हामी नेपालीको जीवन को मुख्य उद्देश्य वा सपना एउटा सुन्दर घर बनाएर त्यसमा आफ्नु परिवारसंग बस्ने हुन्छ । जिवनभरि गरिएको या गरिने बचत यहि घरको लागि सम्हालेर राखिएको हुन्छ । यसरि लगानी गरिएको भवन बनाउनु अघि के कस्ता कुरा हरु विचार गर्न पर्छ भन्ने बिषयमा यो लेख आधारित छ ।
यदि आज भन्दा १० वर्ष अगाडीको अवस्था हेर्ने हो भने नेपाल मा बनेका धेरै घर हरु इन्जिनियर÷आर्किटेक्ट संगको परामर्स बिना नै बनेको पाइन्थ्यो । २०७२ सालमा भुइचालो पश्चात भने यो अवस्थामा सुधार आएको पाइएको छ र अहिले बनिरहेका भवनहरु इन्जिनियरसंगको परामर्स र नेपालको भवन मापदण्ड अनुसार नै डिजाइन भएको पाइन्छ । यस बाबजुत पनि आरामदायी, सुरक्षित र वातावरण अनुकुल घर कमै मात्र मा देख्न सकिन्छ्र ।
यसको कारण भनेको सतही डिजाइन प्रक्रिया लाइ लिन सकिन्छ । डिजाइनलार्इ चौतर्फी हिसाबले सोचिएको पाइदैन । डिजाइनलाइ सामान्य नक्सा कोर्ने प्रक्रिया मात्र बुझ्ने गरिन्छ र बढी मा ३–४ दिन समय दिएको पाइन्छ । कहिलेकाँही एउटा घरधनीको नक्सा कपीपेस्ट गरि अर्को घरधनी लाइ दिएको पनि देख्नमा पाइन्छ । यसो गर्नाले अहिले थोरै समय त बचत होला तर भोलि को दिनमा भने घरधनी आफैलाई निकै असन्तुस्टी हुन जान्छ ।
के हो डिजाइन भनेको ?
कुनै पनि बस्तु डिजाइन गर्नु भनेको त्यसलाई प्रयोग गर्दा देखा पर्ने सम्पूर्ण समस्या लाइ निर्मुल पारेर त्यस बस्तु बनाउनु को मुख्य उदेस्य लाइ सरल र सहज तरिका बाट प्राप्त गर्नसक्नु हो । घरको काम भनेको हामीलाई आराम र सुरक्क्षित महसुस गराउनु हो र घर डिजाइनको प्रक्रिया पनि सोहि कुरामा आधारित हुन्छ ।
के के कुरा मा विचार गर्ने ?
घरको वास्तुकला
घरको वास्तुकला आरामदायी र वातावरण अनुकुल हुन जरुरि छ । हरेक घर घरधनीको आवस्यकता र जग्गाको क्षेत्रफल अनुसार फरक–फरक हुन्छ । घरको डिजाइन गर्दा हरेक स–साना कुराहरुले असर गरिरहेको हुन्छ । घर बनाउदा अहिले को २–३ वर्ष को समय लाइ मात्र नभएर भबिस्य को २०–२५ वर्षको आफ्नु सोच अनुसार गर्दा राम्रो हुन्छ । आफ़ु बस्ने घरको परिवारको सदस्य संख्या र भबिस्य मा बढ्न सक्ने संख्या लाइ मध्यनजर गर्न आवस्यक हुन जान्छ । घरको सदस्यहरुको पेसा, उमेर, योग्यता, शारीरिक अवस्था अनुसार घरको भित्रि नक्सा तयार गरिनुपर्छ । भ¥याङ्ग र सौचालयको स्थान लाइ बिशेष ध्यान पुर्याउन पर्ने हुन जान्छ । बिशेष गरि १ ताला भन्दा बढी तलाका भवनहरुमा भर्यांगको स्थान आकार र खुड्किलाका उचाइले घर कतिको आरामदायी छ भन्ने कुरा निर्धारण गर्छ । भुइँ तलामा राखिएको भर्यांगको स्थानले भुइतला र माथिको तला मा भएका सबै कोठा हरुको स्थान निर्धारण गर्छ । भान्सा कोठा लाइ बिहानको सुर्य को किरण भित्र छिर्ने स्थान मा राख्दा राम्रो हुन्छ जसले गर्दा हानिकारक ब्याक्टेरियाहरु नस्ट भएर जान्छन । बुढा–बुढी मान्छे हरुलाई बढी घाम र तापक्रम आवस्यक पर्ने भएकाले उक्त कोठाहरु दक्षिण दिशातर्फ राख्दा उचित हुन्छ । यस बाहेक घरको झ्याल र ढोकाको स्थान र आकारले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हरेक कोठामा कम्तिमा दुइवटा झ्याल राख्नाले हावा–प्रवाह भई कोठा स्वच्छ हुन जान्छ ।
