संसार जोडिरहेका फाइबर केबलहरु

संसार जोडिरहेका फाइबर केबलहरु

नेपालले यो आर्थिक वर्षमा  १ अर्ब २० करोड  अप्टिकल फाइबर तार तथा कनेक्टरहरु आयात गरेको छ । आयात र निर्यातको डेटा तपाइले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल ट्रेड पोर्टलमा हेर्न सक्नु हुनेछ। चालु आर्थिक वर्षमा  १ अर्ब ५७ करोडको राउटर आयात गरिसकेको नेपालले  १ अर्ब भन्दा ज्यादाको कम्युटर नेटवर्किङ्ग सम्बन्धि डिभाइसहरु  र स्विचहरु खरिद गरिसकेको छ। विदेशी मुद्राको संचितिको चर्चा चलिरहने नेपालमा हामि विदेश बाट के किनिरहेका र किन किनिरहेका छौ भनेर हेर्न अत्यन्त जरुरि हुन्छ।फाइबर अप्टिक्स केबलहरुको कुरा गरिरहदा हामि संसार जोड्ने माध्यमको कुरा गर्दैछौ , विदेसिने मुद्रा र विशाल लगानीको कुरा गर्दैछौ ।

संयुक्त राष्ट्र संघको दुरसंचार सम्बन्धि निकाय आइट्युले २०२२ को ग्लोबल कनेक्टिभिटि रिपोर्ट मार्फत संसारका ६३ प्रतिशत  मानिस र ६६ प्रतिशत घरधुरीमा  इन्टरनेटको पहुच पुगेको छ भनेको छ। यसको ९१% सग  १० एमबिपिएस भन्दा माथिको फिक्स्ड ब्रोड   व्याण्डको पहुच छ भने शहरमा बस्ने ७६ प्रतिशत सग इन्टरनेटको पहुच छ भने गाउमा बस्ने  ३९% को मात्रै पहुच छ। आइटियुको २०३० सम्म संसारका सबै मानिसमा इन्टरनेट पुराउने महत्वकांक्षी लक्ष्य छ।

संसारका शत प्रतिशत मानिसहरुमा इन्टरनेट पुराउने कुरा एउटा सुन्दर सपना हो।  यति सुन्दर कि जति कोशी अस्पतालमा जन्मेको नवजात शिशुलाई भिडियो च्याट बाट हेरेर दुबईमा कार्यरत एउटा बुबाको अनुहारमा देखिन्छ, अष्ट्रेलिया भासिएको छोरासँग भिडियो च्याट कुरा गर्दै गरेकी विराटनगर कि एक आमाको मुहारमा जुन खुसी देखिन्छ। ,इन्टरनेटको शत प्रतिशत पहुँचको सपना त्यति नै युगान्तकारी हुनेछ जति  मनाङका लेकका चौरी तथा भेडीगोठहरु  बाट पशुपालकले इन्टरनेट मार्फत आफ्ना व्यापार बढाउनु मा हुनेछ , जति वीर अस्पताल बाट बझाङ्गको बझाङ्गको गाउँपालिका बिरामीलाइ टेली मेडिसिन दिनु हुनेछ।हामि विश्वव्यापीकरणको संसारमा जहाँ भौतिक दूरीले कहिलेकाहीं हामीलाई टाढा राख्न सक्छ, इन्टरनेटले हामीलाई एकसाथ नजिक ल्याउँछ। एउटा बटनको एक क्लिकमा, हामी विश्वभरका प्रियजनहरूसँग जोडिन सक्छौं र हाम्रो माया प्रेम साटफेर गर्न सक्छौं। इन्टरनेट एक आधुनिक आविष्कार हो , तर यसको सदुपयोगको प्रतिफल कालातीत छ। शत प्रतिशत मानिससम्म यसको पहुच पुग्नु एउटा सुन्दर सपना हो।

हामीले २१ औ शताब्दीमा अनलाइन गेमिङ्ग डिसअर्डर ,साइबर क्राइम  डेटिङ्ग वा सामाजिक संजालका विकृतिका कुराहरु गरिहदा इन्टरनेट र यसको पहुचले संसारलाइ एक बनाएको छ।  १५ औ शताब्दीको  युरोपमा पहिलो हस्तलिखित भ्यालेन्टाइन कार्ड  आदान प्रदान भएको विश्वास गरिन्छ अर्थात मानव सभ्यतालाई लिखित वा प्रेस मा छापिएका कार्ड छोडेर लामो दुरी वा समयको फरक बिना भ्यालेन्टाइन मनाउन  ६०० वर्ष लाग्यो लगभग 300,000 वर्ष पहिले, हाम्रो आफ्नै प्रजातिको पहिलो सदस्य होमो सेपियन्स, अफ्रिकामा विकसित भएको मान्ने हो भने हामीलाई इन्टरनेट सम्म पुग्न ३ लाख वर्ष लाग्यो।

