विश्वव्यापी बेरोजगारी बढ्ने अनुमान ,रिसर्चले भन्छ २ करोड ५० लाख मानिस बेरोजगार हुन्छन्

विश्वव्यापी बेरोजगारी बढ्ने अनुमान ,रिसर्चले भन्छ २ करोड ५० लाख मानिस बेरोजगार हुन्छन्

बीबीसी । अहिले विश्वभरका ८१ प्रतिशत कार्यालय अर्थात ३.३ अर्ब मान्छेको काम कि आधा मात्र खुला छ कि पूरै बन्द अवस्थामा छ । यसरी साधारण दैनिकीमा बन्देज  लगाइएदेखि धेरै कम्पनीहरु बन्द भएका छन् कति अस्थाइ रुपमा त कति सधैँका लागि । यस्तोमा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले विश्वव्यापी रुपमा यसले पार्ने असर सम्बन्धी अध्ययन गरेको छ ।

आइएलओका डिरेक्टर जेनेरल गाइ राइडर भन्छन्, “अविकसित र विकसित दुवै अर्थतन्त्रमा अहिले कामदार र व्यवसाय ठूलो संकटमा छन् । त्यसैले हामी सबैले उचित निर्णय लिएर तिव्र गतिमा सँगै अघि बढ्नुपर्छ । जैविकी र पतनको अवस्थामा भिन्नता ल्याउन तत्कालै उपयुक्त तरिका अपनाउन आवश्यक छ । ”

यसरी विश्वमहामारीको रुप लिएको कोभिड–१९ ले आगामी तीन महिनासम्म ६.७ प्रतिशत काम गर्ने समय कटौति गराइदिने अनुमान गरिएको छ । यो भनेको  विश्वभर १९ करोड मानिसहरुले फुल–टाइम काम गुमाए समान हो । यसमा पनि सबैभन्दा नराम्ररी प्रभावित क्षेत्र अरबी स्टेट रहेको छ , जहाँ ५० लाख फुल टाइम काम गर्नेहरुको समय बराबर, ८.१ प्रतिशतले काममा कटौति हुने बताइएको छ ।

यस्तोमा आइएलओले अहिलेको अवस्था दोस्रो विश्व युद्ध पछिको सबैभन्दा ठूलो संकट भएको बताएको हो । संगठनका अनुसार विश्वव्यापी बेरोजगारी अब विशेष रुपमा दुईवटा कुरामा निर्भर हुनेछ ः आधा वर्ष बितिसक्दा अर्थतन्त्र कुन गतिमा पुननिर्माण हुन्छ र अर्को चाहिँ नयाँ नीति नियमहरु श्रमिकको मागलाई बढावा दिन कति प्रभावकारी साबित हुनेछन् । यसरी वर्षको अन्त्यमा बेरोजगारी दर आइएलओले अनुमान गरे भन्दा धेरै हुने खतरा पनि रहेको बताइएको छ । आइएलओको रिसर्चले भने २ करोड ५० लाख मानिस थप बेरोजगार हुन सक्ने देखाएको छ । वर्षको सुरुवातमा विश्वमा १९ करोड कामदार बेरोजगार थिए ।

हाल अर्थतन्त्रका विभिन्न क्षेत्र भिन्दाभिन्दै तरिकाले प्रभावित भइरहेका छन् । उडान कटौति र सामाजिक दुरीकरणका बीच स्वभाविक रुपमा पर्यटन र खाद्य सेवा उद्योगमा सबैभन्दा ठूलो क्षति पुगिरहेको छ । विश्व अर्थतन्त्रमा यसले ३८ प्रतिशत योगदान पुर्याउँदै आएको थियो भने यस क्षेत्रमा १.२५ अर्ब मानिसहरु काम गरिरहेका छन् । त्यसमा पनि अमेरिका र युरोपका कामदारहरु अधिक जोखिममा रहेको बताइएको छ । अमेरिकामा ४३.२ प्रतिशत र युरोपमा ४२.१ प्रतिशत मानिसहरु जोखिमयुक्त क्षेत्रमा आबद्ध छन् । त्यहाँ अफ्रिका, अरब स्टेट र एसियाको तुलनामा अनौपचारिक कामदारहरुको सङ्ख्या अत्यन्तै कम छ । जबकी अर्थतन्त्रमा तिनै कामदारहरुको भूमिका महत्वपूर्ण मानिन्छ ।

यस्तोमा ७५ वर्षपछि पहिलोपटक अन्तर्राष्ट्रिय सहकारिताको परीक्षा लिइने राइडर बताउँछन् । किनकि अब, एउटा देश असफल भएमा कोही सफल हुने उनले बताए । यसकारण विश्व समुदायले एकसाथ मिलेर समाधान खोज्नुपर्ने उनको हुने छैनन् । अर्थतन्त्र पुनः पहिलेको अवस्थामा फर्किने प्रक्रिया निकै पीडादायक र लामो हुने हुनाले पनि अहिले देखि सबैले सहकार्य गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्