कोरोना : इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु

कोरोना : इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण इटालीमा एकै दिन ६ सय २७ जनाको मृत्यु भएको छ ।

पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस भाइरसको महामारीबाट सबै भन्दा बढीको मृत्यु भएको हो ।

हालसम्म इटालीमा मात्र कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको अधिकारीहरुले जनाएक छन् ।

इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोरोनाको संक्रमणबाट संसारभर करिब एघार हजारको मृत्यु भइसकेको छ भने दुई लाख मानिस संक्रमणको सिकार भएका छन् ।

संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ८७ हजार संक्रमितहरु निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको स्पष्ट पारेको छ ।

युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएपनि युवाहरु पनि संक्रमणको जोखिमबाट मुक्त नरहेको डब्लुएचओले स्पष्ट पारेको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक भेटिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा युरोपमा फैलिएको छ ।

संक्रमणका कारण मृतकको संख्या पनि दिनहुँ बढ्दै गएको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्