अस्पतालमा चिकित्सकीय धर्म निर्वाह नहुँदा अकालमा मृत्यु हुने बढ्दै, नियमन र कावाही गर्ने निकाय भने मौन

अस्पतालमा चिकित्सकीय धर्म निर्वाह नहुँदा अकालमा मृत्यु हुने बढ्दै, नियमन र कावाही गर्ने निकाय भने मौन

विराटनगर । गत भदौ १५ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एउटा सन्देश जारी ग¥यो । सन्देश थियो–चिकित्सकीय धर्म कसरी निभाउने ? कोरोना संक्रमणको त्रास बढिरहेको अवस्थामा चिकित्सकले कस्तो निर्णय लिदाँ जटिल अवस्थाका बिरामीको ज्यान जोगाउन सकिन्छ ।
वीपीमा सात घण्टादेखि मूत्रथैलीमा रगत र पीसाब भरिएर जटिल अवस्थामा मोरङका ७८ वर्षीय पुरुषलाई पु¥याइएको थियो । कोरोना संक्रमणका कारण उनकोे तत्काल शल्याक्रिया गर्ने की पीसीआर परीक्षण गर्ने भन्ने विषयको निर्णय वीपीको यूरोलोजीका चिकित्सका लागि जटिल थियो । उनीहरुले अस्पतालमा पु¥याएको बिरामीको तत्काल शल्याक्रिया नगर्दा मृत्यु हुने अवस्थालाई मध्यनजर राखे र शल्याक्रिया पहिला गरे ।

विराटनगरको अस्पतालमा अप्रेशन गरेका उनको शल्याक्रियापछि मात्रै पीसीआर परीक्षण गरिएको थियो र रिपोर्ट समेत पोजेटिभ आयो । तर, चिकित्सक आफैंले सुरक्षा सावधानी अपनाएर गरिएको शल्याक्रिया सफल पनि भयो र शल्याक्रियापछि कोरोना संक्रमित पुष्टि भएका बिरामीले उनले कोरोनालाई पनि जितेका थिए ।

वीपीको यूरोलोजी विभागका प्रमुख डा.सुधिर सिंह नेतृत्वमा डा.आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बाको यो टोलीले अन्य अस्पताल र चिकित्सकलाई आफ्नो धर्म निर्वाह गर्ने विधिको उदाहरण प्रस्तुत गरेका थिए ।
तर, मोरङका अन्य अस्पताल र चिकित्सकले यो सन्देशलाई आत्मासाथ गर्न भने चाहेनन् । पछिल्लो दशदिन यताका घटनाले सरकारी तथा निजी अस्पतालका चिकित्सकको लापवाहीकै कारण पाँचजनाको निधन भईसकेको छ ।
उनीहरुलाई कोरोना संक्रमण थिएन । शौचालयमा लडेर घाइते भएकी मोरङ कानेपोखरीकी–५ की २३ वर्षीया गर्भवती महिला सविना थापा दर्जीले चिकित्सक र अस्पतालकै कारण ज्यान गुमाउनु परेको छ ।

विराटनगरका सरकारी र निजी अस्पतालले उनलाई भर्ना गर्न नमान्दा अस्पताल चाहार्दा चाहार्दै उनको मृत्यु भएको थियो । विराटनगरका सबै अस्पताल घुमाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको थियो । उनको उपचार गर्न नपाउँदै मृत्युभयो ।
सुत्केरीदेखि वृद्धसम्म उपचार नपाएर छटपटाइरहेका बिरामीप्रति चिकित्सकको मन नपलाउँदा भात सर्काएर बेहोस भएकी चौदण्डीगढी नगरपालिका–६ उदयपुरकी ६५ वर्षीया डम्बरकुमारी बस्नेतको पनि मृत्यु भएको छ । सात वटा अस्पताल पुर्याउँदा पनि उनप्रति कुनै चिकित्सकले दया राखेनन् ।

यसैगरी मोरङ पथरी शनिश्चरे–१ का नवराज राईको पनि यस्तै कारण मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–२ की ६२ वर्षीया सानकुमारी राईको पिसाबमा समस्या देखिएपछि आफन्तले बुधबार उपचारका लागि झापा र मोरङका ६ वटा अस्पतालमा पुर्याएका थिए । तर कुनै पनि अस्पतालले भर्ना गरेनन् । बिहीबार कोशी अस्पतालमा भर्ना भएको केहि बेरमै उनको मृत्यु भएको थियो ।
बाहिर आएका यस्ता घटना मात्रै जानकारीमा छन् । तर विराटनगरमा अस्पतालमा बिरामीको अवस्था नाजुक भएर पु¥याउँदा भर्ना लिन नमानेर मृत्यु भएको अन्य थुप्रै घटना समेत दोहोरिरहेका छन् ।

 

स्थानीय प्रशासनले जनस्वास्थ्य ऐन २०७५ र फौजदारी संहिता २०७४ अनुसार यस्ता अस्पताललाई कारवाही गर्नुपर्ने भएपनि अहिलेसम्म कुनै एक्सन लिन सकेको छैन । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफू समक्ष आएका घटनामा समन्वय गरेर उपचार गराउने भूमिका निर्वाह गर्ने गरेको दावी गर्दै आउनु भएको छ ।
मृत्यु भईसकेका सविना, डम्बरकुमारी, नवराज र सानुकुमारीहरुका परिवारले स्थानीय प्रशासन समक्ष गुनासो र उजुरी पु¥याएपनि तत्काल कारवाही गर्ने वा समन्वय गर्ने गरि कुनै पहल भएको देखिदैन ।

निजी अस्पतालहरुले समेत कोभिड–१९ संक्रमणको उपचारका लागि छुट्टै विभाग बनाईसकेका छन् । तर, संक्रमण पुष्टि भईसकेका र समस्या देखिएका संक्रमित मात्रै राखेर उपचार गर्ने अवस्था आएमा संक्रमण नै नदेखिएका बिरामीको अकालमा ज्यान जान सक्ने जोखिम बढ्दै गएको छ ।
बिरामीको उपचार नगर्ने निजी अस्पताललाई स्थानीय प्रशासनले कारवाही गर्न सक्छ । जनस्वास्थ्य ऐन २०७५ अनुसार बिरामीलाई उपचारबाट वञ्चित गराउने अस्पताललाई कारवाही गर्न सक्ने प्रावधान छ ।

स्थानीय प्रशासन मात्रै नभई प्रदेश सरकार समक्ष समेत यस्ता गुनासाहरु पुगिसकेका छन् । तर, पनि कारवाही गर्ने अवस्थासम्मको निर्णय प्रदेश सरकारको विभागिय मन्त्रालयले लिन सकेको छैन । सामााजिक विकास मन्त्रालयका सचिव गोबिन्द कार्कीले छिटपुट गुनासाहरु आउन थालेकोले चाँडै एउटा निष्कर्षमा पुगिने दावी गर्नुभयो ।

कोरोना कहर सुरु भएयता वैशाख ५ गतेदेखि नै सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाका मानिस बिरामी भएर उपचारका लागि अस्पताल ल्याउँदा भर्ना लिन मान्ने गरिएको छैन । गत वैशाख ७ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरी देवानगञ्ज–१ का २७ वर्षीय रवीन्द्र यादवको उपचार हुन नसक्दा मृत्यु भएको थियो । उनी विष खाएका विरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्