‘ड्रागन फ्रुट’ खेती आर्कषण बन्दै, झापा धुलाबारीकी भावना बार्षिक २० लाख आम्दानी गर्दै

‘ड्रागन फ्रुट’ खेती आर्कषण बन्दै, झापा धुलाबारीकी भावना बार्षिक २० लाख आम्दानी गर्दै

प्रेम देवान
विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती विस्तार हुने क्रम बढेसगैँ यसलाई पैत्रिक सम्पति सुरक्षाको खेती समेत बनाइएको छ ।

कतिपयले यसको व्यावसायी रुपमा नै खेती गरेर मनग्ने आम्दानीको स्रोत बटुलिरहेका छन् भने कति पयले व्यक्तिगत प्रयोजनको लागि पनि घरका छत र करेसाबारीमा लगाउने गरेका छन् ।

यस्तै झापा मेचीनगर १० धुलाबारीकी ४० वर्षीया भावना अधिकारीको दैनिकी पनि ‘ड्रागन फ्रुट’ को खेती मै बित्न थालेको छ । २०७७ साल माघमा १५ कट्ठामा लगाएको ९ सय वटा विरुवाबाट सुरु गरेको खेती अहिले झन्डै अडाई विघामा विस्तार भएको गरिएको छ।

भारतको हैदरबादबाट सिभेराईटी जातको ‘ड्रागन फ्रुट’ नेपालमा नै पहिलो पटक आफुहरुले भित्र्याएको भावना अधिकारीको दावी छ । अढाई विघामा लगाइएको खेतीमा फल फल्न झन्डै अढाई बर्ष जति लागेको प्याराडाईज एग्रो फर्मकी संचालिका समेत रहेकी अधिकारीले बताइन् । फर्म खेतीमा फल फलेपछि झन्डै १३ महिनादेखी व्यावसायिक रुपमा आम्दानीको स्रोत बन्न थालेको छ ।

फर्ममा अहिले राम्रो उत्पादन हुन थालेको छ, अन्य फल भन्दा फरक स्वाद र जुनसुकै विरामीले पनि खाने मिल्ने भएका कारण यसको माग बढीरहेको अधिकारीको भनाई छ । नेपालमा अहिले अन्य खेती जस्तै ‘ड्रागन फ्रुट’को खेती पनि बढीरहेको छ । भावना अधिकारीले जस्तै नेपालमा अन्य ड्राईगन खेती गर्नेहरुले यसलाई एउटा आम्दानीको स्रोत बनाउदै आएका छन् ।

पछिल्लो समय एकपछि अर्को कृषकहरुले ‘ड्रागन फ्रुट’को खेती गर्दै जानेथालेपछि यसको मुल्य पनि बर्षैपिछे घट्दै जान थालेको अधिकारीको अनुभव छ । तर यसको मुल्य जतिसुकै घटे पनि स्याउको मुल्यमा यसलाई बेच्न सके राम्रो हुने दावी छ। फल फलेको पहिलो बर्ष १० लाख र दोस्रोपटक २० लाख आम्दानी लिएको उनले बताइन् ।

प्याराडाईज एग्रो फर्ममा अहिले ४ देखी ६ जनाले प्रत्यक्ष रोजगार पनि पाईरहेका छन् । त्यति मात्र हैन केही दिनमा नै ‘ड्रागन फ्रुट’को आउट लेट राख्ने तयारी समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्