विराटनगरमा घरायसी लेनदेन कारोबार : ब्याज असुल्ने मौका हेर्दा साँवा गुम्यो

<span class='c1'>विराटनगरमा घरायसी लेनदेन कारोबार : ब्याज</span> <span class='c2'>असुल्ने मौका हेर्दा साँवा गुम्यो</span>

विराटनगर । विराटनगर–१५ निवासी आरती साह घिमिरे गाउँघरमै ऋण लगानी गर्थिन् । विश्वासीलो भएर ऋणको लेनदेन गरिरहने व्यक्तिमार्फत भईरहेको कारोबार उनको धेरै पुरानो थियो ।

उनले कारोबार गर्ने स्थानीय गायत्री भट्टराई ऋण लिन्थिन् र दिन्थिन् पनि । लगेको पैसा चुक्ता गर्ने, फेरी लिने र फर्काउने गर्थिन् ।
गायत्रीको पनि आफ्नै पीडा थिए । गायत्री बुबाआमा (माइत) पनि स्याहार्दै आएकी थिइन् । उनका बुबा क्यान्सर पीडित थिए । २०६८ सालमा बुबाको मृत्युभयो । त्यसपछि गायत्रीकी आमाको पनि पक्षघात भएर मृत्युभयो ।

त्यस अगाडी नै माइक्रोफाइनान्सबाट ऋण लिएर बुबा–आमाको उपचारमा खर्चेकी उनी उस्किन नसक्ने अवस्थामा पुगिन् । तर, उनले आफ्नो घरपरिवारका अन्य कुनै सदस्यलाई उपचारका लागि ऋण लिएको जानकारी दिइनन् । छोरी सुजताका अनुसार मेरो माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त वित्तीय संस्था, छिमेकी बैंक जस्ता वित्तीय संस्थामा उनको कारोबार थियो । त्यहाँको रेकर्ड राम्रो छ ।
माइक्रोफाइनान्सको ऋणले किचेपछि उनले गाउँघरमा कारोबार सुरु गरेकी थिइन् । गाउँमा लगानी गर्ने महिलाहरुबाट पैसा लिएर उनले माइक्रोफाइनान्सको बुझाइन्, त्यहाँको रेकर्ड सुधार गरिन् । तर, लघु वित्तीय संस्थाको ऋण चुक्का गर्न गाउँमा जतिपनि ब्याज कबोल गर्दै लिएको ऋणले गायत्री नराम्रोसँग फस्न गइन् । उनमा मानसिक तनाव समेत बढेको छोरी सुजताको भनाई छ ।
एकातिर लिने अर्कोतिर तिर्ने, अर्कोतिर लिने अर्कोतिर तिर्ने गर्दै जाँदा उनले साँवा भन्दा कबोल गरेको ब्याज धेरै बुझाईसकेको दावी परिवारका सदस्यको छ । पहिलोको ऋण दोस्रोसँग मागेर बुझाउने, दोस्रोको तिर्न ऋण तेस्रोसँग मागेर बुझाउने गर्दागर्दै धेरै कबोलेको ब्याजले आफ्नी आमा फसेको छोरीको गुनासो छ ।

कसैको सयकडा १० प्रतिशत, कसैको सयकडा ५ र कसैको ३ प्रतिशतमा ऋण लिदैं तिरेको रहेछ, सुजताले भनिन्–लिएको साँवा समेत दोब्बर बनाएर कागज गराएको पाएँ । उनले गृहणी महिलासँग १८ जनाले ऋण कारोबार लेनदेन गरेको देखिनु आफैंमा छक्क पर्नुपर्ने अवस्था भएकोे बताइन् । त्यसमा छोरीहरु, छोरो र श्रीमान्लाई कहिंपनि सहभागी नगराइएकोले अहिलेको अवस्था आएको देखिन्छ ।
लिएको ऋणले उस्कन नसक्ने स्थिति आएपछि उनी विरुद्ध ऋण लगानी गर्नेहरु एकजुट भएका छन् । त्यसमध्येकी कुसुम तामाङले भनिन्–सातवर्षदेखि कारोबार गर्दै आएको थिएँ, दिएको फिर्ता दिने र फेरी लिने भईरहेको थियो । सुरुमा राम्रै थियो, अहिले पैसा फिर्ता दिने कुरै नभएपछि कानुनी उपचार खोज्न लागेका हौं ।

प्रलोभनमा पारेर ऋण लिएको र फिर्ता नदिएको भन्दै बुधबार १२ जनाले पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले गायत्रीको सम्पूर्ण परिवार मिलेर ऋण लिएको तर तिर्ने बेलामा थाहा नभएको भन्न थालेको आरोप लगाएका छन् । गायत्रीलाई घिमिरे, तामाङ जस्तै विराटनगर–१५ की सगुन तिम्सिनाले ६ लाख ५० हजार, तिनु साहले ४ लख ७० हजार, पूजा साह, दिक्षा साह, विजलीदेवी साह, अशोक घिमिरे, लक्ष्मण ासह, मंगली क्षेत्री, दुर्गालक्ष्मी शाक्य, सोनिका तामाङ। अशोककुमार साहसहितका व्यक्तिहरुले ऋण लगानी गरेको दावी गरेका छन् ।
उनीबाट ऋण लिएकाहरुले इलाका प्रहरी कार्यालय रानीमा ठगी विरुद्धको उजुरी दिएका छन् । त्यमसा १८ जनाले आफ्नो पैसा लिएर फिर्ता नदिएको उल्लेख गरेका छन् ।

यता छोरी सुजताले भने आफ्नी आमा बिरामी भएर उपचारका क्रममा काठमाण्डौंमा रहेको बताइन् । उनले कानुनी उपचारमार्फत आफ्नो ऋणको पुष्टि गरेर फिर्ता लिन सबैसँग आग्रह गरेकी छिन् । ऋण लेनदेनको कागज, त्यसमा परिवारको सदस्यको संलग्नता, प्रयोजन खुलाईएको विवरण, कागजमा उल्लेख गरिएको रकम, त्यो रकमको स्रोत, कागज गरिदाँ उल्लेख गरिएको ब्याजदर समेत सबैको मूल्यांकन हुनुपर्ने माग गरिन् । मिटर ब्याजमा ऋण लगानी गरेर साँवाको दोब्बर ब्याज असुल्नेहरुमाथि राज्यले कारवाही गर्नुपर्ने माग छोरीको छ । यता ऋण लगानी गर्नेहरुको संख्या अझै बढ्ने र गायत्रीको नाममा दुई करोडको भार रहेको दावी पत्रकार सम्मेलनमा सहभागीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्