सावित्रा कृषि फर्मको लोभलाग्दो आम्दानी

सावित्रा कृषि फर्मको लोभलाग्दो आम्दानी

रबिन्द्र बराल
रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो ।

पछिल्लो समयमा गाउँ घरका युवा हरु वैदेशिक रोजगारि लाई निरन्तरता दिन थालेपछि गाउँमै बसेर केही गर्ने सकिन्छ भन्ने राम्रो उदाहरण बनेका छन् ।
सावित्रा कृषि फम अहिले वेयर जातका खसी बाख्रा तथा पाठा पाठि को उत्पादन लाई निरन्तरता दिईरहेका छन । स्थानीय को मागलाई उक्त जातका खसी बाख्रा खरिद बिक्री का लागि सिन्धुली , स्याङ्जा , सुर्खेत लगायतका स्थान हरु बाट भए पनि आफुहरु ले माग आपूर्ति लाई सहज बनाउन सफल भएकोे फम सन्चालक फडिन्द्र सुवेदी ले बताए ।


पछिल्लो समयमा उन्नत जातका खसी बाख्राको माग बडन थाले पछि उत्पादन गर्ने आफू ले लागि परेको समेत उनले बताए । २०७० सालमा स्थापना भएको फमले ५० हजार रुपैयाँ को लगानीमा २ बाट बाख्रा सुरु गरेका सुवेदीले अहिले २ सय बाट उन्नत जात का बाख्रा पालन गरिरहेका छन । उनले उक्त खसी बाख्रा का लाागि ४ बिधा खेतमा उन्ननत जातका धास समेत लगाए का छन । केही महिना अगाडि देखि खसी को समेत माग आउन थालेपछि उनले पाठा पाठि उत्पादन गर्नुका साथै मासुका लागि खसी समेत उत्पादन गर्ने थालेका हुन ।


अहिले उनले ३ महिना को एउटा पाठिको मुल्य न्युनतम २० हजार प्रति गोटा मा बिक्री गर्ने गरेको र खसि केजि ५ सय ५० रुपैयाँ प्रति किलो का दरले बिक्रीवितरण गरेको उनले बताए । वैदेशिक रोजगारी का लागि कतार पुगेर काम गरिरहेका दुई छोरा लाई समेत अहिले आफ्नै व्यवसायमा लाग्न का लागि आफुले बाख्रा पालनमा लागेको र दुवै छोरा लाई बिदेशि भुमामा काम गर्नु भन्दा पनि आफ्नै देशमा केही गरौ भन्ने उदेश्य ले आफुले यो व्यवसाय सुरु गरेको बुवा फडिन्द्र ले बताए ।

उनका छोेरा रमेश ले भने आफू समेत ५ बर्ष खाडि मुलुक पुगेर पसिना बगाएको र त्यहाँ भन्दा आफ्नै देशमा समेत केही गर्ने सकिन्छ भन्ने बिश्वास का साथ आफू समेत अब बुबा को पेशामा लागेको उनले बताए । अहिले बार्षिक आफू हरुले सम्पुर्ण खर्च काटेर बार्षिक १५ लाख देखि २० लाख रुपैयाँ सम्म आमदानी हुने गरेको उनले बताए ।सुवेदीले केही महिना अगाडि तीन महिनामै २२ किलोको खसी उत्पादन गरेर सबैलाई आश्चर्य चकित समेत पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्