हमास -इजरायलको अन्तर्यमा के छ ?

<span class='c1'>हमास -इजरायलको अन्तर्यमा</span> <span class='c2'>के छ ?</span>

-सुरज दाहाल
यो लेख्दा सम्म इजरायलमा १० जना नेपालीसहित १४०३ जना मारिएका छन् । ४६२९ मानिस घाइते भएको छन् । हमासले २११ जना बन्दी बनाएको छ भने गाजामा १५०६ जना बच्चा र १००० महिला सहित ४१३७ मानिस मारिएका छन १३००० घाइते छन् । युएनको मानवीय मामिला सम्बन्धित निकायले गाजामा ९८००० घर ध्वस्त भएको जनाएको छ सम्भवत यो दोस्रो विश्वयुद्ध पछि यति छोटो अवधिमा भएको सबैभन्दा ठूलो विध्वंस हो । कुनै पनि धारणाले इजरायलमा भएको आतंककारी आक्रमण र गाजामा भएका मानवीय क्षतिहरु लाई तर्कसंगत बनाउन सक्दैन तर यो डरलाग्दो क्षतिको पछाडि इजरायलको सत्तापक्षले वर्षौसम्म हमासलाई सपोर्ट गरेको आरोपहरु पनि आइरहेको छन ।

मार्क ट्विनले भनेका थिए " मानिस मात्रै एउटा यस्तो प्राणी हो जस्ले अत्याचार देखि क्रुरताको युद्धमा संलग्न हुन्छ ! मानिस मात्रै एउटा यस्तो प्राणी हो जो आफ्नै दाजुभाइहरुलाई आफ्नै लागि भेला गर्दछ र आफ्नै मानवजातको नष्ट गर्न चिसो रगत र शान्त धड्कनका साथ अगाडि बढेर अनजान मानिसको हत्या गर्छ जस्ले उसलाई कुनै क्षति पुराएको हुदैन न कुनै व्यक्तिगत दुश्मनी हुन्छ ! र मानवताको विश्वव्यापी भातृत्व " का अभियानहरुको बिचमा आफ्नो रगतले मुछिएको हात धुन्छ !"

हामीलाई थाहा छ इजरायली-प्यालेस्टाइन द्वन्द्वको गहिरो ऐतिहासिक जराहरू छन् । जुन २०औँ शताब्दीको मध्यदेखि विशेष गरी सन् १९४८ मा इजरायल राज्यको स्थापना भए देखि सुरु भयो । हमास र इजरायलको द्वन्द सतहबाट माथी उठेको वा महत्त्वपूर्ण मोड भनेको चाहिँ सन् २००७ मा गाजा पट्टीलाई हमासले कब्जा गरेपछि भएको हो घटनाले द्वन्द्वको प्रारुप नै बदल्यो । सन् २००७ देखि गाजा पट्टी हमासको कब्जामा छ र आवरणमा इजरायल सग निरन्तर द्वन्द्वमा देखिन्छ ।

तर कहिलेकाही आवरणमा जे देखिन्छ त्यो सत्य नहुन सक्छ । आवरणमा जति देखिन्छ त्यति मात्रै यथार्थ नहुन सक्छ कहिलेकाही वास्तविकता सडकमा नग्न लम्पसार हुदा पनि नदेखिएको हुनसक्छ । हामी त्यति मात्रै बुझ्छौ जति हामीलाई मुलधारका मिडियाहरुले देखाउछन सुनाउछन हामीले त्यति मात्रै सूचना वा जानकारी पाएको हुन्छौ जति हामीलाई देखाउन सुनाउन खोजिएको हुन्छ । विशेषगरी पश्चिमी मिडियाले नदेखाएको यथार्थ भनेको इजरायलले गाजा र वेस्ट बैंकमा गरिरहेको युद्ध अपराध मात्र हैन । हमास कसरी एउटा सानो आतंककारी समुहबाट ७ अक्टोबरमा केही घण्टामा ५५ सय रकेट हान्न सक्ने शक्तिशाली संगठन बन्यो सन् २००७ देखि कसरी गाजा कब्जा गरेर बसेको छ भन्ने हो ।

