होमियोप्याथीको इतिहास र महत्व

होमियोप्याथीको इतिहास र महत्व

होमियोपैथिक चिकित्सा पद्धत्ति का अविष्कारक डा. सैमुअल हैनिमैनको जन्म जयन्तीको अवसरमा “विश्व होमियोपैथिक दिवस” को रुपमा मनाउदै आईरहेका छौं । आज महात्मा हैनिमैनको २६६ औं जन्म जयन्ती रहेको छ ।
जर्मनीका एलोपैथिक चिकित्सक हैनिमैन (एम.डी.) ले एलोपैथिक चिकित्सा पद्धत्तिबाट उपचार गर्दा प्रयोग गरिएका औषधिबाट साईड इफेक्टका कारण मानव स्वास्थ्यमा गम्भीर प्रकारका समस्याहरु थप हुँदै गएको देखेर यसको विकल्पमा लामो समयको अनुसन्धान गरिए पश्चात सन् १७९६ ई.मा होमियोपैथिक चिकित्सा पद्धत्तिको अविष्कार गर्नु भएको थियो ।
यो चिकित्सा प्रणाली (Similia Similibus Curentur) “समान नै समान” को उपचार सिद्धांत्तमा आधारित छ । यस पद्धत्तिमा औषधिको परीक्षण स्वस्थ्य मानिसमा प्रयोग गरिएको छ । यसबाट कुनै प्रतिकुल असर (Side Effect) हुदैन ।
सन् १७९६ मा जर्मनी बाट सुरु भएको होमियोपैथिक चिकित्सा पद्धात्ति संसारका सबै देशमा फैलिएको छ । WHO लगायतका ११ स्वास्थ्इ का संगठनले विश्वको दोस्रो ठूलो चिकित्सा पद्धत्तिको रुपमा स्वीकार गरेको छ । विश्वका ८० भन्दा बढी देशहरुमा होमियोपैथिक चिकित्सा पद्धत्ति लाई प्रयोग र वैद्यानिक प्राप्त भएको छ ।
छिमेकी देश भारतको सरकारले वैकल्पिक चिकित्साको प्रर्वद्धन र विकासको निम्ती छुटै आयुष मन्त्रालयको स्थापना गर्नु भएको छ ।दक्षिण एशियामा भारत बाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशमा पनि अन्यन्त लोकप्रिय र उक्त देशहरुमा छुटै होमियोपैथिक मेडिकल काउँन्सिल रहेको छ ।

नेपालमा होमियोप्याथी
नेपालमा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा काठमाण्डौमा हैजा (Cholera) फैलदा त्यसको नियन्त्रणको लागि एउटा बंगाली मुखर्जी भने-चिकित्सकले सर्वप्रथम होमियोपैथिक औषधि केम्फोरा ( Camphora) को प्रयोग गरी नियन्त्रण समेत गर्नु भएको थियो ।
चन्द्रशमशेर जंग बहादुर राणाले होमियापैथिक औषधिको चमत्तकारी प्रभाव हेरेर धेरै प्रभावित हुन भयो र उनीले आ‡न् ो परिवारमा त्यसै बेला देखि होमियोपैथिक चिकित्सालाई प्राथमिकता दिनु भएको थियो । त्यस पछि रुद्र शमशेरको पालामा नेपाली भाषामा पारिवारिक होमियापैथिक चिकित्सा भन्ने पुस्तक वि.स. १९७९ मा प्रकाशित भएको पाईन्छ । सुनधारमा होमियोपैथिक पशु अस्पताल खुल्यो । त्यसलाई त्रिपुरेश्वरमा सारियो ।
वि.स. २००४ मा सनधारामा ज्ञानेन्द्र मेमोरियल होमियोपैथिक औषधालय स्थापना भयो ।
- २००७ सालमा, अखिल नेपाल होमियोपैथिक एशोशिएसनको स्थापना भएको छ ।
- २०१० सालमा, रामनाथ अघोरी बाबाले राजा त्रिभुवनलाई निवेदन गरी छ (६) शयाको अस्पताल पशुपति मन्दिर परिसरमा संचालन गराउनु भयो । यसको नाम पशुपति होमियोपैथिक अस्पताल राखीयो । पछि यो अस्पताल ललितपुर जिल्लाको हरिहर भवनमा सारिएको छ ।
- २०४७ सालमा नेपाल होमियोपैथिक चिकित्सक संघ संस्थापक अध्यक्ष डा. जीवन प्रकाश राय, अमडुवा, सुनसरी को नाउँमा जिल्ला प्रशान कार्यालय विराटनगर मोरङ्गमा दर्ता भएको छ । यो संस्था २०४८ मा समाज कल्याण परिषद् काठमाडौंमा दर्ता भएको छ ।
ड्ड वि.स. २०४९/२०५१/२०६५ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चिकित्सा महाशाखाले तीन पटक नेपाल होमियोपैथिक मेडिकल काउन्सीलको विधान ड्राफट् गर्ने कार्यदल बनाएको थियो । त्यो कार्यदलले सोलह पाने विधानको ड्राफ् ट स्वास्थ्य मन्त्रालय कानून तथा व्यवस्था शाखामा बुझायो र विद्येयकको लागी पेश गरिएको थियो । सरकारको फेरबदलले गर्दा, हालसम्म “नेपाल होमियोपैथिक मेडिकल काउँन्सिल” आउन सकेन । वि.स. २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धमा डा. जीवन प्रकाशको अध्यक्षतामा होमियोपैथिक विषय समिति गठन गरी बी.एच.एम.एस. को

पाठय् क्रम तयार गरेर, “नेपाल होमियोपैथिक मेडिकल कालेज” विराटनगरमा स्थापना गराउनु भयो ।
हाल होमियोपैथिक सेवा विकास तथा विस्तार अध्ययन कार्यदल २०७६ को प्रतिवेदन प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ मा समेत बुझाईएको छ ।

लेखक
डा. रवि प्रकाश
वरिष्ठ होमियो फिजिशियन महासचिव
नेपाल होमियोपैथिक चिकित्सक संघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्