लकडाउन फेरी हुन सक्ने

<span class='c1'>लकडाउन फेरी</span> <span class='c2'>हुन सक्ने</span>

विराटनगर । सरकारले मङ्गलवार मध्यरातबाट ’लकडाउन अन्त्य’ गर्ने निर्णय गरे पनि त्यससँगै सचेतनाको काम पर्याप्त नभएको भन्दै विज्ञहरूले प्राप्त उपलब्धि गुम्न सक्ने चिन्ता गरेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सूचकहरू सुधारोन्मुख देखिएको र लकडाउन धेरै लामो हुँदा राज्यका अन्य गतिविधि ठप्प भएको व्यावहारिक कठिनाइलाई पनि ख्याल गरिएको बताएका छन्

नेपालमा साउन ६ गतेसम्ममा झन्डै १८,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकोमा सक्रिय सङ्क्रमितको सङ्ख्या साढे पाँच हजारजति भएको सरकारी तथ्याङ्क छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा फेला परेका सङ्क्रमितमध्ये झन्डै ९७ प्रतिशत नेपालबाहिरबाट आएका व्यक्ति हुन् ।
विदेशबाट आउने अधिकांश व्यक्तिको पहिचान र परीक्षणको काम भइसकेको भन्दै एकै पटक ठूलो स्वरूपमा अवस्था बिग्रिन नसक्ने आकलन गरिएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
जाँचको क्षमता हामीसँग यतिखेर दैनिक १० हजारको छ । र, अवस्था नराम्ररी बदलिए पुनःलकडाउन लगाउने अवस्था सधैँ रहन्छ ।

’राजनीतिक निर्णय’
झन्डै चार महिना लागेको लकडाउन खुलाइए पनि जनस्वास्थ्यविज्ञहरूले नेपाल जोखिममुक्त अवस्थामा पुगिनसकेकोले आवश्यक सतर्कता अनिवार्य भएको धारणा राख्छन् ।

तीमध्येका एक डा. शरद वन्त भन्छन्, “यो राजनीतिक निर्णय हो। कोभिड(१९ को आँखाबाट हामी सतर्क हुने ठाउँहरू अझै निकै धेरै छन् ।“
वन्तका अनुसार ’लकडाउन अन्त्य’ भन्ने शब्दावली जसरी चर्चित बनेको छ र त्यति नै बेला थप जोखिम बढ्ने एवम् उच्च सावधानी चाहिने कुरा ओझेलमा देखिँदा सर्वसाधारण मानिसमा गलत सन्देश जान सक्छ ।

यसबीचमा विज्ञहरूले सरकारलाई कतिपय देशमा सङ्क्रमणको दर घटेपछि प्रतिबन्ध खुलाउँदा पुनस् बढेको पृष्ठभूमि स्मरण गराएका थिए ।
“ती अनुभवले सङ्क्रमणको दोस्रो लहर आउन सक्ने जोखिमलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ,“ उनले भने ।
के लकडाउन मात्र विकल्प हो ?

लकडाउन एउटा बिन्दुमा पुगेपछि खोल्नुको विकल्प थिएन भन्नेमा अधिकारीहरू र विज्ञहरू दुवै सहमत छन्।
अझै विद्यालय, सभा(सेमिनार, पार्टीप्यालेस, डान्सबार, व्यायामशाला, चिडियाखाना, सामाजिक र धार्मिक स्थलजस्ता धेरै भिडभाड हुने ठाउँहरू खोल्ने मिति तोकिएको छैन।

त्यसैले लकडाउन अन्त्य भएको जसरी प्रचार गर्नु गलत भएको विज्ञहरूको भनाइ छ।
डा. वन्तको भनाइ छस् “लकडाउन खुल्नुलाई नियमित जीवनशैलीमा फर्किएको सन्देश गयो भने त्यो गलत हुनेछ ।“
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम लकडाउन विशेष उद्देश्यले लगाइएको धारणा राख्छन् ।
“यसबीचमा हामीले मानिसहरूलाई सचेत गराउनुका साथै हाम्रो स्रोत, पूर्वाधार र संयन्त्र विकास गरेका छौँ। खासमा लकडाउन त्यसको तयारी गर्न समयको जोहो गर्ने तरिका पनि थियो भनेर हामीले बुझ्नुपर्छ ।“

तर अब अन्तर्राष्ट्रिय उडान खुला भएपछि नेपाल आउन खोजिरहेका मानिसहरूको व्यवस्थापन यतिखेर अर्को चुनौती हुनसक्ने बताइएको छ ।
“तीनको जाँच र व्यवस्थापन हाम्रो अबको चुनौती हुनेछ। हामीलाई राम्रोसँग थाहा छ ( एउटै सङ्क्रमित व्यक्तिले पनि महामारी फैलाउन आगोको झिल्कोजसरी काम गर्न सक्छ ।“
स्रोतः बीबीसी न्यूज नेपाल, प्रदीप बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्