कोशी अस्पताल बिराटनगरमा भिड छिचोल्दै विरामी, उपचारमा आउने जोखिममा

<span class='c1'>कोशी अस्पताल बिराटनगरमा भिड छिचोल्दै</span> <span class='c2'>विरामी, उपचारमा आउने जोखिममा</span>

विराटनगर
आकृति रानी फुयल

विराटनगरस्थित कोशी अस्पतालमा देखिएको यो भिड हेर्नुस् त सिनेमा हलको टिकट काउण्टर जस्तो देखिएको छैन त ! मानिस बिरामी भएपछि जाने ठाउँ हो अस्पताल तर विश्वब्यापी महामारी कोरोनाका समयमा यो भिड देख्दा त अस्पताल जानू भन्दा नजानु नै ठिक जस्तो देखिन्छ ।

बिरामीको उपचार गर्नुपर्ने ठाँउ नै भिडले असुरक्षित भएपछि उपचारका लागि कहाँ जाने बिरामिले ? कसरी सुरक्षित हुन सक्लान् । यस्ता ठाँउमा त अझ सचेतना फैलाउदै सावधानीपूर्वक ब्यवस्थित रूपमा बिरामीले उपचार गराउन पाउनुपर्ने ब्यवस्था अस्पताल ब्यवस्थापन समितिले गर्नुपर्ने तर सावधानीका लागि अस्पताल प्रशासन चुक्दै आएको छ ।

कोशी त एक प्रतिनिधिस्थल मात्र हो । हामी जहाँ जुनसुकै अस्पताल वा अन्य बैंक तथा वित्तिय संस्था कुनै सार्वजनिक स्थलमा देखिने भिड यस्तै हुन्छन् । जसकारण कोभिड संक्रमण दिनहुँ बढ्दै गइरहेको छ। राष्ट्रिय बाणिज्य बैंक विराटनगरको बरगाछी शाखाका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि शाखाको काम नै रोकिएको छ । यस्तै मालपोत कार्यालयमा समेत कर्मचारीलाई संक्रमण देखिएपछि सेवाप्रवाह रोकिएको छ ।

सार्वजानिक स्थलमा देखिएको भिडलाई व्यवस्थित बनाउन नसक्दा कोरोना संक्रमणको जोखिम बढ्दै गएको बेला कोशीको स्थिति झन् भयावह देखिन्छ । कोशी अस्पताल विराटनगरका ब्यवस्थापन समिति अध्यक्ष महेश भट्टराईसँग अस्पतालको भिड व्यवस्थापनका लागि कुनै योजना बनाउन सकिदैन ? , अस्पताल काउण्टरमा देखिएको भिड को प्रमुख कारण के हो ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्–एउटा त सरकारले बिमाको उपचार सरकारी अस्पतालमा नै गराउनुपर्ने निर्णय गरेपछी बिरामीको चाप बढेको हो । अर्को त जनचेतनाको कमि भएर पनि हो।

अस्पताल प्रशासन वा ब्यवस्थापन समितिले जनचेतनामुलक कुनै कार्य गर्दा पो हुन्थ्यो ? भन्ने प्रश्नमा उनी भन्छन्– 'हामीले अस्पताल प्रशासन र ब्यवस्थापन समितिबाट गर्न सक्ने जति कार्यहरू भिड धेरै भयो भनेर धेरै सबै गरिसक्यौॅ तर नेपाली जनता बुझ्दैनन् । हामीले भिडको ब्यवस्थापनका लागि सर्वसाधारणलाई सचेतना गराउने उद्देश्यले स्वयंसेवक खटायौॅ, टोकनको ब्यवस्था समेत गर्यौॅ तर रोक्न सकिरहेका छैनौं ' ।

अध्यक्ष भट्टराईले भने ' यहि भिड भाटभटेनीमा घन्टौंसम्म शान्त भएर बसेको हुन्छ बिल काउण्टरमा तर त्यहाँ कुनै हल्ला ,विरोध वा कुनै असन्तुष्टि देखिदैन प्रशासन वा ब्यवस्थापनप्रती तर हाम्रो अस्पताल चाहिँ सरकारी भएर हो कि किन यहि भिडलाई ब्यवस्थित गर्न हामिलाई गाह्रो परिरहेको हुन्छ '।

अब यो भिडलाई कसरी ब्यवस्थापन गर्न सकिएला त ?
ब्यब्यवस्थापन समितिले जुन उद्देश्यले टोकनको ब्यवस्था गरिरहेको थियो त्यस्ले उहाँहरुलाई असुबिधा भयो रे त्यसैले हाल केहिदिनको लागि हामिले टोकन हटाएर ट्रायल गरौं भनेर हटाएका छौं । साथै यो अव्यवस्थित भिडलाई ब्यवस्थित गर्नका लागि हामिले थप २ वटा टिकट काउण्टर निर्माण गर्दैछौं जुन २/३ दिनमा तयारी हुन्छ । अहिले हामि संग ४ वटा मात्र काउण्टर भएकाले पनि अलिकती समस्या बढेको हो। उक्त काउण्टर भने ज्येष्ठ नागरिक र अपांगता भएका ब्यक्तिहरुले प्रयोग गर्नेछन् । त्यसपछि हामी पुनः टोकनको सुविधा लागू गर्नेछौं । आशा गर्छौं त्यतिन्जेल सर्वसाधारणमा पनि चेतना आउँछ होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्