सीमानाका बन्द भएसँगै नेपाली उत्पादनले बजार पायो

सीमानाका बन्द भएसँगै नेपाली उत्पादनले बजार पायो

विराटनगर । खुल्ला सीमानाकाबाट हुने आवत–जावतमा रोक लागेसँगै प्रदेश १ का मुख्य नाका विराटनगर र काकाडभिट्टा बाट भारतीय बजार पुग्ने संभावना समेत छैन । नेपाली उपभोक्ता सीमापारीको बजार पुग्ने र दैनिक उपभोग्य सामान खरिद गरेर फर्कने काम कोरोना महामारीसँगै पाँच महिना यता रोकिएको छ ।

दैनिक उपभोग्य बस्तु खरिदको नाममा असंगठित रुपमा भारतीय बजारबाट लकडाउन हुनु भन्दा अगाडीसम्म मासिक रुपमा एक अर्ब ५० करोड अर्थात दैनिक ५ करोडको सामान नेपाल भित्रने गरेको दावी गरिन्छ ।
पाँच महिनायता अवैध रुपमा हुने यो कारोबार र राज्यको संयन्त्रबाहिरबाट भारत जाने नेपाली रुपैँया रोकिएको छ । कानुनी प्रक्रिया पूरा गरेर आउने बाहेकको सामान पैठारी गर्ने बाटो बन्द भएसँगै नेपाली उत्पादनहरुले समेत बजार पाउन थालेका हुन् ।

विराटनगर ३ कंचनबारीको महालक्ष्मी ट्रेडर्सका सञ्चालक हरिकृष्ण ढुंगानाका अनुसार अहिले नेपालकै उत्पादनको बढी विक्री हुने गरेको छ । लकडाउनसंगै सीमानाका बन्द भएपछि सीमापारीबाट क्यारिङ गरेर सामान भित्र्याउने समेत रोकिएका छन् । सीमापारी जोगबनी र पानी ट्याङ्कीसम्म नेपाली उपभोक्ता पु्ग्न छोडेपछि नेपालकै उत्पादनको माग समेत बढ्दै गएको ढुंगानाले बताउनुभयो ।

दैनिक उपभोग्य बस्तु बिस्कुट चाउचाउ, तेल, दाल, चामलको खपत अहिले सबैभन्दा राम्रो छ । सीमाक्ष्ँोको भारतीय बजार जोगवनीमै सस्तो पाउँछ भनेर जोगवनी जानेहरु अहिले रोकिएपनि नेपालका किरानामा बिक्री बढेको हो ।
होटल, सामाजिक तथा सास्कृतिक कार्य र पर्वहरुमा उत्साह नहुँदा पनि गृहस्थ दैनिकी चलाउन आवश्यक पर्ने सामाग्रीको माग सामान्य अवस्थामा भन्दा बृद्धि भएको हो ।

मोरङ ब्यापार संघका पूर्व अध्यक्ष एवं उद्योगी पवन सारडाका अनुसार कोभिड १९ को कारण नेपाल भारत सीमा बन्द गरिएपछि त्यसको सकारात्मक असर नेपाली उत्पादनको खपतमा देखिएको छ । कोरोनाको कारण चारैतिर नकारात्मक असर परिरहेको बेला स्थानीय उत्पादनको खपत बढ्नु सकारात्मक छ, उद्योगी सारडाले भन्नुभयो–राजश्व लगायतका क्षेत्रमा देखिएको सकारात्मक प्रभाव पनि यसैको कारण हो ।

कोरोनाले चौपट्ट हुनुपर्ने अर्थतन्त्र थामिएर रहनुको पछाडी पनि अनियन्त्रित र अवैध रुपमा भारत पलायन हुने पूँजी रोकिनु हो । मासिक ढेड अर्ब बाहिरीन रोकिँदा व्यापार घाटा कम हँदै गएको छ, सारडाले भन्नुभयो–राज्यले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यसको नतिजा पाउने हामीले आशा राखेका छौं ।

नेपाली उपभोक्ताले भारतीय बजारबाट चीनी, दाल, तेल, विस्कुट, चाउचाउ, चकलेट, भाडाकुडा र कपडा समेत खरिद गरेर ल्याउँथे । तर, अहिले सीमा बन्द भएको कारण त्यस्ता सामाग्रीहरु नेपालमै खरिद गर्नुपर्ने हुन्छ । नेपालमा उत्पादन भएका वा कानुनी बाटोमार्फत भन्सार बुझाएर भित्र्याएका सामान खरिद गरिएपनि राष्ट्रिय अर्थतन्त्रमा त्यसको ‘चेन इफेक्ट’ देखिने उद्योगीहरुको दावी छ ।
लकडाउनको अवधीमा मात्रै झण्डै सात अर्ब रुपिँया नेपाली रुपिँया भारत जानबाट जोगिएको छ । त्यो राज्यको संयन्त्र बाहिर भारत पुग्ने रुपिँया राष्ट्रिय अर्थतन्त्रमा प्रत्युतपादक मानिन्छ ।

मुलुकभरका १२ मुख्यनाका पारि भारतीय बजारमा सामान्य अवस्थामा लाखौं नेपाली उपभोक्ता किनमेल गरेर फर्कने गरेका थिए । जसबाट मासिक १५ अर्ब नेपाली रुपैया“ भारतीय व्यापारीसंग पुग्ने गरेको थियो ।
लकडाउन सकिएपछि पनि सरकारले नेपाल भारत सीममा कडाइ गर्दा मात्र नेपलाी उत्पादनले नेपालमै राम्रो बजार पाउँन सक्ने देखिएकोले उद्योगी–व्यापारीले नेपाली उत्पादनको प्रोत्साहनमा राज्यले कसिलो नीति लिनुपर्ने बताउँछन् । उद्योगी सारडाले सरकारले आन्तरिक उत्पादनको बजारीकरण गर्न सके राजश्व असुलीका लागि राखेको लक्ष्य पूरा गर्न कुनै समस्या हुँदैन । राष्ट्रिय पूँजी पलायन हुनबाट पनि जोगिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्