“कोविड नियन्त्रण मा रणनीतिक ब्यबस्थापन”

“कोविड नियन्त्रण मा रणनीतिक ब्यबस्थापन”

बिश्व नै अहिले आक्रान्त पार्दै मेडिकल साइन्सलाइ नै चुनौती दिएको Covid -19 र हाल देखिएको नयाँ भेरियन्टले साँच्चै ठुला कहलिएका र अत्याधुनिक प्रविधि सम्पन्न मानिएको राष्ट्र पनि बेकम्पुसे रहेछ भन्ने पुष्टि गरिसकेको छ ।
‌हामी साना र बिकासिल राष्ट्र र यसका नागरिकहरु भने यससग लड्न र सामुहिक एक्यवद्धता जनाउनुको सट्टा ब्यक्तिगत स्वार्थ देखि केहि माथी उठ्न सकेका छैनौ । त्यसैगरी, राज्यका सबै तहहरू यसबाट बच्न र न्युनिकरण गर्न रणनीतिक ब्यबस्थापन मा जुटेको देखिदैन, यदि अब पनि थोरै ढिला हुने हो भने, दिल्ली जस्तो भयावह स्थिति नआउला भन्न नसकिएला । त्यसपछि, लम्पसार हुन देखि बाहेक केही बिकल्प नहोला भन्ने दुइमत नहोला ।
‌कोविड नियन्त्रण को लागि निम्न व्यवस्थापकिय कार्यहरू गर्न सकिन्छ:-
‌१. जनचेतना

‌कोविड नियन्त्रण को लागि सर्वप्रथम आवश्यक उपकरण भनेकै जनचेतना हो । यसका लागि माइकिङ, बिधुतिय संचार, म्यासेजबाट लक्षण र रोकथाम को उपाय बारे जनचेतना अति नै अपरिहार्य छ । त्यसैगरी, PCR पोजेटिभ आएको सम्पुर्ण घरहरूलाइ बिशेष निगरानीमा राखी आवश्यक सल्लाह सुझाव, र बिशेषज्ञ टोलिको परामर्श दिनु आवश्यक छ र यसका लागि आपतकालीन रेस्क्यु टीम बिशेष मेडिकल विशेषज्ञको संयोजकत्वमा प्रत्येक वडाको लागि तयार गर्नु अति आवश्यक रहेको छ ।

२. साबधानिको उपायहरु को अबलम्बन

कोबिड न्युनिकरण र चाडै नियन्त्रण मा लिएर आउन यसको चेन प्रणाली लाइ रोक्नु नै हो‌ । हामी जति सक्दो चाडो चेन प्रणाली बेर्क गर्छौ ,त्यति चाडो यो माहामारीबाट बच्न सक्छौं । यसका लागि निम्न उपायहरू गर्न सकिन्छ:-

- घरबाट बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्ने ‌र यस्तो नगरिएमा एक चोटी लाइ खबरदारी गर्ने अर्को चोटि लाइ फाइन चार्ज गर्ने ।

- साबधानिको लागि आवश्यक पर्ने मास्क,सेनिटाइजरको सकभर उत्पादन राज्यको ‌तहबाट आफै गर्ने र सस्तो ‌लागत मुल्य मा जनता लाइ उपलब्ध गराउने । नभए, यस्तो उत्पादन मा कृयासील ब्यापारि वर्गसग समजस्यता स्थापित गरी , सकिन्छ भने सवसिडि उपलब्ध गराइ प्रत्येक वडा वडामा मास्क ,सेनिटाइजर न्युन मुल्य मा सर्वत उपलब्ध हुने ब्यबस्था मिलाउने ।

३.कर छुट तथा विशेष सुविधा उपलब्ध गराउने

- अति आवश्यक वस्तु हरु को उत्पादनमा लागेका उधोग हरुलाइ थप हौसला दिन राज्य को तहबाट कर छुट, बिधुतिय महसुल मा सहुलियत आदि प्रदान गरी बढी भन्दा बढी उत्पादन मा उत्प्रेरित गर्ने र बस्तुको बितरण मा न्युन मुल्य मा आपुर्ति व्यवस्था गर्न सहजीकरण गर्ने ।

४.दण्ड जरिवना र पुरस्कृत गर्ने

-कालोबजारी, कृतिम बस्तु अँभाब गर्ने बिक्रेताहरुलाइ कडा कारबाही को नियम तुरुन्त लगाउने र यसको सुपरिवेक्षण स्थित बाक्लो गराउने । त्यसैगरी, सहुलियत दरमा अनिवार्य आवश्यक बस्तुहरु उपलब्ध गराउने उद्योग,थोक बिक्रेता तथा खुद्रा व्यापारी लाइ वडा स्तरीय सम्मान गर्ने । यसका लागि, तुरुन्त, डिजिटल माध्यमको प्रयोग गरि, राज्य को अफिसियल वेबसाइटमा पुरस्कृत , बधाई जानकारी गराउने ।

५.अति रिक्त सेवा सुविधा उपलब्ध गराउने

राज्यको केन्द्रीय तहबाटै केहि सुबिधा यस्तो अवस्थामा खटिने कर्मचारी लाइ उपलब्ध गराइने भन्ने पनि उध्घोष भइसकेको छ । तर, तहगत सरकार ले यसलाइ कार्यन्वयनमा सहजताको लागि पहल गर्ने । आफ्नो क्षेत्रमा फ्रन्टलाइनमा बसेर खटेका व्यक्तिहरू को बिशेष सुबिधा, सुरक्षा तथा हौसलाको लागि अभिनन्दन समेतको ‌ब्यबस्था गर्ने ‌।

लेखक:
सन्तोष आचार्य
विराटनगर-०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्