एक तस्विरमा इलामको कथा

एक तस्विरमा इलामको कथा

तस्विर/शब्द: सुरन्जन लिम्बु
इलामे सहर चियाबारी राम्रो.....
एक ताका एकदमै लोकप्रिय भएको गित हो यो... अझै पनि हामि इलाम जिल्लाका बाटो हुदै हिड्यौ भने यो गित हामी गुन्गुनाउन पुगीहाल्छौ । इलाम र चियाको सम्बन्ध भनौ भने इलामको पहिचाननै चियाबाट सुरु हुन्छ । किनभने नेपालमा पहिलो पटक चियाको खेति पनि इलाम जिल्लामै भएको हो ।

इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले नेपालमा नै पहिलोपटक विक्रम सम्वत् १९२० सालमा चिया बगान लगाएर उनले नै १९३५ सालमा चिया प्रशोधनका लागि इलाम चिया कारखानाकै सुरुवात गरेका थिए । इलाम चिया कारखानाको स्थापना भविष्यमा नेपाल पनि उज्ज्वल चिया खेतिको रुपमा परिचित होस् भन्ने हेतुले गरिएको थियो I

पछि चिया उधोगलाई थप टेवा मिलोस भनेर वि.सं २०३८ मा तत्कालिन श्री ५ महाराजाधिराज बिरेन्द्र बिर बिक्रम शाहले इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाइ चियाको क्षेत्रकै रुपमा पनि घोषणानै गरिदिएका थिए ।

अहिले चियाको खेति नेपालको मुलत ७ जिल्ला इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, सिन्धुपाल्चोक र कास्कीमा गरिन्छ त्यसमा पनि नेपालको पूर्वी भेग त अझ गुणस्तरीय अर्थोडक्स चियाको उत्पादन हुने भेगका रुपमै पनि परिचित छ ।

इलाम नगरपालिका वार्ड नं ७ मा रहेको नेपालको पहिलो र सबै भन्दा पुरानो वि.सं १९२० सालमा स्थापित बगान र फेरी १५ बर्ष पछी वि.सं १९३५ सालमा स्थापना भएको इलाम चिया कारखानामा काम गर्ने सम्पूर्ण चिया मजदुरहरुको सम्मानमा इलाम नगरपालिकाले इलाम बजारको मुख्य चोकमा २०७७ साल मङ्सिर २५ गते बिश्व मानव अधिकार दिवसको अवसर पारेर महिला चिया मजदुरको मुर्ति स्थापित गरि अनावरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्