सरकारले विकास आयोजनाको टेन्डर नखोल्दा, निर्माण सामाग्री उत्पादन गर्ने उद्योगबाट मजदुर कटौती गरिदैं

सरकारले विकास आयोजनाको टेन्डर नखोल्दा, निर्माण सामाग्री उत्पादन गर्ने उद्योगबाट मजदुर कटौती गरिदैं

विराटनगर । आर्थिक वर्षको झण्डै दुई महिना बितिसक्दा समेत विकास निर्माण आयोजनाहरुको सरकारले टेन्डर नखोलेपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले धमाधम मजदुर कटौती गर्न थालेका छन् ।
कोरोना संक्रमणका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारिगरेसँगै विकास निर्माणका काम समेत प्रभावित भएपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुको उत्पादन कटौती भएको थियो । उत्पादनसँगै मजदुर समेत धमाधम उद्योगहरुले कटौती थालेका हुन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रका निर्माण सामग्री उत्पादन गर्ने उद्योगले उत्पादन २५ प्रतिशतमा सिमित राख्दै र ४० प्रतिशत मजदुर कटौती गरेका हुन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवं प्रिमियर वायरका सञ्चालक पवनकुमार शारडाले उद्योगले यही हप्ता ३० प्रतिशत मजदुर कटौती गरेको बताउनुभयो । यहि अवस्था रहे पुनः थप मजजुर कटौती गर्नुपर्ने अवस्था चाँडै आउने सारडाको भनाई छ ।

सरकारले आयोजना निर्माणका टेन्डरहरू भदौ लागेसँगै खोल्नुपर्ने भएप्नि अहिलेसम्म कुनै अत्तोपत्तो नभएका कारण निर्माण सामग्रीको उत्पादन र आपूर्ति असहज बनेको हो । यो वर्ष भदौ सकिन लाग्दा पनि एउटै टेन्डर ननिस्किदाँ उद्योगीहरु हतोत्साहि बनेका हुन् ।
शारडाले उत्पादित सामग्री बिक्री नभएर गोदाम भरिएको र बाँकी उत्पादन राख्ने ठाउँ नभएको स्पष्ट पार्दै बिक्री हुने मुख्य ठाउँ काठमाडौंकै बजार शिथिल हुँदा उत्पादन र मजदुर कटौती गर्नुपरेको बताए।

व्यवसायीले दिएको नगद बैंकले बुझ्न मान्दैन, सरकारले बैंकलाई नगद नबुझ्न उर्दी गरेको छ,’ उनले भने, ‘यसले गर्दा धेरै बिक्रेताको बैंक खाता रित्तो छ। अर्कातिर बैंकमार्फत् नै भुक्तानी गर्नुपर्ने बाध्यकारी सरकारी नियम छ । यस्तो अवस्थामा हामीले विक्रेता र डिलरबाट पाउनुपर्ने ठूलो रकम बाँकी छ।’

पायोनियर वायर्स प्रालिका सञ्चालक एवं मोरङ व्यापार संघका सचिव अनिल शारडाले पनि आफ्नो उद्योगले ३० प्रतिशत मजदुर कटौती गरेको बताएका छन्। ‘कुनै बेला चौबिसै घण्टा चल्ने उद्योग अहिले १२ घण्टामा सीमित भएको छ,’ उनले भने, ‘साँझ ६ बजेपछिको सिफ्ट पूरै बन्द गरेका छौं।’

हुलास वायर इन्डस्ट्रिजका महाप्रबन्धक मुकेश कोठारीले फलामे तार, तारजाली र डन्डी लगायत उद्योगका सबै उत्पादनको बिक्री घटेको हुँदा ४० प्रतिशत मजदुर कटौती गरिएको जनाए। उत्पादित वस्तुको नयाँ माग र बाँकी रहेको पुरानो पैसा दुवै बजारबाट आउन छाडेको छ,’ कोठारीको भनाइ थियो । अहिले निर्यात पनि घटेको छ। त्यसैले उत्पादन र मजदुर कटौती गर्न बाध्य हुनुपरेको हो। हामी अहिले स्थायी कामदार मात्र राखेर काम गरिरहेका छौं। अस्थायी र दैनिक ज्यालादारीलाई विदा दिएका छौं।

महालक्ष्मी केबलका सञ्चालक पारस लुनियाँले उद्योगले ५० प्रतिशत मजदुरलाई तत्कालका लागि बिदा दिएको बताए। उनले दैनिक १६ घण्टा चल्ने उद्योग अहिले ८ घण्टामा आएर खुम्चिएको बताउँदै सरकारले बैंक ब्याज लगायतका प्याकेजको राहत घोषणा गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्