एमाले दाहिने हुँदा अशोक राईलाई संसदको ढोका खुल्यो

एमाले दाहिने हुँदा अशोक राईलाई संसदको ढोका खुल्यो

सुजता लिम्बू
विराटनगर । कात्तिक २५ गते धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका कार्यकर्ताहरूलाई जसरी अशोक राईलाई जिताउन निर्देशन दिएका थिए ।
उनले ठट्यौली भाषामा राईलाई इकिंत गर्दै भनेको थिए,‘ हाल अशोक राई एमालेमा हुनुहुन्न, उहाँ नहुँदा पनि एमालेको संगतले जितिन्छ भन्ने पुष्टि गर्नुछ ।’ त्यसो त ओलीले भने जस्तो एमालेको संगतले अन्य जिल्लामा खासै प्रभाव परेन । तर, सुनसरी–१ नम्बर क्षेत्रको धरान भएको मतगणनाको अन्तिम अवस्थामा आशोक राईले संसदीय ढोका खोल्न सफल भए ।

मत गणनाको सुरुवात देखि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिइरहेकी थिइन् । मत गणनाको अन्तिम चरणमा भने राईले अग्रता लिएसँगै सुनसरी क्षेत्र नम्बर १ बाट बाजी मार्न सफल भए । यता, लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बाले तेश्रो स्थान पाए ।
जीवनको उर्जाशिल उमेर राजनीतिमा विताएका अशोक राईले ३ वटा प्रत्यक्ष निर्वाचनमा पराजय बेहोरेका थिए । हाल एमालेसँगको गठबन्धनको आडमा अहिले राई सांसद बने ।

तत्कालिन एमालेमा रहदा अशोक राई पार्टी भित्र नै सर्वाधिक मतले निर्वाचित हुने नता थिए । ०४६ सालको जनआन्दोलनमा धरानमै बसेर मोर्चा सम्हालेरका राई ०४६ सालको आन्दोलनमा धरानमै बसेर मोर्चा सम्हालेका राई नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर २०४७ मा बनेको एमालेको केन्द्रीय सदस्य थिए ।

एमालेको केन्द्रिय सदस्य बनेसँगै उनी पार्टी संगठनका लागि पहाड हानिए । ‘रातो लालटिन’ बोकेर पूर्वी नेपालको पहाडीको कुना कन्दरा धाउनु गाँउका मान्छेलाई एकै ठाँउ जम्मा गरेर संगठनको काम गर्नु अशोक राईको पार्टी भित्रको लगाव र प्रभाव थियो । उनले पार्टी भित्र गरेको काम, लगाव र संघर्षकै कारण ०४८ को निर्वानमा चुनावी प्रतिस्पर्धामा उत्रिन खोजे तर, मनमोहन अधिकारीको सुनसरी क्षेत्र नम्बर एकमा प्रवशे भएसँगै राई व्याक भए । राई धरान छोडेर खोटाङ क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न गए । जन्मस्थान र आफैँले सङ्गठनसमेत गरेको ठाँउ भएर पनि होला त्यो समय उनले निर्वाचनमा विजयी हासिल गरे ।

०४८ मा खोटाङ ३ बाट निर्वाचित राई ०५१ को मध्यावधिमा भने खोटाङ २ बाट निर्वाचित भएका थिए । ०५४ को पार्टी विभाजनमा राई मालेतर्फ गए । त्यसैले ०५६ को चुनाव राईले मालेबाट उदयपुरमा उठे । तर, जित निकालेनन् । ०५८ मा पुनः मालेमा गएकाहरू एमालेमा फर्किएका थिए । त्यसपछि पुनः अशोक एमालेका भए । ०५६ पछि ०६४ चैत २८ मा पहिलो संविधानसभा सदस्यको निर्वाचन भयो । त्यतिबेला अशोक उदयपुरबाट पुनः निर्वाचन उठे तर हारे ।

०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा भने अशोक फेरि एमालेका रहेनन् । ०६९ मा एमाले छोडेर संघीय समाजवादी नेपाल पार्टी बनाए । ६८ जिल्लामा उम्मेदवार समेत उठाए । तर, राई आफैँ भने प्रत्यक्ष चुनाव लडेनन् । पहिलो संविधानसभा निर्वाचनको बेला तेस्रो भएका अशोक दोस्रो संविधानसभासम्म आइपुग्दा भने समानुपातिकमा बसे ।

समानुपातिक भन्दा कम मत
सुनसरी क्षेत्र नम्बर १ मा समानुपातिक तर्फ एमाले गठबन्धनको मत २३ हजार ७ सय ८१ (एमाले २००९८ र जसपा ३६८) रहेको छ । यता, राईले १७०५९ मत पाए अर्थात समानुपातिक ले पाएको भन्दा कम पत पाएर निर्वचित भए ।यता सत्ता गठबन्धनको मत १८०१५ (काँग्रेस ११७५० , माओवादी ४६५६ र एकिकृत समाजवादी १६०९) रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्