विश्वले फाइबर अप्टिक्समा कुराकानी  गर्छ। फाइबर अप्टिक्स केवल र यसको प्रविधि  टेलिफोन, सेल फोन, ल्यान ब्याकबोन, सुरक्षा क्यामेरा, औद्योगिक नेटवर्क, सबै कुराको लागि छनोटको संचार माध्यम भएको छ। सयौं पनडुब्बी केबलहरू(सबमरिन केबलहरु ) ले  डाटा, आवाज र भिडियोको लागि संसारलाई जोड्छन्। सबमरिन टेलिकम फोरमका अनुसार २०२१ सम्म,  ४०६ वटा समुद्रमुनि रहेका केबलहरू  सञ्चालनमा छन जसको कुल लम्बाइ १३ मिलियन किलोमिटर छ । यी केबलहरूले सबै समुन्द्र पार (ट्रान्ससेनिक) डेटा ट्राफिकको 99% भन्दा ज्यादा भार ग्रहण गर्दछन , जसले विश्वभरका व्यक्तिहरू र व्यवसायहरू बीच वास्तविक-समयमा  सञ्चार सम्भव बनाएको छ ।

अप्टिकल फाइबरहरू काँच वा प्लास्टिकबाट बनेका अत्यन्तै मसिनो ,झिनो  लचिलो केबलहरू हुन् जसले प्रकाशको प्रयोग गरेर लामो दूरीमा सुचनाहरु  पठाउँछन्। यी फाइबरहरूले हामीले सञ्चार  आदान प्रदान गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन गरेका छन् । फाइबर ब्रोडब्यान्ड एसोसिएसनका अनुसार, सन २०२० सम्म विश्वभर ४७० मिलियन फाइबर ब्रोडब्यान्ड ग्राहकहरू थिए, र यो संख्या २०२५ सम्ममा १ अर्ब पुग्ने अपेक्षा गरिएको छ। फाइबर अप्टिक केबलहरूले परम्परागत रुपमा प्रयोग भएका  तामा वा अल्मुनियमका केबलहरू भन्दा उच्च ब्यान्डविथ प्रदान गर्दछन , जसले इन्टरनेटको गतिलाई छिटो र सहज बनाउछ । एउटा  अप्टिकल फाइबरले प्रति सेकेन्ड १०० टेराबिटसम्म प्रसारण गर्न सक्छ, जुन एक सेकेन्डमा १० मिलियन उच्च गुणस्तरका ( हाई-डेफिनिशन) चलचित्रहरू डाउनलोड गर्न बराबर हो। फाइबर ब्रोडब्यान्ड एसोसिएसनका अनुसार  फाइबर ब्रोडब्यान्डले संसारभर आर्थिक बृद्धिलाई ड्राइभ गरिरहेको छ, जसमा फाइबर नेटवर्कहरू नभएका समुदायहरूको तुलनामा जीडीपीमा १.१% वृद्धि भएको छ।  फाइबर नेटवर्कहरूले नयाँ व्यवसायहरूलाई आकर्षित गर्दै छन् र पहिले ब्रोडब्यान्ड द्वारा सेवा नपुगेका क्षेत्रमा रोजगारीहरू सिर्जना गरिरहेका छन्।

टेलिकम्युनिकेशनको अग्रणी संस्था सिस्कोले श्वेत पत्रले   भन्दछ २०२३ को अन्त्य सम्ममा संसारमा जोडिने डिभाइस २३ बिलियन पुग्नेछन अर्थात संसारको जनसंख्या भन्दा झण्डै तिन गुणा डिभाइस नेटवर्कमा रहनेछन। संसारका ७० % मानिस सग मोबाइलको कनेक्टिभिटि हुनेछ र २०२३ मा ३०० मिलियन मोबाइल एप्लिकेशनहरु डाउनलोड हुनेछन। २०१८ सम्म संसारका  ५१% मानिसको को हाराहारीमा इन्टरनेटको पहुच थियो भने २०२३ मा पुग्दा यो ६६% पुगेको छ र ५ अर्ब भन्दा ज्यादा मानिस इन्टरनेटसँग जोडिएको छन् ।

नेपाल दुरसंचार प्राधिकरण पछिल्लो एमआइएस रिपोर्ट अनुसार नेपालमा फाइबर अप्टिक्स मार्फत २३ लाख ८७ हजार घरपरिवारले इन्टरनेट चलाउछन , राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन ले भन्दछ नेपालमा अक्सर बसोबास गर्ने  घरपरिवार ६७ लाख ६१ हजार छ यसलाई आधार मान्ने हो भने लगभग अहिले पनि तिन वटा घरपरिवार मध्य एक सग मात्रै फाइबर अप्टिक्स को पहुच  पुगेको छ। अर्थात धेरै ठुलो संख्यामा फाइबर ब्रोड व्याण्ड पुगेको छैन।  हामीले फाइबर तारहरुले शहर फोहोर भएको कुरा गरिरहदा अथवा काटिरहेको सुनिरहदा यसको महत्व र यसले सिर्जना गरेको सुलभताको विषयमा चर्चा गर्ने पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्