्जा सधै दिन्छ । कुनै समय विराटनगरमा व्यवारीहरुका सामानहरु बैल गाडामा ल्याइन्थ्यो । घरायसी सामान ओसार पोसार गर्न पनि बैल गाडाको प्रयोग गरिने गरिन्थ्यो । तेती बेला गरी खाने धेरैको राम्रो भाडाको रुपमा बैल गाडालाई लिन सकिन्थ्यो । त्यती मात्र न भई गोरु र गाडालाई राम्रो संग सजाएर विवाहमा बैल गाडी लिएर जन्त जाने गर्दथे । साना ठूला सवारीका साधन भित्रिए संगै बैल गाडीहरु विस्तारै हराउदै गए । आकल झुकल कहिलेकाहि देखिने बैल गाडालाई आजभोलिका पुस्ताहरुले देख्दा अनौठो मानेर हेर्ने गर्दछन् । तराईका कतिपय गाँउहरुमा भने अझै पनि यदाकता बैल गाडाको प्रयोगलाई देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2