विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

विराटनगरमा आँखा पाक्ने समस्या बढ्दै

सुजता लिम्बू
विराटनगर । पछिल्लो केही दिनयता विराटनगरमा आँखा पाक्ने समस्या बढ्न थालेको छ । आँखा पाक्ने रोगले सबैभन्दा धेरै यहाँका विद्यार्थी प्रभावित छन् । उनीहरुले आँखा पाकेकै कारण नियमित पठन-पाठन समेत गर्न पाएका छैनन ।

आँखा पाक्ने समस्याले मोरङ बुढीगंगाका शंखर विष्ट विद्यालय जान सकेका छैनन् । आँखा चिलाउने, दुख्ने , आँखा रातो हुने, कचेरा आउने, आँखाको परेला टाँसिने, बेसरी आँखा दुख्ने र आँखा धमिलो हुने लक्षण आँखा देखिएपछि विद्यालय जान नसकेको उनले बताए ।

विद्यालयमा आँखा पाक्ने रोग व्यापकरुपमा फैलिएको श्री समता स्कूलका प्रधानध्यापक ठाकुर प्रसाद दाहालले बताए । उनले यस्ता खालका समस्यालाई मध्यनजर गर्दै अभिभावक, विद्यार्थीहरुलाई सचतेनामुलक सन्देशहरु प्रवाह गरिरहेका बताए । उनका अनुसार विराटनगरमा भन्दा पनि धेरै इटहरीमा ५० प्रतिशत विद्यार्थी आँखाको समस्या रहेको छ । श्री गंगा मेमोरियल बोर्डिङ स्कुलमा पनि विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको प्रधानध्यापक एलिना पौडेल बस्नेतले जानकारी दिइन् ।

‘हाम्रो स्कुलमा पनि एकजना विद्यार्थीमा आँखा पाक्ने समस्या देखियो,’ उनले भनिन्,‘ त्यतिखेर एक-दुई दिन रेष्ट गराइदिनु भनेर उहाँको अभिभावकलाई बोलाएर पठाइदिएका थियौँ ।’ आँखा पाक्ने समस्या थप बढेमा विद्यालय बन्द गरेर भएपनि समस्याको समाधान खोज्ने उनले बताइन् ।

यता, विराटनगर महानगरपालिककाले चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीद्धारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ ।’ विगत केहि दिनदेखि आँखा रातो हुने, बिझाउने, आँखाबाट पानी बग्ने तथा कचेरा लाग्ने जस्ता आखाँ सम्बन्धी समस्याहरु दिन प्रतिदिन बढिरहेकोले जथाभावी औषधी प्रयोग नगर्न हुन र उक्त समस्याको लागि नेत्र रोग विशेषज्ञ वा चिकित्सकको सल्लाहमा मात्र औषधी प्रयोग गर्न हुन जानकारीको लागि अनुरोध छ ।’

चिकित्सक के भन्छन् ?
पछिल्लो समय आँखा चिलाउने ,आँखा रातो हुने, आँखा पाक्ने आँखामा पानी आउने जस्तो समस्या धेरैमा देखिएको भास्कर आई केयर एण्ड ग्ल्कोमा सेन्टरका बरिष्ठ नेत्र तथा जलबिन्दु रोग बिशेषज्ञ डा. भास्कर झा बताउछन् । पानी पर्ने समयमा यस्तो रोग अचानक बढ्ने गरेको र यो वर्ष धेरै बढेको देखिएको उनको भनाई थियो । आँखा पाक्ने समस्या धेरै जस्तो बच्चाहरुलाई हुने र भीडभाडमा बस्नेहरुलाई हुने गरेको उनले बताए । २० देखि २५ जना बिरामीहरु आँखा पाक्ने समस्या लिएर आएको बताउदै उनले धेरै जस्तो स्कुलका बच्चाहरु र कर्मचारीहरु आउने गरेको बताए ।
‘ आँखा पोल्ने, रातो हुने जस्तो समस्या लिएर दैनिक जस्तो २० देखि २५ जना बिरामीहरु आउनुभएको छ ,’ उनले भने,‘ धेरै जस्तो विद्यार्थी र कर्मचारीहरु आउनु भएको छ ।’ जथाभावी औषधी प्रयोग गर्नु नहुने बताउदै उनले जथाभावी औषधी प्रयोगले दिर्घकालीन समस्या आउने बताए ।

कसरी बच्ने ?
डा. झाको भनाई अनुसार
१ं यो सरुवा रोग भएकाले यसबाट बच्न हात सफा साथ धुने
२ं बाहिर हिँडेको बेला आँखा, अनुहारलाई धेरै नछुने
३.स्यनिटाइजरको धेरै प्रयोग गर्ने
४. कोही घरमा आँखा पाक्ने रोगबाट ग्रसित हुनुहुन्छ भने उहाँहरुले प्रयोग गर्नुभएको रुमाल, औषधी, सामनहरु सकेसम्म नछुने, सम्पर्क कम गरे यो रोगबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्