व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक

<span class='c1'>व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण</span> <span class='c2'>२०७८ को नतिजा सार्वजनिक</span>

विराटनगर । व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोग केन्द्रयीय तथ्याङ्क विभागले आज (शुक्रबार) विराटनगरमा एक कर्याक्रमको आयाजना गरी देशभरको नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक सर्वेक्षणको नतिजा अनुसार देशभर व्यवसायिकरुपमा पशुपालन गर्ने मध्यम तथा ठूला पशुपालन व्यवसायहरु ६ हजार ४ सय ४ रहेको छ । जसमध्ये १२ हजार ३३ गाईपालन, ९ सय १४ भैंसीपालन रहेको छ । भने, व्यवसायीक हिसाबमा पनि मासु प्रयाजनका लागि ४३ राँगापालन २ हजार २९५, बाख्रा र च्याङग्रापालन, भेँडाभेँडीपालन २ सय ७२ यस्तै मासु प्रयाजनकै लागि कुखुरा, सुँगुरबँगुरपालन १ सय १ रहेको छ । भने, प्रजननका प्रयोजनका लागि ३ सय ६४ सुँगुरबँगुरपालन व्यवसायहरु रहेका छन् ।

यस्तै सार्वजनिक सर्वेक्षणको तथ्याङ्क अनुसार मिश्रितवर्गमा ४८३ गाई र भैँसीपालन, १९८ बाख्रा र च्याङग्रा र भेँडाभेँडीपालन रहेको छ । २६५ गाई, भैँसी र बाँख्रा, च्याङग्रा र भेँडापालन व्यवसायी हरेका छन् । नेपालमा अधिकांश कृषक परिवारले गाई, गोरु, बाख्रा, भैँसी, राँगा लगायत एक किसिमका नभई मिश्रित किसिमका पशु पालन गरेको पाइएको छ ।

राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बर्दी कार्कीले सर्वेक्षणको प्रतिवेदन प्रस्ततुत गर्नेक्रममा जानकारी दिए ।
सर्वेक्षणको तथ्याङ्क अनुसार ६ हजार ४ सय ६ पशुपालन व्यवसायहरुले ४४ हजार ८ सय ७३ गाई गोरु पालेको पाइएको छ । यस्तै राँगा भैँसी ३४ हजार ६ सय ५३, बाख्रा १५ हजार ५ सय ६, च्याङग्रा ३१ हजार ७ सय १, भेडा,भेडी ८ हजार ४ सय २१ र ३८ हजार ३ सय ६० सुँगुर र बँगुर पालेको पाइएको सर्वजनिक तथ्याङ्कले जनाएको छ ।

आगामी दिनमा कृषि गणना पालिका अन्तर्गत गरिने निर्देशक कार्कीले बताए । अहिले प्रदेशस्तरको मात्रै गणना भएको बताउदै उनले भने,‘आगामी दिनमा पालिकास्तर कृषि गणना गरिनेछ, त्यसका लागि ४ महिना पर्खनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्