चलिरहेको इजरायल हमास द्वन्दको केन्द्रमा एकातिर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु छन् । भने अर्कोतर्फ हमासका पोलिटिकल व्युरो चिफ इस्माइल अब्देल सलाम अहमद हनीयेह छन् । सन् १९९६ देखि सत्ताको वरिपरि र अधिक समय केन्द्रमा रहेका पाँचौ पटक प्रधानमन्त्री बनेका नेतान्याहु वर्षौदेखि हमास प्रती नरम र प्यालेस्टाइनको सत्तापक्ष प्रती अनुदार थिए गाजा र वेस्ट बैंकको शक्ति विभाजनमा आफ्नो फाइदा देखिरहेका थिए ।

प्रसिद्ध इजरायली पत्रकार तेल श्नाइडर टाइम्स अफ इजरायलमा लेख्छिन "अब्बास र प्यालेस्टाइन राज्यको मुल्यमा आतंककारीलाई साझेदारको रूपमा व्यवहार गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नितिले इजरायल निको हुन वर्षौ लाग्ने घाउ बनाएको छ ।"

उनी अगाडि दाबी गर्छिन वर्षौंसम्म बेन्जामिन नेतान्याहुको नेतृत्वमा बनेका विभिन्न चरणका सरकारहरूले प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासलाई घुडा टेकाउन हमास आतंककारी समूहलाई समर्थन गर्ने कदम चाल्दै गाजा पट्टी र वेस्ट बैंकको बीचमा शक्ति विभाजित गर्ने रणनीति अपनाए । यसको मुख्य उदेश्य स्वतन्त्र अब्बास - वा प्यालेस्टिनी आधिपत्यको वेस्ट बैंक सरकार वा अरू कसैलाई - स्वतन्त्र प्यालेस्टिनी राज्यको स्थापनातर्फ अगाडि बढ्नबाट रोक्नु नै थियो ।

विभिन्न रिपोर्टहरुका अनुसार अब्बासलाई कमजोर बनाउने खेलमा इजरायलले इजिप्ट मार्फत हमाससँग अप्रत्यक्ष वार्ता गर्यो । र विदेशबाट फण्ड बटुल्न अनुमति दिइएको थियो । जसले हमासलाई केवल एक आतंकवादी समूहबाट एक शक्तिशाली संगठनमा स्तरोन्नति गर्यो । हमासलाई इजरायलले गजानका मजदुरहरूलाई दिइने वर्क परमिटको संख्या बढाउने कुराको छलफलमा पनि समावेश गरेको थियो । जसले गाजामा पैसा प्रवाह गरिरह्यो । जसको अर्थ परिवारका लागि खाना र आधारभूत उत्पादनहरू किन्न सक्ने सक्षम बनायो । सन् २०२१ मा नेतान्याहुको पाँचौं सरकारको अन्त्यतिर लगभग २००० देखि ३००० वर्क परमिट गजानहरूलाई जारी गरिएको थियो। यो संख्या ५००० मा पुग्यो र, बेनेट-ल्यापिड सरकारको समयमा, तीव्र रूपमा बढेर १०००० पुगेको थियो। जनवरी २०२३ मा नेतान्याहु सत्तामा फर्किएदेखि गजानहरुलाई दिइएको श्रम स्वीकृतिको संख्या झन्डै २०,००० पुगेको छ। यसैबीच, इजरायलले पट्टीका हमास शासकहरूसँगको आफ्नो कमजोर युद्धविराम कायम राख्नको लागि २०१८ यता आफ्नो क्रसिंगहरूबाट गाजामा लाखौं कतारी नगद भएका सुटकेसहरूलाई प्रवेश गर्न अनुमति दिएको छ।

अहिलेको सरकारका अर्थमन्त्री र धार्मिक जियोनिज्म पार्टीका नेता एमके बेजलेल स्मोट्रिचले सन् २०१५ मा अधिकांश समय, इजरायली नीति प्यालेस्टिनी आधिकारिक सरकारलाई बोझ र हमासलाई सम्पत्तिको रूपमा व्यवहार गर्ने थियो भनेर भनेका थिए।
विभिन्न रिपोर्टहरूका अनुसार, नेतन्याहूले सन् २०१९ को सुरुमा लिकुड गुटको बैठकमा यस्तै आशयको कुरा गरेका थिए । उनले प्लालेस्टनी सरकारलाई वेस्ट बैंक र गाजामा हमास बिचमा पृथकता कायम राख्न सके प्यालेस्टाइन राज्य स्थापना लाई रोक्ने जनाउदै प्यालेस्टाइन राज्यको विरोध गर्नेहरूले गाजामा कोष पठाउने कुराको समर्थन गर्नुपर्छ भनेका थिए भनेर उद्धृत गरिएको छ ।

तस्बिर:रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्