नहरमा पानी नआउने भएपछि घरघरमै पोखरी खन्दै छठका व्रतालु

नहरमा पानी नआउने भएपछि घरघरमै पोखरी खन्दै छठका व्रतालु

प्रेम देवान
विराटनगर । विराटनगर–१२ की इन्द्रदेवीकला कामत २५ वर्षदेखि सुनसरी–मोरङ सिंचाई आयोजना अन्तर्गत, नहरको पानीमा डुबेर अस्ताउँदो र उदाउँदो सुर्यलाई अर्घ दिदैं आउनु भएको थियो । कोशी नदिको पानी बगेर आउने भएका कारण ब्रतालुले नहरको पानीलाई पवित्र जलाशय मान्ने गरेका थिए ।

तर, यस पटक भने सिंचाई आयोजनाले नहरमा पानी छोडेको छैन । पानी दिदैन भनेको सुनिरहेछु, कामतले भन्नुभयो–नहरमा जान नपाउँदा धेरै समस्या हुन्छ । नहरमा पानी नआउने भएपनि घरमै अस्थायी पोखरी बनाएर सुर्यको उपसना गर्ने योजना कामतले सुनाउनुभयो ।
कामत जस्तै विराटनगर १३ का उमेश ठाकुर पनि यसपटक घरमा नै पोखरी बनाउने तयारी हुनुहुन्छ । नहरमा पानी नआएपछि आफुहरु घरमा नै सानो पोखरी बनाएर सुर्यलाई अर्घ दिने तयारीमा रहेको ठाकुरले सुनाउनुभयो । ‘हरेक बर्ष छठपर्वमा विशेष साँगितिक कार्याक्रम राख्ने गर्दथ्यौ तर यसपटक भने कोरोना माहामारीले गर्दा सबै रोकीयो’ ठाकुरले भन्नुभयो–कोरोना त्रासले धेरै असर गरिरहेको छ ।

यसपटक नहरमा मानिसको उपस्थित शुन्य छ । नहरमा छठ पर्व मनाउनको लागी अझै पनि स्थानीय पानी आँउछ की भन्ने आशामा छन् । तर, सुनसरी–मोरङ सिंचाई आयोजनाले नहरमा पानी नदिने निर्णण गरेको छ ।आयोजनाले यसपटक पानी नदिने भएपछि स्थानीयलाई छठ पर्व गर्नको लागी समस्या भएको छ ।

नेपालीहरुले मनाउने दशैं र तिहार पछिको उल्लासको महान् पर्व छठ तराईमा भित्र्सिकेको छ । तराईमा विशेष रुपमा मनाउने गरिएको छठ पर्व मंसिर ३ गतेबाट सुरु हुँदैछ । छठ पर्वमा २ दिनसम्म निरहार व्रत बसेर अस्ताउँदो र उदाउँदो सुर्यको उपसना र अर्घ दिएर मनाउने चलन छ । सुर्यलाई अर्घ दिनका लागि ब्रतालु जलाशयमा डुब्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना भाइरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै यस पटक घर घरमा नै छठ पर्व मनाउन आग्रह गरिसकेको छ । सुनसरी प्रशासनले पनि नागरिकलाई सचेत रहनका लागि आग्रह गरिसकेको छ ।
स्थानीय प्रशासनले जलाशयमा भीड नलाग्न आग्रह गरेसँगै सिंचाई आयोजनाले पनि नहरमा पानी नछोड्ने भएको हो । सिंचाई आयोजना अन्तर्गतको नहरमा धेरै श्रद्धालु भत्तजनको भीड विगतका वर्षहरुमा लाग्ने गरेको थियो । नहरको डीललाई साजसज्जा गरेर ब्रतालुले छठको ब्रत सम्पन्न गर्दै आएका थिए ।

मोरङ र सुनसरीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण समुदायस्तरमा फैलिसकेको छ । यसको जोखिम कम गर्न भन्दै स्थानीय प्रशासनले सुनसरी र मोरङमा नै भीडभाड नगर्न आग्रह गरिसकेको छ ।
सुनसरी मोरङ सिंचाई आयोजनाका सुचना अधिकृत कुमार घिमिरेले सुनसरी र मोरङ प्रशासनको आग्रह अनुसार नहरमा पानी आगामी मंसिर ६ गतेसम्म नछोड्ने बताउनुभयो । बढ्दो कोरोना संक्रमणको कारण अहिले तत्कालको लागी दुवै जिल्ला प्रशासनले पानी नछाड्न आग्रह गरिएसँगै नहरमा पानी नछाडिएको घिमिरेको भनाई छ ।

भीडभाड नियन्त्रणका लागि विभिन्न प्रकारका जलाशयमा भीडभाड नियन्त्रण गर्ने योजना मोरङ प्रहरीले समेत अगाडी सारेको छ । नहरमा पानी नहुँदा त्यहाँ लाग्ने भीड नियन्त्रण हुने र घरमै छठ मनाउँदा जोखिम कम हुने मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उहाँले कोरोना संक्रमणको दर अत्याधिक बढेका कारण सजगता अपनाउने उपरीक्षक खड्काको आग्रह छ ।
स्थानीय प्रशासनले सिंघिया तथा केसलियामा समेत भीडभाड नगर्नका लागि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्