नयाँ कार्यमा प्रस्तुत हुदै विराटनगरका चार युवा : स्वस्थ विराटनगर बनाउने योजना

नयाँ कार्यमा प्रस्तुत हुदै विराटनगरका चार युवा : स्वस्थ विराटनगर बनाउने योजना

एन्जु शिवाकोटी
विराटनगर । जीवन आफ्नै रफ्तारमा चलिरहेको थियो । सबै आफ्नै सुरमा थिए । कोही बिदेश जाने तयारीमा थिए । कोही पढाइमा त, कोही व्यापारमा । सरल तरिकाले आफ्नो गन्तव्य लिएर हिनीरहेका थिए विराटनगरका चार युवा । यो जीवनशैली चार युवाहरुको मात्र हैन विराटनगरका हरेक व्यक्तिको हो ।

सबैको आफ्नै सोच र विचारमा जीवनका पाहिला चालिरहेका हुन्छन् । हरेकको आफ्नै कथा हुन्छन् । विराटनगरका यति धेरै मान्छेहरुको भिडमा किन यी चार युवाको बारेमा कुरा गरिदैछ ? प्रश्न उठ्नु स्वभाविक हो । कारण अन्य भन्दा फरक छ, यिनको कथा ।
विराटनगरका अजय भुजेल, राहरल महतो, उमंग शर्मा र सन्जोग न्यौपाने । कोरोना भाइरस (कोभिड १९) को महामारी हुनु भन्दा अगाडी सबैको फरक विचार थियो । भविष्यलाई लिएर आ–आफनै गन्तव्यमा हिनीरहेका चार व्यक्ति लामो समय देखिका असल मित्र हुन तर उनीहरुको सोचाई एउटै थिएन ।


उनीहरुको जीवन र सोचाइमा आमुल परिवतर्न ल्याउन कुनै व्यक्तिको हात नभई कोरोना भाइरस कारण बनेको छ । सरकारले चैत्र ११ गतेदेखि लकडाउन लागु गरेपछि सबै मानिसहरु घरमा बस्न बाध्य भए । घर बस्नु पर्ने बाध्यताले यी चार युवालाई अलग गर्न सकेन ।
विश्व कोरोनाले त्रसित भई रहेको अवस्थामा दिनदिनै कोरोनाका कारण मानिसहरुको मृत्यु भइरहेका खवरले सबै भयभित थिए । यसैबीच अजय भुजेलको दिमागमा एउटा राम्रो विचार आयो । भाइरसको कारणले यतिसम्म विकराल अवस्थाको सृजना गर्दो रहेछ । यस्ता भाइरसहरु भोलिका दिनमा अरु न आउलान् भन्न सकिदैन तर यसबाट समयमै सचेत हुन सकिन्छ । कोरोनासँगै भोलिका दिनमा अरु भाइरससँंग कसरी बच्ने भन्ने विषयमा उनले युट्वमा खोजी गर्न थाले ।


नेपालमा त्यति धेरै प्रयोगमा नआएको डिसइन्फेक्टिङ र सेनिटाइजिडको बारेमा उनले खोजी गरे । मानिसहरु भिडभाड भएका ठाउँहरुमा सेनिटाइजेसन गररे सुरक्षित रहन सकिने भएकाले यसको सुरुवात विराटनगरमा गर्ने योजना बनाए ।
उनले थप तीन जनाको बीचमा बसेर छलफल गरे । सबैलाई फाइदा हुने सेवा दिएर मुनाफा आर्जन गर्न सकिने भएकाले राय मिल्यो ।
यो विषम परिस्थितिमा मास्कको प्रयोग जति अनिवार्य भएको छ त्यति नै.सेनिटाइजेसन पनि अनिवार्य छ । हामिहरु नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्ने त गछौं तर हाम्रो घर, पसल, अफिस, होटल, बैंकको पनि सेनिटाइजिड.गर्नु गर्छ भन्ने विषयमा ध्यान दिदैनौं । हात त सफा गर्छौं तर हाम्रो वरिपरिरहेको सरसमानहरुमा पनि भाइरस बसेको हुन्छ । सेकेण्डै पिछे हातमा सेनिटाइजर लगाउन सम्भव पनि हुदैन । यदी हामीले मानिसहरु बढी भिड हुने ठाउँहरुमा सेनिटाइजेसन ग¥यौं भने सबैजना सुरक्षित रहन सकिन्छ ।

यी चार युवा मिलेर डिसइनफेक्टिङ तथा सेनिटाइजेसन संघसंस्था, पसल, होटल, कारखाना बै‌ंक जस्ता ठाउँहरुको सेनिटाइजिड. गर्न एउटा ‘फो ब्रोदर डिसइनफेक्टिङ एण्ड सेनिटाइजिङ हव नामक संस्थाको स्थापना गरेका छन् । उनीहरुले विराटनगरको राजधानी सप्लायस, तिरुपति जल उद्योग, टोमेनजेरी मःम हाउस लगायतका ठाउँहरुमा सेवा प्रदान गरिसकेका छन् ।

सेनिटाइजिङ भिडभाड हुने स्थानहरु पनि गर्नुपर्छ भन्ने कुराको सचेतनाको अभाव हुँदा काम गर्न केहि चुनौती रहेको उनीहरु बताउँछन् ।
आवश्यक सामान तथा किटाणुनाशक औषधी ट्यागेम्प प्रेस कन्ट्रोल्स काठमाण्डौंबाट ल्याउने गरेको उनीहरुले बताए । डिसइनफेक्टिङ र सेनिटाइजिङ गर्दा उनीहरु ३ चरणमा काम गर्ने गर्दछन् । पहिलो चरणमा सामान्य सफाई पानीको प्रयोग गरी गर्ने गर्दछन् । दोश्रो चरणमा सेनिटाइजेसन गर्ने गर्दछन् । जसमा इथानेल अल्कोहल र आइसोपोपियलको प्रयोग गर्ने गर्दछन् । तेस्रो चरणमा डिसइनफेक्टिङ गर्छन् । सोडियम नाइट्रोक्लोराइडको प्रयोग गर्ने गर्दछन् ।

भाइरसबाट बच्नको लागि हातमा मात्र नभई भिड हुने ठाउँहरुमा पनि अनिवार्य रुपमा सेनिटाइजेसन गर्नु पर्ने उनीहरु बताउँछन् । आफुहरु हरुबाट सेवा नलिन चाहनेहरुले आफै पनि सामान किनेर सेनिटाइजेसन गर्न आग्रह उनीहरुको छ ।
नाफामुखी संस्था नभई सेवामुखि भावनाले काम गर्ने र विराटनगरलाई स्वस्थ विराटनगर बनाउन सहयोग स्वरुप संस्थाको स्थापना गरिएको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्