विराटनगरको शिक्षादीपका विद्यार्थीले १० हजार फिट उड्ने रकेट बनाएको कलेजको दावी

<span class='c1'>विराटनगरको शिक्षादीपका विद्यार्थीले  १० हजार</span> <span class='c2'>फिट उड्ने रकेट बनाएको कलेजको दावी</span>

विराटनगर । विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीहरूले दश हजार फिट माथी उड्ने रकेट बनाएको कलेजले दावी गरेको छ । कलेजमा आयोजना गरिएको ६ दिने विज्ञान सम्बन्धी कार्यशालामा विद्यार्थीहरुले १० हजार फिट माथी उड्न सक्ने रकेट बनाएको कलेजले जनाएको हो ।


काठमाण्डौं बाहिर पहिलो पटक शिक्षादीप कलेजले विज्ञान सम्बन्धी ६ दिने कार्यशाला विराटनगरमा आयोजना गरेको थियो । मंसिर २७ गतेबाट सुरु भएको कार्यशाला सोमबार सम्पन्न भएको छ । कार्यशालामा विद्यार्थीहरूले दश हजार फिट उड्ने रकेट बनाएको कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले दावी गरे । उक्त रकेट शिक्षादीप कलेजमा अध्ययरत २० जना विद्यार्थीहरूले कार्यशालामा बनाएका थिए । विद्यार्थीहरुले बनाएको रकेट भने उडाउन नपाएको कलेजले गुनासो गरेको छ ।


६ दिनसम्म संचालन भएको कार्यशालामा विद्यार्थीहरूले रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गरेका छन् । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गर्दै आएका ४९ जना विद्यार्थीहरू कार्यशालामा सहभागि भएका थिए ।
रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला गरेको थियो । काठमाण्डौबाट द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराई, संयोजक एलन बराल, प्रशिक्षकहरु दिवस खनाल, विहाग सापकोटा, प्रनिश शर्मा, रिसम साह, सफल निरौला र विशाल न्यौपानेले विद्यार्थीहरुलाई सहजिकरण गरेका थिए ।


कार्यशालाको पहिलो दिन ७ जना विद्यार्थीहरुले पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार पारेका थिए । त्यसपछि कार्यशालामा उनीहरुले १० हजार फिट उचाइमा उड्ने रकेट बनाएका हुन् । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको छ । कार्यशालमा विद्यार्थीहरुले सैद्धान्तिक र प्रयोगात्मक सिकेका थिए । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिकेका छन् ।

 

 

त्यसैगरी विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाएका थिए ।
समापन कार्यक्रममा बोल्दै शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले काठमाण्डौ बाहिर पहिलो पटक विज्ञानसँग सम्बन्धी कार्यशालाबाट विद्यार्थीहरुले धेरै ज्ञान आर्जन गरेको बताए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र नभएर बाहिरी ज्ञान र सिपलाई व्यवहार्रमा उतारेको उनले बताए । यस्तो कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जोगाउने उनले बताए । अब विराटनगरमा पनि वैज्ञानिक उत्पादन हुने उनले बताए ।

कार्यक्रममा शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि काठमाण्डौ बाहिर पनि विज्ञानसँग सम्बन्धी कार्यशाला जरुरी रहेको बताए । उनले रिसर्चमा राज्यले लगानी गरिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्