प्रेम देवान
विराटनगर । मोरङको कटहरी गाँउपालीका १ खोरिया मा रहेको गाँउले एग्रो फार्म प्रालिको दुध उत्पादन तथा उत्पादकत्व वृद्धी गर्ने उदेश्यका साथ नेपाल लाइभस्टक सेक्टर ईनोभेसन आयोजनासंगको सहकार्यमा थप आयोजना सञ्चालन गरिँदैछ ।
उत्पादित दुधको उचित बजार व्यावस्थापन तथा रोजगारी श्रृजना गर्ने लक्ष्य बोकी गाँउले एग्रो फार्मले ईनोभेसन कार्यक्रमलाई अगाडी बढाएको हो ।
२०७६ कात्तिकमा ५ वटा उन्नत जातका गाईहरुबाट सुरुवात गरेको गाईपालन अहिले २० वटा दुध दिने गाईहरु रहेका छन् । विहान बेलुका गरेर झण्डै २ सय लिटर दुध उत्पादन गरी कटहरी र विराटनगर महानगरपालिकामा अनलाईन होम डेलिभेरी मार्फत बिक्री वितरण गर्ने गरेको गाँउले एग्रो फार्मका संचालक विनोद शिवाकोटीले जानकारी दिनुभयो ।
सुरुमा २ करोड लगानी गरेर १ विगाहा जग्गामा सुरुवात गरेको गाईपालनको लागी अब नयाँ थप कामका लागि सरकारले ५० प्रतिशत अनुदान दिने भएको छ । गाँउले एग्रो फर्मले स्थानियवासीसंग सार्वजनिक सुनवाई कार्यक्रम गर्दै फर्मले आगामी दिनमा लगानी थप्दै थप ६० वटा गाई सहित अत्याधुनिक मोडल गोठ निर्माण गरी ८ सय देखी १ हजार लिटर दुध उत्पादन गर्ने लक्ष्य लिएको छ । ।
ताजा तथा शुद्ध दूध नै गाउँले फार्म को प्रतिबद्धता नारा सहित गाँउले फार्मको दुध सबैको रोजाई बन्दै गएको फार्मले जनाएको छ । सार्वजनिक कार्यक्रममा गाँउले एग्रो फार्म स्थानिय स्तरमा रहेका कारण यहाँको ताजा र शुद्ध दुध पाँउदा गाँउलेबासी खुशी प्रकट गरेको थिए । दुधको मागअनुुसारको आपुर्ती दिन नसहकी रहेको फार्मका संचालक शिवाकाटीले बताउनुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत लाईभस्टक सेक्टर ईनोभेसन आयोजना अन्तर्गत विकेन्द्रकृत आयोजना सहयोग ईकाई विराटनगरद्धारा फर्मलाई सहयोग गर्ने भएको छ ।
कुल लागत १ करोड ४२ लाख ११ हजार १ सय ६० रुपैया लगानी गरेको मा ७१ लाख ५ हजार ५ सय ८० अनुदान पाउने भएको छ । त्यसैगरी ऋण लगानीको लागी कुमारी बैंक विराटनगर शाखाले ५९ लाख ८५ हजार र लाभग्राही संस्थाको तर्फबाट ११ लाख २० हजार ५ सय ८० रुपैया लगानी गरी ईनोभेन आयोजनालाई अगाडी बढाउन लगेको हो । । यसको स्थापना कालदेखी नै नियमित ग्राहक बनेको यहाँको दुध बाट आफु सन्तुष्ट रहेको विराटनगर १० का योगेन्द्र कार्कीले बताउनुभयो । फार्मबाट सिधै घरमा आउने भएकाले दुधको गुणस्तर र कुनै पनि मिसावट नभएको कार्कीले बताउनुभयो ।
डेनमार्कबाट फर्केका शिवाकोटीले नेपाल मै केही गरौ भन्ने परिकल्पना बोकेर थालेको गाईपालन आन्दानीको राम्रो स्रोतसंगै १० जना लाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन् ।