नेपालमा प्रतिबन्धलाई किन हतियार बनाईदैछ ?

नेपालमा प्रतिबन्धलाई किन हतियार बनाईदैछ ?

एकै कुरा कसैलाई राम्रो लाग्न सक्छ भने त्यहि कुरा अरु कसैलाई नराम्रो पनि लागि रहेको हुन सक्दछ । सन् २००७ मा आएको 'द सिम्पसम्स मुभि' नामक चलचित्रलाई म्यानमारमा प्रतिबन्ध लगाईएको थियो । यसको कारण उक्त चलचित्रमा भएको कुनै संवेदनशिल दृष्य वा अरु केहि थिएन । बरु चलचित्रमा अत्याधिक रुपमा प्रयोग भएको पहेंलो र रातो रंग थियो । किनभने म्यानमारमा यि दुई रंगलाई सरकारले आफ्नो विरोधी समुहको प्रतिकका रुपमा मान्दथ्यो ।

संसारमा यस्ता थुप्रै कुराहरु छन् । जुन व्यक्ति, समुदाय, देश, धर्म, लिंग वा समुहको आधारमा अलग अलग अर्थ राख्दछ ।
- एउटै सिनेमा कसैले मनोरंजनात्मक रुपमा हेर्दछन्, कसैले भने त्यसमा आपत्ति जनाईरहेका हुन्छन् ।
- एउटै सम्झौता कसैलाई ठिकै लागि रहेको हुन्छ, कसैलाई सबै कुरा सकिने कागज ।
- एउटै गित कसैका लागि वास्तविकताको कथा लागिरहेको हुन्छ भने कसैलाई नियोजित बेईज्जती ।
शब्दको भावना मानिस पिच्छे अलग हुन सक्छ । त्यहि वाक्यमा आधुनिक हुदै गएको समाज देख्दछ कसैले भने कसैले विकृत मानसिकताको उपज
एउटै वस्तु कसैको अमृत त कसैको लागि बिष । एकै व्यक्ति कसैको भगवान त कसैको लागि राक्षस ।

भिडियोमा हेर्नुहोस्:

मन पराउने, धृणा गर्ने । आफ्नो भन्ने , पराया ठान्ने । हितमा सोच्ने , कुदृष्टी लगाउने । यो चक्र ईतिहास देखि नै चलि आएको छ । र जब शक्तिसाली पक्ष चाहे त्यो सत्ता होस् वा समुह । धनि होस् वा नेता । उनीहरुको अधिकारमा छ भने आफ्नो विपक्षको वा आफुले मन नपराएको कुरा या आफुलाई समस्या लाग्ने कुरालाई नियन्त्रण गर्न खोज्दछन् ।
हिन्दु धर्मशास्त्रमा हिरण्य कस्यपुले हरि भजनमा नियन्त्रण गर्न खोजेको प्रसंग छ । ईतिहासमा आफ्नो बाहेक अरुको आस्था प्रतिबन्ध लगाउने चलन पनि पुरानै हो । भारतमा बाबरी मस्जिद भत्कियो । पाकिस्तानमा हिन्दु मन्दिरहरु । क्रिस्चियन मिसनरीहरुले अरु धर्म छाडेर आफुसँग मानिसहरु ल्याउन अनेक योजना ल्याए । जर्मनीमा लाखौं यहुदीको नरसंहार भयो । कम्युनिष्ट तथा तानाशाह भएका देशले जर्ज अर्विलले लेखेको उपन्यास एनिमल फार्ममा बन्देज लगायो । तसलिमा नसरिनको उपन्यास लज्जालाई बंगलादेशले रोक लगायो । चीनमा ग्रेट फायर वाल भनेर ईन्टरनेटलाई नियन्त्रित गरिएको छ । नेपालमा पनि प्रतिबन्ध गरिएका र गर्न खोजिएका कुराहरुको लिस्ट लामै छ ,

अमेरिकामा २० औं शताब्दीको सुरुमा मदिरा प्रयोगको समस्या निक्कै धेरै थियो । यसको अत्याधिक प्रयोगका कारण मानिसहरुको स्वास्थ्य, आर्थिक र सामाजिक अवस्थामा समस्या पर्न थालेपछि सन् १९२० देखि मदिराको उत्पादन, आयात, ढुवानी र बिक्रिमा प्रतिबन्ध लगाईयो । धेरै जनाले यो प्रतिबन्धको खुलेर स्वागत गरे प्रतिबन्ध पछि मदिराको प्रयोग र लिभर सिरोसिस जस्ता रोग ५० प्रतिशतले कम भयो । संविधान संसोधन गरेरै लगाईएको यो प्रतिबन्ध पछि खुलेआम मदिराको उत्पादन, बिक्रि र प्रयोगमा रोक लाग्यो तर लुकिछिपि यसको व्यापार गर्नका लागि अपराधी गिरोहहरु सक्रिय हुन थाले । अर्गनाईज्ड क्राईम, स्मगलिन बढ्यो भने कर संकलनमा कमि आयो । अपराध गर्नेहरुका लागि यसको व्यापार पैसा कमाउने राम्रो माध्यम बन्यो । प्रतिबन्धले मदिरा समस्या झन् बढाएको भन्दै सरकारले जनदबाव सहनु पर्यो र १९३३ मा मदिरा माथिको प्रतिबन्ध हटाउनु पर्यो ।

