१६ वर्षपछि पारिश्रमिक माग गर्दै २०० मजदुर

१६ वर्षपछि पारिश्रमिक माग गर्दै २०० मजदुर

विराटनगर। बैंकको लिलामीमा परेको मंगतुराम समूहका उद्योगका श्रमिकले आफ्नो हिसाब फर्छ्यौट हुनुपर्ने माग अगाडी सारेका छन् । उनीहरुले तत्कालिन समयमा आफू्रहरुलाई नियुक्ति दिएर काम लगाएको उद्योगले भुक्तानी गर्नुपर्ने पारिश्रकि बाँकी रहेको भन्दै बैंकले लिलाममा लिएको उद्योगको घरजग्गा भोगचलन गर्न नदिने चेतावनी दिएका हुन्।

समूहका उद्योग मध्ये अन्नपूर्ण सोप एण्ड कमेकल र नारायण भेजिटेरियनका २ सय स्थायी कामदारले ६ करोडभन्दा बढी पाउन बाँकी रहेको दाबी गर्दै लिलाममा लिने व्यक्ति वा बैंकले त्यसको फर्छ्यौट गर्नुपर्ने माग गरेका हुन्।
समूह अन्तर्गतको अन्नपूर्ण सोप र नारायण भेजिटेबलका श्रमिक अहिले श्रम कार्यालय, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, राजनीतिक दल र सञ्चार माध्यममा आफ्ना समस्या सुनाउन व्यस्त भएका हुन् ।

सुनसरी दुहबी–३ का उद्योगले तत्कालिन समयमा मजदुरको पारिश्रमिक भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरेका हुन् । अन्नपूर्ण सोप एन्ड केमिकल इन्डस्ट्रिजको नेपाल कारखाना श्रमिक संघले कामदारले २०६१ पुसदेखिको तलब, सुविधा, उपदान र सञ्चयकोष लगायतको रकम पाउनै बाँकी रहेको जनाएको छ ।

संघका अध्यक्ष गुलाबचन्द खाँ का अनुसार उद्योग सञ्चालन भइरहेका अवस्थामा २०६१ साल पुस ९ गते उद्योग सञ्चालकहरू सुबोधकुमार अग्रवाल, सुरेश अग्रवाल, किसन अग्रवाल र नारायण अग्रवाल गरी ४ जनालाई बैंक ठगी मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको थियो। सञ्चालक ५ भाइमध्ये दामोदर अग्रवाल र उनीहरूका बुबा मंगतुराम भारतमा भएकाले जोगिएका थिए। त्यसपछि मजदुरलाई उद्योगका मेनेजरले तलब दिने भन्दै एक वर्ष झुलाएर राखेपनि दिएनन् ।

 

पक्राउ परेका ४ दाजुभाइ ३ वर्षपछि छुटेका थिए। राष्ट्रिय वाणिज्य बैंकले मंगतुराम समूहको सम्पूर्ण सम्पत्ति लिलामीका लागि प्रक्रिया सुरु गरिसकेको छ।
ग्रुपको धितो राखिएको सम्पूर्ण सम्पत्ति बैंकमार्फत् लिलाम बिक्री हुने थाहा पाएपछि मजदुरहरुले आफ्नो हिसाब समेत बैंकले जिम्मा लिनुपर्ने माग गरेका हुन् । मंगतुराम समूहको घरजग्गा लिलाम प्रक्रियाबाट लिनेले कामदारको पारिश्रमिक नमिलाई भोगचलन गर्न नपाउने अध्यक्ष खाँले चेतावनी दिनुभयो ।

उनले संघको नेतृत्वमा श्रमिकहरू बैंकका प्रदेश १ का प्रबन्धक ऋषभ भट्टराईसमक्ष पनि गएको तर सकारात्मक उत्तर नपाएको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्