वीपीमा ल्याप्रोस्कोपिक प्रविधिबाट सरल मूल्यमा हुन्छन् जटिल शल्याक्रिया

वीपीमा ल्याप्रोस्कोपिक प्रविधिबाट सरल मूल्यमा हुन्छन् जटिल शल्याक्रिया

धरान । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार पाठेघरमा १०.१० एम.एम. को ऐजेरु (मासु पलाएको) समस्या लिएर ३९ वर्षीया महिला आईपुगिन् । उनको पेटमा निरन्तर दुखाईको समस्या भएपछि उपचारका लागि उनी अस्पताल धाईरेहेकी थिइन् । सामान्यतयः शल्यक्रिया भन्नासाथ आम जनमानसमा पेट चिर्ने, काट्ने, दुख्ने भन्ने कुरा पर्याय नै लाग्छ । यसले त्रसित गराउने गर्छ र त्यसमाथि महङ्गो भन्ने शब्दले झनै पिरोल्छ । तर, वीपी प्रतिष्ठानमा भने पहिलो बिरामीको पीडा कम गर्ने कुरामा ध्यान दिने गरिएको छ ।

वीपीका चिकित्सकले बिरामीको सर्वोपरि हितका लागि शल्यक्रिया गर्न सकियोस् भन्ने सोच राखेपछि ती महिलाको पनि उपचार प्रक्रिया सुरु गरियो । प्रतिष्ठानमा शल्यक्रियालाई सरल, सुरक्षित तथा सस्तो बनाउनका लागी प्रतिष्ठान मा गाइनो ल्याप्रोस्कोपिक (दुरविन प्रविधीबाट गरीने शल्याक्रिया) सर्जनका रूपमा परिचित डा. अजय अग्रवाल र डा. मदन खड्का लागिपरेका छन् । हालै मात्र ताइवानबाट यस विषयमा फेलोसिप गरी नेपालमा सेवामा जुटेका डा. अग्रवाललाई डा. मदनले साथ दिदै उक्त विरामीको सोमबार नै सफल शल्याक्रिया गरीएको तथा गत मंगलबार डिस्चार्ज समेत गरिएको हो ।

नेपालमै गुणस्तरीय अत्याधुनिक शल्यक्रिया गरिनुपर्छ र त्यो आम नेपाली जनताको पहुँचमा हुनुपर्ने डा. अग्रवालले बताए । ताइवानमा सबैजसो शल्यक्रिया चाहे जटिल किसिमको होस या सामान्य किसिमको प्रायः सबै शल्यक्रिया दूरबीन प्रविधिबाट पेट नचिरिकन गरिन्छ । यसप्रकारका शल्यक्रियामा पेटमा घाउ हुँदैन, दाग बस्ने त कुरै भएन, बिरामीको घाउ पाक्ने सम्भावना कम हुने, दुखाई कम हुने, बिरामीलाई अस्पतालबाट चाँडै डिस्चार्ज गर्न मिल्ने, अप्रेसन पूर्वको स्थितिमा चाँडै पुग्ने थुप्रै फाइदा हुने गरेको छू उनले भने ।
दुरविन प्रविधीबाट गरीने शल्यक्रिया पेट चिरेर गर्ने शल्यक्रिया भन्दा केही महङ्गो हुन्छ । यसमा लाग्ने औजार उपकरण सबैजसो विदेशबाट ल्याउनुपर्ने हुन्छ तर हामी बिरामीलाई कसरी कम खर्च मा गराउन सक्छौं त्यसमा बढी केन्द्रित रहेको डा.अग्रवालले बताए । ‘प्राय प्रयोगमा हुने महँगो उपकरण कमभन्दा कम प्रयोग गरी यो सेवा दिन आफ्नै तरिकाबाट गर्छौं र त्यसमा हामी सफल भएका छौं ।’ हामी हप्तामा ४–५ शल्यक्रिया गर्दै आइरहेका छौं र भविष्यमा यो बढ्दै जाने क्रममा विश्वस्त रहेको उनले बताए ।

नेपालको अन्य अस्पतालहरूमा दुरविन प्रविधिबाट शल्यकृया गर्दा मोरसलेटर डिभाइसको प्रयोग हुन्छ । अटोमेटिक हुने यस डिभाइस खरिद गरी शल्याक्रिया गर्दा विरामीले महँगो शुल्क तिर्न पर्ने हुन्छ । वीपीमा दुरविनबाट समस्या हेरेर सानो प्वाल पारेर म्यानुअल रूपमा मासुको डल्लाहरूलाई काटेर लामो बनाएर त्यस प्वालबाट झिक्ने गरिएको हो । म्यानुअल गर्दा सस्तो र सुरक्षित हुने शल्यकृयामा खटिएका डा. खड्काले बताए । हाम्रो सीप र कौशलता अझै निखार्दै लैजाने हो भने हामी आपतकालिन शल्यक्रिया पनि दूरबीन प्रविधिबाट छिटो छरितो तरिकाले गर्न उनले बताए । शल्याक्रिाय गर्ने टोलिमा एनेसथेसियाका डा. पूर्णकला गुरूङ, नर्सहरूमा सुजता राई, प्रतिमा बस्नेत र बन्दना खड्का रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्