प्रतिबन्धको समय अमेरिकामा मदिराको समस्या समाधान भएको थियो कि थिएन ? त्यसमा पक्ष र विपक्षमा मतहरु बाढिएका छन् ।

भारतको बिहार राज्यमा मदिरामा प्रतिबन्ध लगाईएको छ । तर त्यहि बाहिर प्रतिबन्धको समर्थन गर्ने नेता तथा कर्मचारीहरुकै घर र कार्यालयहरुबाट मदिरा बरामद भएको समाचारहरु बाहिरिरहन्छ ।

कुनै वस्तुको प्रयोगले समाजमा नकारात्मक असर पारिरहेको छ र त्यसमा प्रतिबन्ध लगाउने हो भने पनि मानिसहरु त्यसको प्रयोग गर्न ईच्छुक भईरहनेछन् । र हामीलाई यो थाहा छ कि कुनै वस्तुको प्रयोगकर्ता छन् भने उत्पादक पनि हुन्छन् । उनीहरु कुकिछिपि भएपनि त्यसको उत्पादन गर्दछन् । अर्को तिर मानिसहरु लुकेरै भए पनि त्यसको प्रयोग गरिरहनेछन् । जसरी नेपालमा प्रतिबन्ध गरिएको पोर्न साईटहरु मानिसहरु भिपिएन प्रयोग गरेर खोल्दछन् । क्रिप्टोकरेन्सीका लागि विदेशको साथीहरुको सहयोग लिन्छन् । गाँजा खेति बढि नै रहेको छ । स्कुल ड्रेसमा कुदाउन प्रतिबन्ध गरिएको मोटरसाईकलको लाईन प्लस टु कलेज बाहिर देख्न सकिन्छ । यौन व्यवसाय उसै गरि चलिरहेको छ । प्रहरीले हटाउन लगाएका भिटेनका गित खोजी खोजी सुनिन्छन् ।
यसले समाजमा कानुन नमान्नेहरुको उपस्थिति बढाउछ र नितिगत अपराधीकरण तर्फ लिएर जान्छ ।

कलाकार प्रकाश सपुतको पिर नामको गित २०२२ को मार्च ११ को राती युट्युबमा अपलोड भएको थियो । गित आए पछि विशेष गरि नेकपा माओवादीका सदस्यहरुले गितको विरोध गर्न सुरु गरे । माओवादी विद्रोहको योद्धालाई यौनकर्ममा लागेको देखाईएको भन्दै गितलाई प्रतिबन्ध नै लगाउनु पर्छ भन्ने मागहरु उठ्न थाले । गितमा प्रतिबन्ध त लागेन तर गितलाई अझ बढि मानिसहरुले हेरे । गायकको युट्युब च्यानलमा ४ दिनमा डेढ लाख भन्दा बढि नयाँ सब्स्क्राईबर थपिए। ४ दिन मै प्रतिबन्ध लगाउनु पर्छ भनिएको गित ७३ लाख मानिसहरुले हेरे । गितको विरोध गर्नेहरुले यसलाई अझ बढि चर्चित बनाईदिए ।

यसको अर्थ प्रतिबन्धले त्यो रोकिन्छ भन्ने होईन । ह्युमन नेचर हो लुकाईएको कुरा हेर्न मानिसहरुलाई अझ बढि जिज्ञाशा उठ्दछ ।

प्रतिबन्धको कुरा गरि रहँदा उत्तर कोरियाको कुरा गर्न मन लागि हाल्छ:
उत्तर कोरियामा विदेशी चलचित्र हेर्नु वा गित सुन्नु, विदेश फोन गर्नु जस्ता निक्कै सामान्य कुराहरुमा समेत प्रतिबन्ध लगाईएको छ । र जब कुनै देशमा प्रतिबन्ध लगाउन खोजिन्छ । तब त्यहाँ जटिलताहरु आउन सुरु हुन्छ । र प्रजातन्त्र माथिको खतरा बढ्दै जान्छ ।

कुन सिनेमा हेर्ने ? कुन गित सुन्ने ? कुन पुस्तक पढ्ने , कुन धर्म मान्ने वा भाषा बोल्ने त्यो व्यक्तिको छनौटको विषय हो । अधिकार हो ।

जब कुनै एक व्यक्तिले गर्ने कार्यले अरु कसैलाई प्रत्यक्ष असर पार्दैन भने ति कुरा नियन्त्रणको प्रयास गरिनु हुदैन । यस्ता अधिकार प्रयोग गर्दा अरु कसैले चित्त दुखाउछ भने त्यो उसको व्यक्तिगत कुरा हो । कानुन र सरकारले हस्तक्षेप गर्ने होईन ।

अझ चलचित्र, गित, कविता, पुस्तक जस्ता Creatives हरुलाई नियन्त्रणको प्रयास गर्नु समाधान होईन । बरु समस्या हो ।

अनि कुनै खराब कुरा निषेध गर्नु नै समाधान हो भन्ने निष्कर्षमा हामी पुग्छौं भने पनि कुन असल र कुन खराब भनेर कसले तोकिदिने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्