विराटनगरमा सुर्तीजन्य वस्तुको बिक्रीवितरण : जनस्तरको सहयोगले मात्रै नियन्त्रण

<span class='c1'>विराटनगरमा सुर्तीजन्य वस्तुको बिक्रीवितरण :</span> <span class='c2'>जनस्तरको सहयोगले मात्रै नियन्त्रण</span>

विराटनगर । धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट प्रतिबद्ध भएर लागि पर्नुपर्ने सरोकारवालाहरुले धारणा राखेका छन् । बुधबार विराटनगरस्थित कोशी अस्पतालमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियम सम्बन्धि सरोेकारवालासँगको छलफल कार्यक्रममा सरोकारवालाहरुले यस्तो सुझाव दिएका हुन् ।
सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि कानुन विश्वको सबैभन्दा उत्कृष्ट नेपालको रहेपनि कार्यन्वयनमा चुनौती हुँदा नियन्त्रणको सन्दर्भमा असहज भएको उनीहरुको भनाई थियो ।

विराटनगर महानगरपालिकाका उप्रमुख शिल्पा निराला कार्कीले निर्माण गरिएका ऐन कानुन महानगरले मात्रै कार्यन्वयन गर्ने नभएर सबैले मिलेर गर्नुपर्ने बताउनुभयो । उहाँले महानगरले ल्याएका कतिपय ऐन नियमलाई कमजोरी खोज्ने मात्रै नभई सकारात्मक सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले सकारात्मक कामका लागि सकारात्मक सहयोग गर्ने भावना सबैमा नभई नियन्त्रणमा कठिनाई हुने बताउनुभयो । उहाँले मुनाफामुखी प्रवृत्तिका कारण सुर्तीजन्य वस्तुको बिक्री वितरण नियन्त्रणमा समस्या देखिएको बताउनुभयो । यसका लागि महानगरपालिकाले चाँडै नै कानुनी रुपमा कडाई गर्ने योजना बनाएको उहाँको भनाई थियो ।

प्याब्सन मोरङका कोषाध्यक्ष उत्तम डंगोलले धुम्रपानको सुरुवात विद्यालयबाटै हुने गरेको बताउनुभयो । उहाँले अभिभावकले खाएको देखेर बालबालिकाले पनि खाएको पाइन्छ । उहाँले कक्षा ७ पढ्दासम्म त पढाईमा तेज हुन्छन् सबै ठिक हुन्छ सबैकुरामा अब्बल नै हुन्छन, त्यसपछि विस्तारै कक्षा ८ मा लागेपछि धेरै बालबालिका धुम्रपानमा लत बसाउन थालेका छन् ।
जिल्ला प्रशान कार्यालय मोरङका साहयक प्रमुख जिल्ला अधिकारीे प्रदिप शाहले नियमन गरिएका कुराहरुमा जनता आफै पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । यस्तै वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी विजय श्रेष्ठले प्रहरी प्रशासनले प्रत्यक्ष र अप्रत्यक्षरुपमा भूमिका खेलिरहेको बताउनुभयो ।

सुर्तीजन्य पदार्थ १५ देखि २८ वर्ष उमेर समूले सेवन गर्ने गरेको प्रदेश स्वास्थ्य अधिकृत कृष्णदेवले जानकारी दिनुभयो । अरुले गरेको धुम्रपानले पनि सँगै बसेकालाई असर गर्ने गरेको बताउदै उहाँले १८ वर्ष मुनीका बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पादार्थ विक्री वितरण गराउन नहुने बताउनुभयो ।
कोशी अस्पतालका दन्त तथा अनुहार रोग विशेषज्ञ डाक्टर सुधीर श्रेष्ठले सरुवा रोग भन्दा मुखको क्यान्सरका दैनिक २ देखि ३ जना ओपिडिमा आउने गरेको जानकारी दिनुभयो । क्यानसर रोग लाग्नुको कारण विश्वमा नै पत्ता नलागउको बताउँदै उहाँले कोशी प्रदेशका विभिन्न जिल्ला, छिमेकी देश भारतको बिहारसम्मका विरामी क्यान्सर बोकेर आईपुग्ने बताउनुभयो । हालसम्म माडेर खाने सुर्तीका कारण क्यानसर लाग्ने गरेको धेरै पाइएको डाक्टर श्रेष्ठको भनाई छ ।

२०७९ चैत्र २८ गते विराटनगर महानगरपालिकाको नगरसभाको ११ औँ अधिवेशनले महानगरक्षेत्र भित्रका कार्यालय शिक्षण संस्था, स्वास्थ्य संस्था बालकल्याण गृह लगायतका सार्वजनिक स्थलहरुमा धुम्रपान सुर्तीजन्य पदार्थ सेवन तथा विक्रवितरण गर्न निषेध गरिने निर्णय गरेको थियो । महानगरका अनुसार बैशाख १ गते देखि लागु गर्ने भनिएता पनि पुर्णरुपमा साउन १ गतेदेखि नियम लागु गरिने छ । उक्त नियमका विषयमा पनि कतिपय नगरवासीले विरोध जनाएका छन् भने धेरैले समर्थन समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्