कोठाको लम्बाई–चौडाई, छेउका अन्य घर र खालि स्थानले झ्यालको स्थान र आकार निर्धारणमा बिशेष असर गरेको हुन्छ । यस्को कारण भनेको हावा र सुर्य को किरण आवश्यक मात्रामा घर भित्र छिराउन को लागि हो । अनावश्यक घामलार्इ रोक्नको लागि छज्जाहरु झ्यालको माथि राख्न सकिन्छ । झ्याल माथिको छज्जा कत्रो र कता राख्ने भन्ने कुरा भने हिसाव गरेर राख्न पर्ने हुन्छ, औसत १.५ फिट सम्मको राख्न सकिन्छ ।
भवनका विभिन्न भागहरुको अनुपात र आकारले भवनको सौन्दर्य र उक्त भागहरुले गर्नुपर्ने उद्देश्यलाई सम्बोधन गरेको हुन्छ । भवनको भित्र प्रयोग गरिने रंग, सजावट सामग्री र परिसंचरणले उक्त घर प्रयोग गर्ने मानिसको मनोविज्ञान मा विभिन्न तरिकाबाट असर पारिरहेको हुन्छ । तसर्थ यी कुराहरुमा पनि बिशेष ध्यान दिन जरुरि देखिन्छ । यो संगसंगै घर बनिने स्थानको भूगोल र मौसमको पनि कुराहरु जान्न अति आवश्यक हुन्छ ।
बिराटनगरको मौसमको तथ्यांक हेर्ने हो भने बिराटनगरमा बिशेष गरी पूर्व र उत्तरतर्फ बाट हावा बढी मात्रा मा चलेको पाइन्छ । यसोहुनाले सोहि अनुसार घरलाई चिसो पार्न उक्त दिशातर्फ ठुलो झ्यालहरु राख्न सकिन्छ भने पश्चिमतर्फको सुर्यको किरणले भवनलाइ अनावश्यक रुपमा तताउने हुनाले उक्त दिसामा साना झ्याल हरु राख्न सकिन्छ । यो संगसंगै भवनको लामो भागलाई कुन दिशातर्फ फर्काउने भन्ने कुराले पनि त्यतिनै महत्व राख्दछ । बिराटनगरको मौसम अनुसार भवनको लामो भागलाई पूर्व पश्चिम गरेर राख्नाले भवन अनावश्यक रुपमा तात्न बाट केहि मात्रा मा बचाउन सकिन्छ । भवन तात्न लार्इ अझै रोकथाम गर्न को लागि बोट–बिरुवाको मद्दत पनि लिन सकिन्छ । दक्षिण दिशाको घाम लाइ रोक्न उक्त दिशामा जाडो मौसममा पात झर्ने किसिमका बोटबिरुवा रोप्न सकिन्छ जसले गर्दा गर्मि मौसमको अनावश्यक घामलाइ छेक्न सकिन्छ भने जाडो बेला सोहि दक्षिणतर्फ बाट लाग्ने घामलाइ घर भित्र छिर्न कुनै बाधा पर्दैन । पश्चिम दिसातर्फ सदाबहार बोट–बिरुवाहरु रोप्न सकिन्छ ।
घर को संरचना
संरचनामा घरधनीको पनि धेरै भूमिका हुन्छ । डिजाइनमा इन्जिनियरको बढी भूमिका रहेको हुन्छ । घर आरामदायी, वातावरण अनुकुल संगसंगै सुरक्षित हुन पर्छ । यस्का लागि नेपाल राष्ट्रिय भवन संहिताको मापदण्ड पूर्ण रुपमा अनुसरण गरिएको हुनपर्छ । यो काम पनि दक्ष र अनुभवी इन्जिनियरबाट हुनपर्छ ।
थ्रिडी डिजाइन
थ्रिडी डिजाइन प्राय गरि डिजाइन प्रक्रियाको अन्तिम चरणमा गर्ने गरिन्छ । यो भनेको तपाइको भवन बनिसके पछि कस्तो देखिन्छ भनेर कम्प्युटर मा विभिन्न सफ्टवेरहरुको माध्यमबाट नक्साको नाप अनुसार बनिने भवनको यथार्थपरक चित्रण गर्नु मात्र हो । यस्ले गर्दा भोलि को दिन मा निर्माण गर्दा चेकजाँच गर्न केहि मात्रामा सहज हुन जान्छ र घरधनीले पनि आफ्नु भबिस्यमा बनिने घरको स्पष्ट रुप हेर्न पाउछन । तर घरको डिजाइन गर्दा थ्रिडीमा मात्र बढी ध्यान दिएको आजभोलि पाइन्छ ।
उल्लेखित सबै कुरा हरु अनुसरण गर्दा धेरै खर्च लाग्ने जस्तो धारणा उब्जन सक्छ तर त्यस्तो नभएर सामान्य तरिकामा बन्ने घर लाइ नै थोरै फेरबदल गरेर मात्र पनि घरलाई अझै आरामदायी, वातावरण अनुकुल र सुरक्क्षित बनाउन सकिन्छ । कुनै पनि एउटा जग्गामा एक किसिमको मात्र घर बन्ने भन्ने कुरा सत्य होइन । त्यहाँ सयौं किसिमका घर बन्न सक्छन तर आफ्नु आवस्यकता अनुसार भने एउटा नै उपयुक्त डिजाइन हुन्छ । तसर्थ इन्जिनियर÷आर्किटेक्टको दयित्व भनेको उक्त एउटा उपयुक्त घर डिजाइन गरिदिनु पर्ने हुन्छ र आफ्नु आवस्यकता उपयुक्त घर डिजाइनको लागि घरधनी ले पनि आवस्यक समय दिनपर्ने हुन्छ ।