अन्तर्वार्ता : कोरोना विरुद्ध विराटनगर महानगर भने के गर्दै छ ?

अन्तर्वार्ता : कोरोना विरुद्ध विराटनगर महानगर भने के गर्दै छ ?

एन्जु शिवाकोटी
विराटनगर । नोबेल कोरोना भाइरसको महामारीको अवस्थामा स्थानिय सरकारबाट भइरहेको गतिविधिका सम्बन्धमा विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीसंग गरिएको कुराकानी –

कोरोना भाइरसको संक्रमणको महामारी नियन्त्रणका सम्बन्धमा स्थानिय सरकार कतिको सक्रिय छ ?
-संघिय सरकार, प्रदेश सरकार दुई तहबाट प्रयाप्त साधन र स्रोत हामीलाई उपलब्ध गराएको छैन् । जति प्रदेश सरकारले गर्नुपर्ने हो गरेको छैन। विराटनगर महानगरपालिकाले कसरी व्यवस्थापन गरिरहेको छ त्यो हामीलाई नै थाहा छ कति गाह्रो छ भनेर । हामी अविकसित मुलुकमा छौं । अभाव धेरै नै छ तर म सक्दिन म संग स्रोत साधनको अभाव छ भनेर चुपलागेर बस्ने अवस्था भने छैन । स्थानिय सरकारले आफूले सक्दो काम गरिरहेको छ ।

हाल सम्म स्थानिय सरकारले के गर्यो त ?
-कोरोना भाइरस रोकथामको लागि सन्देश मुलक व्यानर रानी हेल्थ डेस्क र विराटनगर महानगरपालिकामा लगाएका छौं । पहिले देखि संचालित रानी हेल्थ डेक्सलाई उपयुक्त स्थानमा सारिएको छ भने हेल्थ डेक्समा काम गर्ने कर्मचारीहरुलाई कोरोना भाइरस संक्रमण सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गराइएको छ । विराटनगर विमानस्थलमा पनि हेल्थ डेस्कको स्थापना गरिएको छ । शंकास्पद विरामीलाई निःशुल्क एम्बुलेन्स सेवा सहित कोशी अस्पतालमा प्रेणष गर्ने व्यवस्था मिलाइएको छ । नागरिक सचेतनाको लागि लिफलेट तथा पम्पलेटहरु हेल्थ डेस्कमा आउने यात्रुहरुलाई वितरण गरिरहेको छ । हेल्थ डेस्कमा काम गर्ने कर्मचारीहरुलाई चाहिने सर्जिकल माक्स, ग्लोभस, हेन्ड सेनिटाइजर , बोतल, सर्जन किट, नन कन्र्टयाक्ट थर्मोमिटर, एप्रोन, आवश्यकता अनुसार वितरण गरेका छौं ।

हेल्थ डेस्कबाट हाल सम्म भएका गतिविधिहरुको अवस्था कस्तो छ त ?
-विराटनगर महानगरपालिकाले रानी हेल्थ डेस्क र विराटनगर विमानस्थल गरि दुई ठाउँमा हेल्थ डेक्स राखेको छ । हेल्थ डेस्कले आउने यात्रुहरुलाई कोरोना भाइरस छ छैन भनेर नन कन्र्टयाक्ट थर्मोमिटरको माध्यमद्धारा जाँच गरेको छ । हाल सम्ममा रानी हेल्थ डेक्सबाट ६७ हजार ९५ जना र विराटनगर विमानस्थलबाट ८ हजार ९ सय ९९ जनाले जाँच गराइसकेका छन् । जसमध्य रानिबाट एक व्यक्तिलाई कोशी अस्पतालमा प्रषण गरिएको थियो । कोशीी अस्पतालले बताए अनुसार ती व्यक्तिको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ ।

हालको समयमा के कस्ता चुनौतिहरु रहेका छन् त ?
-हामी नेपालीहरुको सबैभन्दा खराबी बानी के छ भनी हामी अनुशासनमा छैनौं । यो संक्रमणकालमा भनेको सकेसम्म पालना गर्ने हो भने समस्या धेरै हद सम्म कम हुने थियो । हाम्रो विकसित मुलुकको होइनै । आधारभूत आवश्यकता पूरा गर्न धेरै गाह्रो छ । साध स्रोतलाई उचित मात्रामा उपलब्ध कसरी गर्ने भन्ने एकदमै गम्भिर चुनैतिको विषय छ । तर पनि सके सम्म कसरी हुन्छ समस्याको समाधान स्थानिय सरकारले खोजी नै रहेको छ ।

भावी योजना के छ त ?
-प्रभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई दुई हप्तासम्म क्वारेेन्टाइन बस्न आग्रह गर्ने योजना बनाएका छौं । भिडभाड हुने सबै क्षेत्रलाई बन्द गर्न लगाउने योजना बनाउदै छौं । राज्यले २५ भने पनि स्थानिय सरकारले १० जना भन्दा बढी भिडमा जम्मा नपाइने गर्ने योजना बनाइएको छ । सिनेमा हल अर्को आदेश नभएसम्म बन्द गराउने योजना बनेको छ त्यसको अनुगमन गर्ने छौं । हटिया बजार र गुद्रि बजार बन्द गर्ने योजना बनिरहेको छ । हामी चाडै नै बसपार्कमा हेल्थ डेस्क राख्दै छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्