संक्रमित व्यवस्थापन गर्न रंगेली नगरपालिकाले सञ्चालनमा ल्यायो आईसोलेशन अस्पताल

<span class='c1'>संक्रमित व्यवस्थापन गर्न रंगेली नगरपालिकाले</span> <span class='c2'>सञ्चालनमा ल्यायो आईसोलेशन अस्पताल</span>

विराटनगर । संक्रमितको संख्या दैनिक बढ्दै गएपछि स्थानीय तहले आफ्नै नागरिकलाई कसरी सुरक्षा दिने भन्ने निर्णय गर्न सकिरहेका छैनन् । पछिल्लो समयमा कोरोना संक्रमित पुष्टि भएपनि अस्पताल वा कुनै निश्चित क्षेत्रमा आइसोलेशन गर्न नसकिएका नागरिक १६९ जना रहेका छन् ।

तर, मोरङ रंगेली नगरपालिकाले भने आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको छ । संक्रमण पुष्टि भएका तर लक्षण नदेखिएका नागरिकलाई समाजबाट आईसोलेट (अलग) गर्न स्थानीय जनता क्याम्पसलाई सय बेडको आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो ।

प्रदेश १ मा संक्रमितहरुको उपचार तथा स्वास्थ्य परामर्श प्रदान गर्न तोकिएका अस्पतालहरु भरिदैं गएपछि रंगेली नगरपालिकाले क्याम्पसलाई नै १०० शैयाको आईसोलेशन अस्पताल घोषणा गरेको छ । प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोशी, वीपी र पीयू गोठगाउँको उपचार केन्द्र तथा आईसोलेशन अस्पतालमा संक्रमण पुष्टि भएकाहरुलाई राख्ने अवस्था छैन ।

झापाको मेची अस्पताल, मेची नगरपालिकामा निर्माण गरिएको आईसोलेशन अस्पताल र उदयपुरको चौदण्डीगढीको ५० शैयाको आईसोलेशन अस्पताल भरिएका छन् । यी अस्पतालमा आफ्ना पालिकाका संक्रमित नागरिकलाई भर्ना गर्न असजिलो बनेपछि रंगेली नगरपालिकाले भने आफ्नै आईसोलेशन अस्पताल बनाएर संक्रमितको व्यवस्थापन सुरु गरेको हो ।

मुख्य बजार क्षेत्र समेटिएको रंगेली–७ का मात्रै ३८ संक्रमित पुगेका छन् छ । नगरपालिकाका मेयर दिलिप बगडीयाका अनुसार सरकारले पालिकास्तरको आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो ।

क्याम्पसमा सञ्चालित आईसोलेशनमा अहिले ६ महिलासहित २८ नागरिकलाई राखिएको छ । अस्पतालमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट नेतृत्वको चिकित्सक टोलि परिचालन गरिएको मेयर बगडीयाले जानकारी दिनुभयो ।

दुईजना एचए २४ सैं घण्टा अस्पतालमा रहने व्यवस्था छ, त्यस बाहेक सुरक्षाकर्मीसहितको टोलिले तोकिएको आईसोलेशन सुरक्षा र सतर्कतामा ध्यान दिने गरेको दावी मेयर बगडीयाको छ ।
रंगेली नगरपालिकामा हालसम्म ५२ संक्रमित पुगेका छन् । संक्रमितहरुमध्ये सुरुका २२ जना प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोभिड उपचार केन्द्रमा भर्ना गरिएका थिए । अहिले पछिल्लो समय लक्षण नदेखिएका संक्रमितलाई नगरपालिकाले सञ्चालनमा ल्याएको आईसोलेशनमा राख्ने प्रवन्ध मिलाइएको हो ।

तत्काल घरपरिवार र समाजबाट उसलाई अलग्याउनु पर्दथ्यो, मेयर बगडीयाले भन्नुभयो–स्थानीय सरकार भएको नाताले नागरिकको स्वास्थ्य सुरक्षाको चिन्ता लिएका छौं ।
संक्रमितमध्ये वडा नम्बर ७ को शिवमन्दिरमा रहेका दुई पुजारी भागेर भारत नै फर्केका छन् । शिव मन्दिर नजिकै रहेको एकै घरका १४ जना संक्रमित भएपछि सम्पर्क पहिचानका आधारमा मन्दिरका तीन पुजारीको समेत स्वाब लिईएको थियो । स्वाब लिएकै राती भारतीय नागरिक दुई पुजारी भने भागेको मेयर बगडीयाले जानकारी दिनुभयो ।

क्याम्पसको आईसोलेशन अस्पतालमा बस्नेहरुका लागि तीन पटक चीया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल (स्याउ) उपलब्ध गराउने गरिएको छ । हामी वडा नम्बर ७ लाई थप ९ दिन सिल गर्नेछौं, मेयर बगडीयाले भन्नुभयो–४२३ जनाको स्वाब संकलन गरेका छौं, यसको नतिजा कस्तो आउँछ भनेर प्रतिक्षामा छौं ।

रंगेली नगरपालिकाले हालसम्म एक हजार ४२७ जनाको स्वाब परीक्षण गराईसकेको छ । रंगेली नगरपालिका क्षेत्रलाई लकडाउन घोषणा गरिएको छ । संक्रमितको संख्या दैनिक बढेपछि अहिले बजार सुनसान रहेको छ । कोभिड क्राईसिस मेनेजमेन्ट समितिको आइतबार बिहान बसेको बैठकले यसलाई थप कडाई गर्दै संक्रमितको सम्पर्क पहिचान र संक्रमितहरुको व्यवस्थापनमा ध्यान दिने निर्णय गरेको छ ।
रंगेली नगरपालिकाले भारत तथा बाहिरबाट आउने नागरिकलाई राख्नका लागि बाबा तिरुपति मन्दिरको भवनलाई क्वारेन्टीनको रुपमा प्रयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्