कोभिड मृतकको शव व्यवस्थापनमा नेपाल स्काउटको अग्रसरता (कहाँ कसलाई गर्ने सम्पर्क, नम्बरसहित)

कोभिड मृतकको शव व्यवस्थापनमा नेपाल स्काउटको अग्रसरता (कहाँ कसलाई गर्ने सम्पर्क, नम्बरसहित)

विराटनगर । नेपाल स्काउटले प्रदेश नं १ मा कोभिड–१९ बाट मृत्यु भएका मानिसहरूको शव व्यवस्थापन कार्यमा अग्रसरता लिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी शव व्यवस्थापन कार्यविधिको माहतमा रहेर नेपाल स्काउटले कोभिड मृतकका शवको व्यवस्थापन गर्न थालेको होे । प्राटोकल अनुसारको सैद्धान्तिक तथा व्यवाहारिक तालिमको सहजीकरण गरेर नेपाली सेनाले स्काउटरहरुलाई पोख्त बनाएको छ ।

त्यसै अनुसार कोभिड–१९ भएर मृत्यु भएका मानिसहरूको शव व्यवस्थापनका लागि प्रदेश १ मा ४२ जना स्काउटरले तालिम लिएका हुन् । नेपाल स्काउट प्रदेश १ संयोजक रवि खनालका अनुसार तालिम लिएका स्काउटरहरुलाई झापा, मोरङ र सुनसरीमा विभिन्न केन्द्रहरु निर्माण गरि क्यारेन्टिनमा राखिएको छ । प्रदेश १ का यी तीन जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिम मानिएको छ । यी जिल्लामा छ केन्द्र बनाएर शव व्यवस्थापनका लागि तालिम प्राप्त स्काउटको टोलिलाई स्थानीय पालिकासँगको समन्वयमा क्यारेन्टिनमा राखिएको संयोजक खनालले जानकारी दिनुभयो ।

अहिले शव व्यवस्थापनका लागि तालिम प्राप्त १८ वर्ष माथिका सात महिलासहित ३५ पुरुष छन् । गत बैशाख १७ गते विराटनगरमा एक पुरुषको शव व्यवस्थापन गरेको स्काउटले त्यस यता ५ वटा शवको व्यवस्थापन गरिसकेको छ । शव व्यवस्थापनका लागि झापाको बिर्तामोड, भद्रपुर र दमक, मोरङको विराटनगर र बेलबारी, सुनसरीको धरानलाई केन्द्र बनाएर स्काउटको टोलि परिचालित भएको संयोजक खनालले जानकारी दिनुभयो ।

शव व्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री नेपाल स्काउटको आन्तरिक स्रोत र प्रदेश सरकारले उपलब्ध गराउने छ । त्यस बाहेक स्थानीय पालिकाहरुले समेत सहजीकरण गर्नसक्नेछन् । नेपाल स्काउटको प्रदेश १ का सबै पालिकामा समितिहरु रहेका छन् । कोभिड मृतकको शव व्यवस्थापन गर्नुपर्ने अवस्थामा स्थानीय पालिकाका जनप्रतिनिधि वा स्काउटको समितिले सूचना उपलब्ध गराउने सुविधा छ । सहज सूचना पहुँचका लागि शव व्यवस्थापनमा खटिने टोलिको सम्पर्क नम्बर प्रत्येक पालिकामा पठाइसकिएको खनालले जानकारी दिनुभयो ।
कोभिडबाट आफन्त गुमाएका परिवारले संस्कार अनुसार जलाउने वा गाड्ने संरचना आफैं निर्माण गर्नेछन् । परिचालित स्काउटको टोलिले अन्तेष्टिस्थलमा शव राखिसकेपछि आफन्तले सुरक्षित तवरले अन्तिम संस्कारमा सहभागी हुने अवसर पाउनेछन् ।

अन्य स्वयंसेवीहरूले समेत यो काम गरिरहेको भए पनि स्काउटले पहिलो पटक शव व्यवस्थापनको काम थालेको हो । अन्य प्रकोपको बेला पनि स्काउट खटिने भएकाले शव व्यवस्थापनमा समेत यसको अग्रसरताले सामाजिक छवी अझै बढाउने अपेक्षा गरिएको छ । स्काउटको प्रदेश कार्यालयले नेपाली सेनाको पूर्वी पृतनामा शव व्यवस्थापनका लागि इच्छा व्यक्त गरेपछि तालिमको आयोजना गरिएको थियो । चारदिने तालिममा शव व्यवस्थापन प्रोटोकलसँग सम्बन्धित सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा सीप सिकाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्