विराटनगर । प्रदेशसभा सचिवालयले नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको मिति तय गरेसँगै यतिबेला संसदीय दलको नेता छान्न दौडधुप सुरु भएको छ ।
मंगलबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले नवनिर्वाचित सांसदहरुलाई शपथ ग्रहणका लागि आव्हान गरेको थियो । योसँगै यतिबेला दलहरु संसदिय दलको नेता छान्ने दौडधुपमा लागेका जुटेका छन् । त्यसो त केन्द्रीय समिकरण कुरेर बसेका प्रदेशमा दलहरुले दलको नेता चयन गर्न ढिलाइ गरिरहेका छन् । योसँगै केन्द्रमा दलहरुले शक्ति बाँडफाँटको सहमतिले पनि प्रदेशमा प्रभाव पर्ने हुँदा दलको नेता कसरी चयन गर्ने भन्नेमा दोधार भइरहेका छन् । पछिल्लो समय प्रदेश १ को रानजनीतिक अवस्था रोचक छ ।
९३ संसद रहेको प्रदेश १ प्रदेशसभामा जसपाकी एक्ली सांसद प्रदेश सरकार गठनको निर्णायक भूमिकामा उभिएकी छिन् । उनले जुन दललाई समर्थन गर्न तयार हुन्छिन् त्यसो त उही दलको सरकार गठन हुन्छ । तर, प्रमुख दलहरुले संसदीय दलको नेताचयन नगरेसम्म कुनै प्रतिक्रिया दिन नसक्ने धारणा राख्दै आइरहेका जसपाले यहिलेसम्म कुन दललाई समर्थन जनाएर अगाडी बढ्ने भन्ने टुंगो लागिसकेको छैन ।
केन्द्रको समीकरण र निर्देशन कुरेर बसेका प्रदेशस्थित दलहरुले पुस प्रदेश सांसदहरुले पुस ११ मा शपथ लिँदैछन ।
कुन दलको के छ अवस्था ?
एमाले
प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाललेमा संसदीय दलका बलियो उम्मेदवार पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका हिक्कमत कुमार कार्कीले सहमतिका साथ दलको नेताको नाम पेस गर्ने बताउदै आइहरका छन् । एक साताभित्र दलको नेता चयन गर्ने एमालेको तयारी रहेका छ
२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक प्रणालीबाट निर्वाचित गरी एमाले प्रदेश संसदीय दलमा ४० सदस्य छन् । एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका कार्की हालसम्म संभवत दलको नेतामा एक्लो दाबेदारी समेत हुन् । उनलाई दलभित्र चुनौती दिन अहिलेसम्म कोही खुलेका छैनन् ।
काँग्रेस
प्रदेश १ प्रदेशसभामा दोस्रो ठूलो दल रहेको काँग्रेसमा भने मुख्यमन्त्रीको अपेक्षासहित संसदीय दलको नेता बन्ने दौडमा प्रतिस्पर्धी धेरै देखिने भएका छन् ।गठबन्धनमा सबैभन्दा ठूलो दल बनेका काँग्रेस ठूलो दल भएकै कारण प्रदेशको नेतृत्व काँग्रेसको हुनुपर्ने आशासहित काँग्रेसभित्र प्रतिष्पर्धा धेरै छन् ।
प्रत्यक्ष निर्वाचनमा १७ र समानुपातिक प्रणालीमा १२ गरेर २९ जना सांसद भएको काँग्रेसमा दलको नेताको दौडमा चार जना देखिएका छन् । संसदिय दलको नेतामा प्रतिस्पर्धाको मैदानमा वर्तमानमन्त्री देखि पूर्व नगरप्रमुखसम्म रहेका छन् ।
जसमा प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरु अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन । कार्की शेखर कोइराला पक्षका हुन भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका हुन् । प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हु्न ।
प्रदेश सभापति समेत रहेका नवनिर्वाचित सांसद थापाले पुस ९ वा पुस ११ बाट दलको नेता चयन प्रक्रिया सुरु जानकारी दिए ।
काँग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी देखिएको काँग्रेसकै नेताहरु बताउछन् ।
मतदाता नामावली प्रकाशनदेखि मतदानसम्मको कार्यक्रम बैठकले तय गर्ने थापाले जानकारी दिए ।
काँग्रेसमा कसको अवस्था कसको ?
कााँग्रेस प्रदेश १ मा संस्थापन पक्षमा १२, कोइराला पक्षमा ८ र सिटौला समूहका ९ जना छन । यसका आधारमा हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ । सिटौला पक्ष दोश्रो स्थानमा छन् । भने, कोइराला पक्ष कम्जोर देखिएका छन । अर्थात तेश्रो स्थानमा देखिएका छन् काईराला पक्ष ।
माओवादी
केन्द्रमा प्रतिनिधिसभा सदस्यहरुको शपथपछि मात्रै नेत ाचयन गर्ने भएपछि तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरुको सपथ पछि मात्रै दलको नेता छान्ने तयारी गरेको छ । प्रत्यक्षबाट ९ र समानुपातिक प्रणालीबाट ४ जना गरी १३ सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म इन्द्रबहादुर आङबो एक्ला दाबेदार देखिन्छन् । सुरुको तीन वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिला मन्त्री रहेका उनी पार्टीका सबैभन्दा सिनियर नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरु बताउँछन ।
राप्रपा,जसपा र एकिकृत समाजवादी
चौथो ठूलो दल रहेको राप्रपामा प्रत्यक्षतर्फ २ जना र समानुपातिकतर्फ ४ जना गरी ६ जना सांसद छन् । राप्रपा संसदीय दलले ‘दुई-तीन दिनभित्र नेता चयन गर्ने’ सांसद सविना बजगाइँले जानकारी दिइन् । उनका अनुसार पार्टीका केन्द्रीय प्रवक्ता भक्ति सिटौला दलको नेता चयन हुनेछन् ।
४ जना सांसद रहेको पाँचौं ठूलो दल नेकपा एकीकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राजेन्द्र राई नै रहने निश्चित देखिएको छ ।
तीन जना प्रत्यक्ष र एक जना समानुपातिक सांसद रहेको एकिकृत समाजवादीमा दलको नेतामा मुख्यमन्त्री राई नै चयन हुने निश्चित रहेको समाजवादीका नेताहरु बताउछन् । यता, जनता समाजवादीसँग एक जना मात्रै सांसद रहेका कारण निर्मला लिम्बू नै दलको नेता हुनेछिन ।